जिल्ला शिक्षाको निर्देशन अटेर गर्ने विद्यालयहरुलाई कारबाहीको तयारी
सुर्खेत २० माघ । सुर्खेतका सामुदायिक विद्यालयहरुलाई कारबाही गर्ने तयारी गरिएको छ । जिल्ला शिक्षा समिति सुर्खेतले जिल्ला शिक्षा कार्यालयको निर्देशनलाई नै अटेर गर्ने विद्यालयहरुलाई कारबाही गर्ने तयारी गरेको हो ।जिल्ला शिक्षा समिति सुर्खेतले विद्यालय व्यवस्थापन समिति गठन गर्न अटेर गर्ने सुर्खेतका ६ वटा विद्यालयलाई कारवाहीको चेतावनी दिएको छ । जिल्ला शिक्षा कार्यालय सुर्खेतले पटक पटक निर्देशन दिदा समेत अहिलेसम्म पनि विद्यालय व्यवस्थापन समिति गठनमा वास्था नगरेका विद्यालयहरुलाई कार्वाही गर्ने चेतावनी दिइएको हो ।
जिल्ला शिक्षा समिति सुर्खेतका अनुसार वीरेन्द्रनगर–६ मा रहेको जन माध्यमिक विद्यालय, वीरेन्द्य्रनगर–१२ को अमरज्योती माध्यमिक विद्यालय नेवारे, साविकको जर्वुटाको गाग्रेतालमा रहेको चन्द्रगंगा माध्यमिक विद्यालय, जहरेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय,राकमको बागेश्वरी माध्यमिक विद्यालय र लेखपराजुल गाविसको सरस्वती माध्यमिक विद्यालयलाई कार्वाही गर्ने चेतावनी दिइएको छ ।
यी ६ वटै विद्यालयहरुलाई यही माघ मसान्तसम्म विद्यालय व्यवस्थापन समिति गठन गर्न पुनः निर्देशन दिइएको छ । उक्त समयसीमा भित्र पनि विद्यालय व्यवस्थापन समिति गठन नगरेमा थप कार्वाही प्रक्रिया अघि बढाउन जिल्ला शिक्षा कार्यालय सुर्खेतलाई निर्देश गरिने निर्णय जिल्ला शिक्षा समितिले गरेको छ ।
मंगलबार बसेको शिक्षा समितिको बैठकले विवादित विद्यालय व्यवस्थापन समिति गठनको छानविनका सम्बन्धमा पनि निर्णय गरेको छ । विद्यालय व्यवस्थापन समिति गठनमा विवाद देखिएका विद्यालयहरुमा सम्बन्धित विद्यालय विद्यालय निरीक्षकको संयोजकत्वमा जिल्ला शिक्षा कार्यालयको तीन सदस्यीय समिति गठन गरी छानविन गर्न शिक्षा समितिले जिल्ला शिक्षा कार्यालयलाई निर्देश गर्ने निर्णय गरेको छ । यी विद्यालयहरुको विवादको छानविन गर्न गठन भएका समितिहरुको लागि जिल्ला शिक्षा समितिका सदस्य ठम्मरबहादुर विष्ट, डण्डीप्रसाद शर्मा र भिमबहादुर शाही परियारलाई सहजिकरण गर्ने जिम्मा दिने निर्णय समेत भएको छ ।
विद्यालय व्यवस्थापन समिति गठनका क्रममा रानिबासको मालिका माध्यामिक विद्यालय धारापानीको कालिका माध्यामिक विद्यालय र छिन्चुको भवानी नेरा आधारभूत विद्यालयमा विवाद देखिएको थियो । ती विद्यालयहरुबाट विवाद भएपछि जिल्ला शिक्षा कार्यालयमा उजुरी समेत परेको छ ।
यस्तै बैठकले करार, सट्टा एवंम राहत शिक्षक छनौटलाई पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउन शिक्षा ऐन २०२८ आठौ संशोधन को दफा ११ को उपदफा ५ को ग र छ बमोजिम निर्देशन दिने निर्णय गरिएको छ ।
बैठकले सुर्खेतमा धार्मिक विद्यालय संचालनका लागि अनुदान रकम आएको र त्यस्तो अनुदान रकम शिक्षक दरबन्दी भएको धार्मिक विद्यालयमा दिन नसकिने भएकोले सम्बन्धित धार्मिक विद्यालयको अनुरोधलाई ध्यानमा राखी मदरसा मदिना माध्यामिक विद्यालयलाई निमावि तहको अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । साथै त्यस विद्यालयमा रहेको निमावि तहको एक मात्र दरबन्दी कटौटी गरी उक्त दरबन्दी निमावि र माध्यामिक तहमा एउटा पनि दरबन्दी नभएको सामुदायिक माध्यामिक विद्यालय सनिमोर लेखपराजुलमा थप गर्ने निर्णय भएको छ ।
कारबाहीको चेतावनी दिएका विद्यालयहरु
श्री जन माध्यमिक विद्यालय, बीरेन्द्रनगर, सुर्खेत ।
श्री अमरज्योती माध्यमिक विद्यालय, नेवारे, बीरेन्द्रनगर, सुर्खेत ।
श्री ने. रा. चन्द्रगंगा माध्यमिक विद्यालय, गाग्रेताल, बीरेन्द्रनगर, सुर्खेत ।
श्री ने, रा. माध्यमिक विद्यालय, सानोजात्री, जहरे, सुर्खेत ।
श्री बागेश्वरी माध्यमिक विद्यालय, राकम, सुर्खेत ।
श्री सरस्वती माध्यमिक विद्यालय, डुङ्ग्रीखोला, लेखपराजुल, सुर्खेत ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












