जिल्ला शिक्षाको निर्देशन अटेर गर्ने विद्यालयहरुलाई कारबाहीको तयारी
सुर्खेत २० माघ । सुर्खेतका सामुदायिक विद्यालयहरुलाई कारबाही गर्ने तयारी गरिएको छ । जिल्ला शिक्षा समिति सुर्खेतले जिल्ला शिक्षा कार्यालयको निर्देशनलाई नै अटेर गर्ने विद्यालयहरुलाई कारबाही गर्ने तयारी गरेको हो ।जिल्ला शिक्षा समिति सुर्खेतले विद्यालय व्यवस्थापन समिति गठन गर्न अटेर गर्ने सुर्खेतका ६ वटा विद्यालयलाई कारवाहीको चेतावनी दिएको छ । जिल्ला शिक्षा कार्यालय सुर्खेतले पटक पटक निर्देशन दिदा समेत अहिलेसम्म पनि विद्यालय व्यवस्थापन समिति गठनमा वास्था नगरेका विद्यालयहरुलाई कार्वाही गर्ने चेतावनी दिइएको हो ।
जिल्ला शिक्षा समिति सुर्खेतका अनुसार वीरेन्द्रनगर–६ मा रहेको जन माध्यमिक विद्यालय, वीरेन्द्य्रनगर–१२ को अमरज्योती माध्यमिक विद्यालय नेवारे, साविकको जर्वुटाको गाग्रेतालमा रहेको चन्द्रगंगा माध्यमिक विद्यालय, जहरेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय,राकमको बागेश्वरी माध्यमिक विद्यालय र लेखपराजुल गाविसको सरस्वती माध्यमिक विद्यालयलाई कार्वाही गर्ने चेतावनी दिइएको छ ।
यी ६ वटै विद्यालयहरुलाई यही माघ मसान्तसम्म विद्यालय व्यवस्थापन समिति गठन गर्न पुनः निर्देशन दिइएको छ । उक्त समयसीमा भित्र पनि विद्यालय व्यवस्थापन समिति गठन नगरेमा थप कार्वाही प्रक्रिया अघि बढाउन जिल्ला शिक्षा कार्यालय सुर्खेतलाई निर्देश गरिने निर्णय जिल्ला शिक्षा समितिले गरेको छ ।
मंगलबार बसेको शिक्षा समितिको बैठकले विवादित विद्यालय व्यवस्थापन समिति गठनको छानविनका सम्बन्धमा पनि निर्णय गरेको छ । विद्यालय व्यवस्थापन समिति गठनमा विवाद देखिएका विद्यालयहरुमा सम्बन्धित विद्यालय विद्यालय निरीक्षकको संयोजकत्वमा जिल्ला शिक्षा कार्यालयको तीन सदस्यीय समिति गठन गरी छानविन गर्न शिक्षा समितिले जिल्ला शिक्षा कार्यालयलाई निर्देश गर्ने निर्णय गरेको छ । यी विद्यालयहरुको विवादको छानविन गर्न गठन भएका समितिहरुको लागि जिल्ला शिक्षा समितिका सदस्य ठम्मरबहादुर विष्ट, डण्डीप्रसाद शर्मा र भिमबहादुर शाही परियारलाई सहजिकरण गर्ने जिम्मा दिने निर्णय समेत भएको छ ।
विद्यालय व्यवस्थापन समिति गठनका क्रममा रानिबासको मालिका माध्यामिक विद्यालय धारापानीको कालिका माध्यामिक विद्यालय र छिन्चुको भवानी नेरा आधारभूत विद्यालयमा विवाद देखिएको थियो । ती विद्यालयहरुबाट विवाद भएपछि जिल्ला शिक्षा कार्यालयमा उजुरी समेत परेको छ ।
यस्तै बैठकले करार, सट्टा एवंम राहत शिक्षक छनौटलाई पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउन शिक्षा ऐन २०२८ आठौ संशोधन को दफा ११ को उपदफा ५ को ग र छ बमोजिम निर्देशन दिने निर्णय गरिएको छ ।
बैठकले सुर्खेतमा धार्मिक विद्यालय संचालनका लागि अनुदान रकम आएको र त्यस्तो अनुदान रकम शिक्षक दरबन्दी भएको धार्मिक विद्यालयमा दिन नसकिने भएकोले सम्बन्धित धार्मिक विद्यालयको अनुरोधलाई ध्यानमा राखी मदरसा मदिना माध्यामिक विद्यालयलाई निमावि तहको अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । साथै त्यस विद्यालयमा रहेको निमावि तहको एक मात्र दरबन्दी कटौटी गरी उक्त दरबन्दी निमावि र माध्यामिक तहमा एउटा पनि दरबन्दी नभएको सामुदायिक माध्यामिक विद्यालय सनिमोर लेखपराजुलमा थप गर्ने निर्णय भएको छ ।
कारबाहीको चेतावनी दिएका विद्यालयहरु
श्री जन माध्यमिक विद्यालय, बीरेन्द्रनगर, सुर्खेत ।
श्री अमरज्योती माध्यमिक विद्यालय, नेवारे, बीरेन्द्रनगर, सुर्खेत ।
श्री ने. रा. चन्द्रगंगा माध्यमिक विद्यालय, गाग्रेताल, बीरेन्द्रनगर, सुर्खेत ।
श्री ने, रा. माध्यमिक विद्यालय, सानोजात्री, जहरे, सुर्खेत ।
श्री बागेश्वरी माध्यमिक विद्यालय, राकम, सुर्खेत ।
श्री सरस्वती माध्यमिक विद्यालय, डुङ्ग्रीखोला, लेखपराजुल, सुर्खेत ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












