सांस्कृतिक संघमा धेरै विकृति छन,त्यसको अन्त्यका लागि अध्यक्षमा मेरो उम्मेद्वारी : सुष्मा कार्की
राजधानीमा जारी नेपाल सांस्कृतिक संघको अधिवेशनमा प्रत्यासिहरुको संख्या बढ्दो छ । आइतबारसम्म (२४ माघ) चल्ने अधिवेशनमा अध्यक्ष पदका उम्मेद्वारहरु दर्जनको हाराहारीमा छन् । सोही क्रममा नेपाल सांस्कृतिक संघको स्थापना कालदेखि निरन्तर रुपमा सक्रिय रही कलाकारिता क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएकी सुष्मा कार्कीले अध्यक्ष पदका लागि उम्मेद्वारी दिनुभएको छ । नेपालमा विभिन्न क्षेत्रमा महिला भएकै कारणले पछि पारिनुलाई कार्की महिलामाथिको दमनको रुपमा लिनुहुन्छ । कार्कीसँग रुविना गौतमले गरेको कुराकानी :
संघको नयाँ अध्यक्षको लागि उम्मेद्वारी किन र कस्तो एजेण्डा उठाउनुभएको छ ?
सांस्कृतिक संघको स्थापना कालदेखि अहिलेसम्म निरन्तर रुपमा काम गर्दै आइरहेकी छु । अहिले मेरो तर्फबाट अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेकी छु । मेरो मुख्य एजेण्डा भनेको सांस्कृतिक संघ लावारिसे जस्तो अवस्थामा गुज्रिएको छ । त्यसैले यसलाई एउटा सिस्टममा बसालेर अगाडि बढाउनको लागि मैले यो उम्मेद्वारी दिएकी हुँ । मेरो उम्मेद्वारीले सांस्कृतिक संघ साँचिनै संघ जस्तै हुने दाबी गर्दछु ।
अहिले सांस्कृतिक संघमा कस्तो उम्मेद्वारको खाँचो छ ?
सांस्कृतिक संघमा साँच्चिकैको कलाकार र कलाकारहरुलाई बुझ्ने खालको ७५ जिल्लामा छरिएर रहेका कलाकारहरुलाई समेटेर एउटै छानामुनि राखेर उनीहरुलाई न्याय दिलाउनको लागि एउटा स्वाभिमानी सभापति बन्न लायक कलाकारको खाँचो छ ।
संघ भित्र के कस्ता विकृतिहरु छन्, त्यसको अन्त्यका लागि यहाँको भूमिका कस्तो रहन्छ ?
सांस्कृतिक संघभित्र विकृति धेरै छन् । जसलाई जे मन लाग्छ त्यही गर्ने आफूले आफ्नै मान्छेहरु च्याप्ने, पदमा ल्याउने प्रचलनले गर्दा सच्चा कलाकार ओझेलमा परेका छन् । सांस्कृतिक संघभित्र पैसाको कुराहरु पनि छन्, साँच्चिकै कलाकार होइन । आफ्ना मान्छे को–को छन्, को को बाट के–के फाइदा लिन सकिन्छ, फाइदा हेरेर कलाकार भन्दा पनि बाहिरी मान्छेहरु भित्रिने क्रम धेरै भएको छ । साँच्चिकैका कलाकारहरु बाहिर छन् । अहिले भर्खर धेरै विधागत हिसाबले कलाकारहरु आइरहेका छन् । नाट्न, संगीत, संगीतकार, चलचित्रकर्मी, गायक, गायिकाहरुको अहिले विभिन्न समूह गठन भइरहेको छ । सांस्कृतिक संघको छानामुनि ललितकला संघ भनेर अहिले ८–९ वटा बाध्यबाधक संघ गठन भइसकेका छन् । यो भन्दा पहिला लावारिसे अवस्थामै थियो । साँच्चिकैको कलाकारहरुलाई समेट्नको लागि सक्षम नेतृत्व आवश्यक पर्दछ ।
तपाईंका भावी कार्य योजना के कस्ता छन् ?
