कृषकका लागि ‘किसान कल सेन्टर’ आयो,अब कृषि सम्बन्धी जानकारी मोवाइलबाटै पाइने
सुर्खेत् २३ माघ । किसानहरुले अब कृषि र पशुपक्षीको व्यवसायमा आइपर्ने कठिनाइका सम्बन्धमा विज्ञसँग प्रत्यक्ष सम्पर्क गर्न पाउने भएका छन् । केन्द्रमा कृषि सम्बन्धी ज्ञान र सीपलाई किसान समक्ष पु¥याउन कृषि विकास मन्त्रालयले किसान ‘कल सेन्टर’ प्रयोगमा ल्याएसंगै सुर्खेतमा पनि शुक्रबारबाट औपचारिक रुपमा उद्घाटन गरिएको छ । मध्यपश्चिम क्षेत्रीय कृर्षि निर्देशनालयका निर्देशक शिवनारायण चौधरीले ‘किसान कल सेन्टर’ को उद्घाटन गरेका हुन् ।
किसानहरुले कृषि सम्बन्धी केही समस्या आएमा सिधै किसान कल सेन्टरमा फोन गर्न सक्नेछन् । किसान कल सेन्टरमा पैसा नलाग्ने नम्बर १६६–८३५२००० राखिएको छ । यो नम्बम्रमा किसानले फोन गरेर आफ्ना समस्या र जिज्ञासा राख्न सक्नेछन् । उक्त समस्याहरु समाधानका लागि कल सेन्टरबाट उपाय बताइने छ ।
जिल्ला कृषि विकास कार्यालयमा कल सेन्टरको सुरु भएपछि सानो समस्या हुँदा पनि किसा सदरमुकाम आउनुपर्ने बाध्यता हट्ने भएको छ भने किसानहरुले सहजै रुपमा समाधानका उपायहरु प्राप्त गर्नेछन् ।
यसअघि कृषि विकास मन्त्रालयले विसं २०२३ मङ्सिर २५ बाट रेडियो नेपालमा र २०५६ सालमा नेपाल टेलिभिजनबाट कृषि कार्यक्रम सञ्चालनको सुरुवात गरेको थियो । सो कार्यक्रममा किसानले विज्ञसँग सवाल–जवाफ गर्न पाउँदैनन् । तर, अब यो किसान कल सेन्टर संचलानमा आएपछि किसानहरुले सवाल–जवाफ समेत गर्न पाउनेछन् । किसानले विज्ञसँग कृषि, कृषि प्रविधि, कृषि बीउबीजन, मलखाद, र कृषि यान्त्रिकीकरणका सम्बन्धमा प्रत्यक्ष खोजीनीति र किसानसँग दोहोरो कुराकानी गर्नसक्ने छन् ।
कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने प्रविधिबारे किसान, कृषि उद्यमी कृषि व्यवसायी, कृषिप्रसार तथा अन्य सरोकारवालालाई जानकारी गराउने, कृषि उपजको सम्भाव्य बजार, कृषिमा आधारित संरक्षण एवम प्रशोधन प्रबिधि किसानबाट प्राप्त ग’नासो संकलन गर्ने काम समेत गरिने जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
कल सेन्टर उद्घाटन तथा कृषि सामग्री हस्तान्तरण कार्यक्रममा शुक्रबार नै विभिन्न कृषक समुहलाई विभिन्न कृषि सामग्री हस्तान्तरण गरिएको छ । किसानहरुलाई मोवाइल, किसान सिमकार्ड, रेनगेज र थर्माेमिटर वितरण गरिएको हो । कृषि सम्बन्धी सम्पूर्ण जानकारी मोवाइल एप्स ‘हाम्रो कृषि’ बाट पनि पाउन सकिने भएकोले किसानलाई सोही एप्सका लागि स्मार्ट फोन पनि वितरण गरिएको बरिष्ट कृषि विकास अधिकृत कालिप्रसाद कोइरालाले जानकारी दिए ।
कार्यक्रममा क्षेत्रीय कृषि निर्देशक शिवनारायण चौधरीले किसानहरुले कल सेन्टर र मोवाइल एप्सबाट धेरै जानकारी पाउने भन्दै त्यसको सहदुपयो गर्नुपर्ने बताए । कृषिलाई पनि प्रविधिका माध्यमबाट सजिलो बनाउनका लागि सरकारले यो योजना ल्याएको भन्दै उनले यसको भरपुर उपभोग गर्न किसानहरुलाई आग्रह गरे ।
यस्तै कार्यक्रममा सुर्खेतका स्थानीय विकास अधिकारी अमृत लम्सालले यो किसान कल सेन्टर र किसानका लागि बनाइएको मोवाइल एप्सले किसानको जोखिम कम गर्ने भन्दै यो कल सेन्टरबाट स्थानीय बजार मूल्यको बारेमा समेत जानकारी दिन सके राम्रो हेने स’झाव दिएका थिए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












