संसद बैठक दुई साता स्थगित भएपछि यी विधेयक अलपत्रमा
काठमाडौं,२४ माघ । संविधान संशोधनपछिमात्र निर्वाचन मिति घोषणा गर्ने कांग्रेसले मधेशी मार्चालाई आश्वास दिएकै दिन संसद बैठक आगामी फागुन १० गतेसम्मका लागि स्थगित भएको छ ।
संसद बैठक स्थगित भएसँगै निर्वाचन मिति घोषणा गर्ने सरकारको तयारी, संविधान संशोधन र राजनीतिक दलसम्बन्धी विधेयक अलपत्र परेका छन् । स्थानीय तह निर्वाचन गर्ने प्रमुख कार्यादेश सहित गत साउन १९ गते गठन भएको पुष्पकलम दाहाल नेतृत्वको वर्तमान सरकारले ६ महिना बितिसक्दा समेत चार वटा विधेयक पारित गर्न बाहेक संविधान कार्यान्वयनको ठोस कार्ययोजना अघि सार्न सकेको छैन ।
संविधान संशोधन विधेयकलाई लिएर एमाले सहितका प्रतिपक्षी दलले लामो समय गरेको संसद अवरोध र लोकमानसिंह कार्कीबिरुद्धको महाअभियोग प्रस्तावका कारण संविधान कार्यान्वयनको ठोस कार्ययोजना ल्याउन नसकेको सरकारको स्पष्टोक्ति छ ।
सरकारले संसदमा प्रस्तुत गरेका पाँच वटा विधेयकमध्ये चार वटा पारित भएपनि थ्रेसहोल्डमा सहमति हुन नसक्दा राजनीतिक दलसम्बन्धी विधेयक पारित हुन सकेको छैन । प्रत्येक घण्टा एउटा निर्णयका साथ अघि बढेमात्र आगामी माघ ७ गते भित्र तीनै तहको निर्वाचन सम्भव रहेको सुझाव विज्ञले सरकारलाई दिएपनि सत्तारुढ दल भने सत्तासमर्थित र प्रतिपक्षलाई मनाउने ध्याउन्नमा समय खर्चिरहेछन् । गत बैशाख २० गतेबाट निरन्तर जारी रहेको संसद अधिवेशन पछिल्लो समय साना तिना एजेण्डामा केन्द्रित हुने गरेको छ ।
सभामुख ओनसरी घर्तीले संसदमा तत्काल महत्वपूर्ण विधेयक नभएकाले सरकारलाई थप सहमतिको समय उपलब्ध गराउन संसद बैठक स्थगित भएको बताउनुभयो । लामो समयदेखि जारी बैठकका कारण सम्बन्धित जिल्लामा सांसदहरुको कामकारवाही समेत प्रभावित भएकाले बैठक स्थगित भएको उल्लेख गर्दै उहाँले सांसदहरुको आग्रहमा फागुन १० गतेका लागि अर्को बैठक डाकिएको जानकारी दिनुभयो ।
सभामुख घर्ती संसद अधिवेशन नै अन्त्य गर्ने मनस्थितिमा रहेपनि संशोधन विधेयक अलपत्र पारी अधिवेशन अन्त्य गर्न नहुने मधेशी मोर्चाको अडानका कारण सरकार पछि हटेको संसद सचिवालय स्रोतको भनाई छ । प्रमुख प्रतिपक्षी एमालेले भने निर्वाचन नगराउने मनशायका साथ सरकारको आग्रहमा संसद बैठक लामो समयसम्मका लागि स्थगित भएको भन्दै आपत्ति जनाएको छ । मन्त्रीपरिषद् निर्णय विपरित प्रधानमन्त्री पुष्पकमल दाहालले मधेशी मोर्चासँगको छलफलमा निर्वाचन मिति घोषणा नभएको बताउनु शंकास्पद भएको एमालेको भनाई छ ।
प्रमुख सचेतक भानुभक्त ढकालले थ्रेसहोल्डमाथि विवाद देखाएर संसद बैठक स्थगित हुनु दुर्भाग्यपूर्ण भएको बताउदै आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने समयसीमा चुनौतीपूर्ण भएको दावी गर्नुभयो । ढकालले भन्नुभयो, ‘बिजनेस नदिएर सरकार संसदलाई कमजोर बनाउन खोज्दैछ । निर्वाचनसँग सम्बन्धित चार वटा विधेयकको मस्यौदा तयार नहुनु र राजनीतिक दलसम्बन्धी विधेयक राज्यब्यवस्था समितिमा अलपत्र बनाउनुले निर्वाचन नगराउने सरकारको नियत प्रष्ट भएको छ ।’ यद्यपी सत्तानेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले भने एमालेको आरोप सरासर गलत भएको बताएको छ । केन्द्रका मुख्य सचेतक टेकहादुर बस्नेतले निर्वाचनको वातावरण बनाउनकै लागि संसद बैठक दुईसाताकालागि स्थगित भएको दावी गर्नुभयो । राजनीतिक दलसम्बन्धी विधेयकमा सहमति जुटाउन समय आवश्यक रहेको र बांकी विधेयकको समेत मस्यौदा निर्माण गर्नुपर्ने भएकाले बैठक लामो समय स्थगित गरिएको बस्नेतको दावी छ । संसदको अधिवेशन नै अन्त्य गर्ने अवस्था तत्काल नरहेकाले सांसदको नियमित कामका लागि समेत फागुन १० गतेमात्र बैठक बस्ने उहाँको तर्क छ । माओवादी केन्द्रका मूख्य सचेतक बस्नेतले भन्नुभयो, ‘सरकार निर्वाचन उन्मुख भईसकेकोछ, यसका कसैले शंका नगरे हुन्छ । निर्वाचनको वातावरण बनाउनकै लागि सांसदहरुलाई गाउँ जाने समय दिन बैठक दुई साताका लागि स्थगित भएको हो । ‘सत्तारुढ प्रमुख दलहरु माओवादी केन्द्र र नेपाली कांग्रेसको शीर्ष नेतृत्वले संविधान संशोधन पछि मात्र निर्वाचनको मिति घोषणा गर्ने आश्वासन सत्तासमर्थित मधेशी मोर्चालाई दिदै आएका छन् । सरकार गठनको समय भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि एक साता लामो अल्टिमेटम गत शनिवार सकिएपनि मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने निर्णय गरेको छैन । संविधान संशोधनपछि मात्र निर्वाचनको मिति घोषणा गर्ने सत्तारुढ दलको आश्वासनमा ढुक्क देखिएको मोर्चाले माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनीबारे समेत औपचारिक धारणा ल्याएको छैन । सरकारले प्रतिनिधिसभा, राष्ट्रिय सभा, प्रदेश सभा र निर्वाचन क्षेत्र निर्धारण आयोगसम्बन्धी थप चार वटा विधेयकको मस्यौदा समेत तयार गर्न सकेको छैन । दलहरुबीच सहमति हुन नसक्दा स्थानीय तह पुनस्संरचना आयोगले गत पुष २२ गते सरकारलाई बुझाएको प्रतिवेदन समेत अलपत्र परेको छ । प्रतिवेदनमाथि पुनर्बिचार आश्वयक देखेको सरकारले तीन सदस्यीय समिति गठन गरेपनि त्यसले काम थालेको छैन ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