सबैभन्दा पहिला मानिसलाई अवसर मिल्नुप¥र्यो । काम गर्नको लागि त बाहिरै बसेर पनि गर्न सकिन्छ । संगठन भित्र रही आधिकारीक रुपमा काम गर्नको लागि पदमै आउनुपर्ने रहेछ । अहिले म अध्यक्ष पदको उम्मेद्वारको रुपमा तपार्इंहरुको सामु आएकी छु । र, यस भन्दा पहिलेको अधिवेशनमा पनि सह–महामन्त्री पदमा अत्याधिक बहुमतका साथ मैले जितेर नै आएकी हुँ । हाल म कार्य समितिमा छु । तर, भोलीको दिनमा निरन्तर रुपमा काम गर्नको लागि सबै भन्दा पहिला जित्नु प¥यो । यदि सबै भोटर तथा शुभचिन्तकले मलाई अध्यक्षको लागि योग्य ठानी भोट दिनुभई म विजय हुन सफल भए भने पहिला अफिस स्थापना गर्ने र त्यसपछि ७५ जिल्लामा घुमेर जिल्ला जिल्लामा भएको सांस्कृतिक संघलाई नीतिगत रुपमा गठन गर्ने र जिल्ला जिल्लामा आफ्नै कलाकारहरु उत्पादन गर्ने योजना बनाएकी छु । गायक, गायिका, डान्सरहरु उत्पादन गर्ने, केन्द्रबाट उनीहरुलाई परिचालन गर्ने, साँच्चिकै लोकतान्त्रिक कलाकार छन,् तिनीहरुलाई उचित न्याय दिलाई अवसर दिलाउनु आवश्यक छ ।
७५ जिल्लामा बसी कार्यरत व्यक्तिहरुले अवसर पाएका छैनन् । अवसर पाए भोलिका दिनमा केही गर्न सक्थेँ भन्नेका लागि जिल्लामा र त्यसपछि जिल्लामा राम्रो एक्टिभ भएपछि केन्द्रमा तान्ने काम हामीले गर्छौ । यो कलाकारिता क्षेत्रमा लामो समय निरन्तर सक्रिय रहेका व्यक्तिहरुको संघ नेपाल कलाकार संघ हो भन्ने चिनाउनु जरुरी छ त्यसैले यो कलाकारहरुको संघ भएकाले कलाकारलाई न्याय गर्ने हाम्रो दायित्व र कर्तव्य भित्र पर्दछ ।
अन्य सहकर्मी उम्मेद्वार र भोटरहरुलाई के भन्नुहुन्छ ?
भोटरहरुको सबैको आ–आफ्नो स्वविवेक हुन्छ । मलाई नै भोट दिनुपर्छ भन्नु गलत हो । किनभने कस्तो मान्छेलाई भोट दिँदा आफुले न्याय पाउने भन्ने कुरा उहाँहरुलाई थाहा हुन्छ । आजसम्मको सभापति जो १२ बर्ष बस्दा सम्म पनि एउटा अफिसको व्यवस्था हुन सकेको छैन ।
आगामी दिनमा कस्तो मान्छे ल्याउनुपर्छ र सांस्कृतिक संघमा जितेर आउनको लागि कलाकारिता क्षेत्रमा योगदान पु¥याएको योग्य कलाकार हुनुपर्छ । जसमा सेवाको भावना पनि हुनुपर्यो, भोलिका दिनमा कुर्सी र पदको लोभले हैन सांस्कृतिक संघको जगेर्ना र हितको लागि काम गर्न सक्ने योग्य उम्मेदवारलाई भोट दिई जिताउन आग्रह गर्दछु ।
म सँग मोटर गाडी, पैसा केही पनि छैन् । तर। पनि कलाकारको हितको लागि चुनाव जितेको भोलिपल्टबाट के कसरी सम्भव हुन्छ एउटा अफिसको व्यवस्था गर्नु जरुरी छ । उचित कामको लागि उचित व्यक्तिको आवश्यकता पर्दछ । सांस्कृतिक संघको विकासका लागि मेरो उम्मेदवारी र भावी योजना भोटरहरुलाई चित्त बुझ्दो भएमा अवश्य भोट दिनुहुन्छ भन्ने कुरामा विस्वस्त छु ।
काम गर्नको लागि एउटा पदमा पुग्नै पर्ने भएकाले त्यसको लागि मैले सभापतिको उम्मेदवारी दिएको हो । त्यसैले आफ्नो स्वविवेक प्रयोग गरेर को मान्छे आउँदा ठीक हुन्छ र कसले राम्रो काम गर्छ अगाडिको सभपतिले १२ बर्ष काम गरिसकेको छ र १२ बर्षमा उसले जे दिनुपर्ने नेतृत्व दिइसक्यो ।
