श्रमजीवी पत्रकारका हकहितलाई सम्बोधन गर्नसक्ने नेतृत्व आवश्यक
पोखरा, २६ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कास्कीको पाँचाँै अधिवेशनको आज यहाँ आयोजित उद्घाटन समारोहमा नेपाल पत्रकार महासङ्घको आगामी नेतृत्व श्रमजीवी पत्रकारका हकहितलाई सम्बोधन गर्नसक्ने किसिमको हुनुपर्नेमा जोड दिइएको छ ।
श्रमजीवी पत्रकारले वर्तमानमा पनि न्युनतम् पारिश्रमिक पाउन नसकेका जस्ता धेरै समस्या विद्यमान रहेको बताउँदै वक्ताहरूले सञ्चारमाध्यम अभैm पनि समावेशी बन्न नसकेको बताउनुभयो ।
कार्यक्रममा फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङले सम्पूर्ण श्रमजीवि सञ्चारकर्मीलाई समेट्नसक्ने किसिमको नेतृत्व वर्तमानको आवश्यकता भएको बताउँदै राज्यको सञ्चार नीति, सञ्चारमाध्यम सबै समावेशी बन्नुपर्ने बताउनुभयो ।
फोनिजका केन्द्रीय महासचिव गजुरधन राईले समावेशीताबाट मात्रै राष्ट्रिय सद्भाव एवम् एकता कायम गर्न सकिने बताउँदै पत्रकार महासङ्घको आगामी नेतृत्व सबैलाई समेटेर लैजानसक्ने हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले प्रत्येक सञ्चारकर्मीले पत्रकारिताको धर्मलाई आत्मसात गरी कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।
फोनिज कास्कीका अध्यक्ष हुम गुरुङ पेसागत हकहितका साथै आदिवासी जनजाति पत्रकारको अर्थपूर्ण सहभागिताका लागि फोनिज क्रियाशील रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बराल, प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष माधव बराल, प्रेस सेन्टर कास्कीका अध्यक्ष विभु भुषाल, तमु धिँ नेपालकी अध्यक्ष कर्मा गुरुङ, नेपाल पत्रकार महासङ्घ कास्कीको आसन्न निर्वाचनका अध्यक्ष पदका प्रत्यासी रमेश पौडेल र दिपेन्द्र श्रेष्ठ, मगर पत्रकार सङ्घका अध्यक्ष रुद्रबहादुर थापा, मीना गुरुङ, शान्ति गुरुङलगायतले पत्रकार महासङ्घको आसन्न अधिवेशनले पत्रकारका हकहितलाई स्थापित गराउँदै सबैलाई समेटेर लैजान सक्ने किसिमको नेतृत्व चयन गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस (तस्विर पनि उपलब्ध छ ।)
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












