धामी झाँक्रीको भरपर्दा लालको उपचार कठिनाइ
जाजरकोट, २३ माघ । खगेनकोट–९ की कमला पुन नौ महिनाको हुँदा उनकी आमाको घाँस काटने क्रममा भिरबाट लडेर मृत्यु भयो । अहिले उनी ५ वर्षकी भइन् । उनलाई स्याहार गर्ने हजुरआमाको मृत्यु भएको पनि एक वर्ष पुग्न लाग्यो । कमला अहिले थलिएका २५ वर्षीय बाबु लालबहादुर पुनको हेरचारहमा व्यस्त छिन् ।
बिरामी बाबुलाई खुवाउने र भित्र–बाहिर गराउने उनै कमलाले गर्छिन् । घरमा ७३ वर्षीय वृद्ध हजुरबा पनि हुनुहुन्छ । उहाँले अझैपनि गाईबस्तु हेर्ने र घरको अन्य काम गर्नुहुन्छ । कमलाका उमेरका सबै नजिकै रहेको विद्यालयमा पढ्न जान्छन्, तर उनी भने बाबुको हेरचाहमै दैनिक कट्ने गरेको सुनाउँछिन् । “हजुरआमा छँदा बाबाको सबै रेखदेख उहाँले गर्नुहुथ्यो, उहाँको मृत्युपछि मैले नै गर्नुपरेको छ”, उनले भनिन् ।
“म खाना पकाउन सक्दिन, कहिलेकाहीँ भोक लाग्छ अनि आधा घन्टाको टाढा रहेको विद्यालयमा गई त्यहाँ पकाएको खाजा ल्याएर खान्छु र बाबालाई पनि दिन्छु”, कमलाले भनिन्, “रातिभरि बाबाको हेरचाह हजुरबाले गर्नुहुन्छ दिउँसोभरि म गर्छु । ”
उनका बाबुलाई छारे रोग अर्थात् ‘चरिफाई’ लागेको छ । आज्ञानताका कारण यस्ता रोगीलाई स्वास्थ्य संस्थामा उपचार गर्नुको साटो देवता लागेको भन्दै अहिलेसम्म १५ भन्दा बढी बोकाको बली दिइसकेको छौ भन्नुभयो, कमला हजुरबा लीलबहादुरले । “अहिले घरमा केही सम्पति छैन, छोरा घरमै मर्ने भयो” उहाँको गुनासो थियो ।
लालबहादुरका हातखुट्टा र अनुहार छारे रोगले गर्दा मुर्छा परेका बखत आगोले पोलेर घाउ समेत भएको छ । खगेनकोट गाविसको सबैभन्दा विकट वडा ९ मङ्सिरीमा पुग्न दल्ली स्वास्थ्य चौकीबाट एक दिन लाग्छ । बिरामी भएपछि लालबहादुरले अहिलेसम्म स्वास्थ्य संस्था पुग्न पाउनुभएको छैन ।
दैनिक धामीझाँक्री मात्र हेराउँदा लालबहादुर मृत्युको नजिक पुगेको स्थानीय शिक्षक मनिषा सिंहले बताउनुभयो । पूर्वजन्ममा सन्तानले गरेको पाप अहिले यसले भोग्दैछ भनी गाउँलेले कुरा काट्ने गरेका छन् तर अस्पतालमा उपचार हुनसक्ने रोग समेत धामीझाँक्रीको भरका कारण पर्दा लालको जीवन बर्बाद लागेको उहाँको भनाइ छ । रासस
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