अब ५ बर्ष आउँदा पनि त्यही नै हो उसले अरु केही दिदैन त्यसैले फ्रेस मान्छे ल्याउनु प¥यो , साँच्चिकैको कलाकार ल्याउनु प¥यो । जो मान्छेले राम्रो नेतृत्व गर्न सक्छ, भोलिको दिनमा सांस्कृतिक संघलाई साँच्चिकैको सांस्कृतिक संघ बनाएर नेतृत्व गर्न सकोस् । सबैलाई न्याय दिन सकोस् । ७५ जिल्लाभरि छरिएका कलाकारलाई समेटेर लैजान सकोस् ।
सबैलाई एउटै छानामुनि ल्याउन सकोस् । हाम्रो सांस्कृतिक संघ भनेको नेपाली कांग्रेसको सुभेच्छुक संस्था भएकाले हाम्रो धर्म भनेको सांस्कृतिक संघमा भएका कलाकारले आउँदै गरेको स्थानीय चुनावदेखि लिएर हरेक कार्यक्रममा पार्टीलाई सहयोग गर्दै पार्टीप्रति बफादार बन्न सक्नुपर्ने अहिलेको आवश्यकता हो । त्यसैले तपार्इं तमाम भोटरहरुले स्वविवेक प्रयोग गरी ‘राम्रो सांस्कृतिक संघ, हाम्रो सांस्कृतिक संघ’लाई विजयी गराउनु हुनेछ भन्ने विश्वास छ ।
Comments
अरु समाचार
-
Shaping Tomorrow’s Media: Jonathan Ranger Highlights Lessons from China–Nepal Academic Exchange
In this special feature, Editor-in-Chief Sajib Kalakheti sits down with Mr. Jonathan Ranger, a journalism student who recently participated in...
-
एमाले सचिव योगेश भट्टराईले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेकाे लिखित प्रस्तावकाे पूर्णपाठ !
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी र देश गम्भीर संकटमा फसेको निष्कर्षसहित केन्द्रीय कमिटी बैठकमा लिखित धारणा पेश...
-
Nepal-China relations built on trust and peaceful coexistence, says Consul General Niroula
Lhasa, Tibet: On the auspicious occasion marking the 70th anniversary of the establishment of diplomatic relations between Nepal and the...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाकै व्यक्ति केन्द्रित बहस, महान्यायाधिवक्ताको तर्क बलियो बन्दा जवाफमा लाञ्छना
काठमाडाैं । जब मानिसमा तर्कमा बल पुग्दैन, तत्पश्चात् उसले कुतर्क गर्दछ, कतिपय अवस्थामा त मुढे बल प्रयोग गर्दछ । यदाकदा...
-
संवैधानिक अंगका पदाधिकारी नियुक्ति संविधान र कानूनसम्मत भएको वरिष्ठ अधिवक्ताहरूको तर्क हाबी
काठमाडाैं । चर्चित संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्तिविरुद्धको चार वर्षअघिको रिटमा प्रत्यर्थी (संवैधानिक अंगका पदाधिकारी)हरूका कानून व्यवसायीले ओजिलो, तर्कशील र तथ्यपरक...
-
सम्पत्ति शुद्धिकरण विभाग रेकर्ड ब्रेकको योजनामा, तथ्याङ्कले के देखाउँछ ?
काठमाडाैं । सम्पत्ति शुद्धिकरण विभागको स्थापनाकालदेखि अहिलेसम्म ४ हजार ३३ उजुरी दर्ता भएका छन् । विभागमा दर्जा उजुरीमध्ये ८० प्रतिशत...












