धामी झाँक्रीको भरपर्दा लालको उपचार कठिनाइ
जाजरकोट, २३ माघ । खगेनकोट–९ की कमला पुन नौ महिनाको हुँदा उनकी आमाको घाँस काटने क्रममा भिरबाट लडेर मृत्यु भयो । अहिले उनी ५ वर्षकी भइन् । उनलाई स्याहार गर्ने हजुरआमाको मृत्यु भएको पनि एक वर्ष पुग्न लाग्यो । कमला अहिले थलिएका २५ वर्षीय बाबु लालबहादुर पुनको हेरचारहमा व्यस्त छिन् ।
बिरामी बाबुलाई खुवाउने र भित्र–बाहिर गराउने उनै कमलाले गर्छिन् । घरमा ७३ वर्षीय वृद्ध हजुरबा पनि हुनुहुन्छ । उहाँले अझैपनि गाईबस्तु हेर्ने र घरको अन्य काम गर्नुहुन्छ । कमलाका उमेरका सबै नजिकै रहेको विद्यालयमा पढ्न जान्छन्, तर उनी भने बाबुको हेरचाहमै दैनिक कट्ने गरेको सुनाउँछिन् । “हजुरआमा छँदा बाबाको सबै रेखदेख उहाँले गर्नुहुथ्यो, उहाँको मृत्युपछि मैले नै गर्नुपरेको छ”, उनले भनिन् ।
“म खाना पकाउन सक्दिन, कहिलेकाहीँ भोक लाग्छ अनि आधा घन्टाको टाढा रहेको विद्यालयमा गई त्यहाँ पकाएको खाजा ल्याएर खान्छु र बाबालाई पनि दिन्छु”, कमलाले भनिन्, “रातिभरि बाबाको हेरचाह हजुरबाले गर्नुहुन्छ दिउँसोभरि म गर्छु । ”
उनका बाबुलाई छारे रोग अर्थात् ‘चरिफाई’ लागेको छ । आज्ञानताका कारण यस्ता रोगीलाई स्वास्थ्य संस्थामा उपचार गर्नुको साटो देवता लागेको भन्दै अहिलेसम्म १५ भन्दा बढी बोकाको बली दिइसकेको छौ भन्नुभयो, कमला हजुरबा लीलबहादुरले । “अहिले घरमा केही सम्पति छैन, छोरा घरमै मर्ने भयो” उहाँको गुनासो थियो ।
लालबहादुरका हातखुट्टा र अनुहार छारे रोगले गर्दा मुर्छा परेका बखत आगोले पोलेर घाउ समेत भएको छ । खगेनकोट गाविसको सबैभन्दा विकट वडा ९ मङ्सिरीमा पुग्न दल्ली स्वास्थ्य चौकीबाट एक दिन लाग्छ । बिरामी भएपछि लालबहादुरले अहिलेसम्म स्वास्थ्य संस्था पुग्न पाउनुभएको छैन ।
दैनिक धामीझाँक्री मात्र हेराउँदा लालबहादुर मृत्युको नजिक पुगेको स्थानीय शिक्षक मनिषा सिंहले बताउनुभयो । पूर्वजन्ममा सन्तानले गरेको पाप अहिले यसले भोग्दैछ भनी गाउँलेले कुरा काट्ने गरेका छन् तर अस्पतालमा उपचार हुनसक्ने रोग समेत धामीझाँक्रीको भरका कारण पर्दा लालको जीवन बर्बाद लागेको उहाँको भनाइ छ । रासस
Comments
अरु समाचार
-
वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने सहमति
काठमाडौं । प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिमा वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने विषयमा...
-
मोटरसाइकल दुर्घटनामा प्रहरी जवान चौधरीको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटना परी वडा प्रहरी कार्यालय लमही, दाङमा कार्यरत प्रहरी जवान गणेश चौधरीको मृत्यु भएको छ । ट्रकमा...
-
म्यानमारबाट पाँच जना नेपालीको उद्धार
काठमाडौं । आकर्षक जागिरको प्रलोभन देखाएर म्यानमार पुर्याइएका पाँच जना नेपालीको उद्धार भएको छ । ती नेपालीलाई थाइल्याण्ड हुँदै नेपाल...
-
कैलालीमा तीन लाख २४ हजार मेट्रिकटन धान उत्पादन
काठमाडौं । कैलालीमा यस वर्ष तीन लाख २४ हजार आठ सय ८४ मेट्रिकटन बर्खे धान उत्पादन भएको छ । जिल्लास्थित...
-
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम...
-
मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु
काठमाडौं । दाङमा भएको मोटरसाइकल दुर्घटनामा एक जना प्रहरी जवानको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा वडा प्रहरी कार्यालय लमहीमा...
-
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
काठमाडौं । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु भएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको...
-
हुम्लामा हिमपातहुँदा जनजीवन प्रभावित
काठमाडौं । हुम्लामा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको...
-
फूलचोकी जङ्गलमा हराएका १३ जना प्रहरी सम्पर्कमा
पाटन (ललितपुर): फूलचोकी जङ्गलमा हराएका १३ जना प्रहरी सम्पर्कमा पुगेको जानकारी प्राप्त भएको छ । मंगलबार दिउँसोदेखि बाटो भुलेर जङ्गलमा...