कृषकका लागि ‘किसान कल सेन्टर’ आयो,अब कृषि सम्बन्धी जानकारी मोवाइलबाटै पाइने
सुर्खेत् २३ माघ । किसानहरुले अब कृषि र पशुपक्षीको व्यवसायमा आइपर्ने कठिनाइका सम्बन्धमा विज्ञसँग प्रत्यक्ष सम्पर्क गर्न पाउने भएका छन् । केन्द्रमा कृषि सम्बन्धी ज्ञान र सीपलाई किसान समक्ष पु¥याउन कृषि विकास मन्त्रालयले किसान ‘कल सेन्टर’ प्रयोगमा ल्याएसंगै सुर्खेतमा पनि शुक्रबारबाट औपचारिक रुपमा उद्घाटन गरिएको छ । मध्यपश्चिम क्षेत्रीय कृर्षि निर्देशनालयका निर्देशक शिवनारायण चौधरीले ‘किसान कल सेन्टर’ को उद्घाटन गरेका हुन् ।
किसानहरुले कृषि सम्बन्धी केही समस्या आएमा सिधै किसान कल सेन्टरमा फोन गर्न सक्नेछन् । किसान कल सेन्टरमा पैसा नलाग्ने नम्बर १६६–८३५२००० राखिएको छ । यो नम्बम्रमा किसानले फोन गरेर आफ्ना समस्या र जिज्ञासा राख्न सक्नेछन् । उक्त समस्याहरु समाधानका लागि कल सेन्टरबाट उपाय बताइने छ ।
जिल्ला कृषि विकास कार्यालयमा कल सेन्टरको सुरु भएपछि सानो समस्या हुँदा पनि किसा सदरमुकाम आउनुपर्ने बाध्यता हट्ने भएको छ भने किसानहरुले सहजै रुपमा समाधानका उपायहरु प्राप्त गर्नेछन् ।
यसअघि कृषि विकास मन्त्रालयले विसं २०२३ मङ्सिर २५ बाट रेडियो नेपालमा र २०५६ सालमा नेपाल टेलिभिजनबाट कृषि कार्यक्रम सञ्चालनको सुरुवात गरेको थियो । सो कार्यक्रममा किसानले विज्ञसँग सवाल–जवाफ गर्न पाउँदैनन् । तर, अब यो किसान कल सेन्टर संचलानमा आएपछि किसानहरुले सवाल–जवाफ समेत गर्न पाउनेछन् । किसानले विज्ञसँग कृषि, कृषि प्रविधि, कृषि बीउबीजन, मलखाद, र कृषि यान्त्रिकीकरणका सम्बन्धमा प्रत्यक्ष खोजीनीति र किसानसँग दोहोरो कुराकानी गर्नसक्ने छन् ।
कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने प्रविधिबारे किसान, कृषि उद्यमी कृषि व्यवसायी, कृषिप्रसार तथा अन्य सरोकारवालालाई जानकारी गराउने, कृषि उपजको सम्भाव्य बजार, कृषिमा आधारित संरक्षण एवम प्रशोधन प्रबिधि किसानबाट प्राप्त ग’नासो संकलन गर्ने काम समेत गरिने जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
कल सेन्टर उद्घाटन तथा कृषि सामग्री हस्तान्तरण कार्यक्रममा शुक्रबार नै विभिन्न कृषक समुहलाई विभिन्न कृषि सामग्री हस्तान्तरण गरिएको छ । किसानहरुलाई मोवाइल, किसान सिमकार्ड, रेनगेज र थर्माेमिटर वितरण गरिएको हो । कृषि सम्बन्धी सम्पूर्ण जानकारी मोवाइल एप्स ‘हाम्रो कृषि’ बाट पनि पाउन सकिने भएकोले किसानलाई सोही एप्सका लागि स्मार्ट फोन पनि वितरण गरिएको बरिष्ट कृषि विकास अधिकृत कालिप्रसाद कोइरालाले जानकारी दिए ।
कार्यक्रममा क्षेत्रीय कृषि निर्देशक शिवनारायण चौधरीले किसानहरुले कल सेन्टर र मोवाइल एप्सबाट धेरै जानकारी पाउने भन्दै त्यसको सहदुपयो गर्नुपर्ने बताए । कृषिलाई पनि प्रविधिका माध्यमबाट सजिलो बनाउनका लागि सरकारले यो योजना ल्याएको भन्दै उनले यसको भरपुर उपभोग गर्न किसानहरुलाई आग्रह गरे ।
यस्तै कार्यक्रममा सुर्खेतका स्थानीय विकास अधिकारी अमृत लम्सालले यो किसान कल सेन्टर र किसानका लागि बनाइएको मोवाइल एप्सले किसानको जोखिम कम गर्ने भन्दै यो कल सेन्टरबाट स्थानीय बजार मूल्यको बारेमा समेत जानकारी दिन सके राम्रो हेने स’झाव दिएका थिए ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












