श्रमजीवी पत्रकारका हकहितलाई सम्बोधन गर्नसक्ने नेतृत्व आवश्यक
पोखरा, २६ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कास्कीको पाँचाँै अधिवेशनको आज यहाँ आयोजित उद्घाटन समारोहमा नेपाल पत्रकार महासङ्घको आगामी नेतृत्व श्रमजीवी पत्रकारका हकहितलाई सम्बोधन गर्नसक्ने किसिमको हुनुपर्नेमा जोड दिइएको छ ।
श्रमजीवी पत्रकारले वर्तमानमा पनि न्युनतम् पारिश्रमिक पाउन नसकेका जस्ता धेरै समस्या विद्यमान रहेको बताउँदै वक्ताहरूले सञ्चारमाध्यम अभैm पनि समावेशी बन्न नसकेको बताउनुभयो ।
कार्यक्रममा फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङले सम्पूर्ण श्रमजीवि सञ्चारकर्मीलाई समेट्नसक्ने किसिमको नेतृत्व वर्तमानको आवश्यकता भएको बताउँदै राज्यको सञ्चार नीति, सञ्चारमाध्यम सबै समावेशी बन्नुपर्ने बताउनुभयो ।
फोनिजका केन्द्रीय महासचिव गजुरधन राईले समावेशीताबाट मात्रै राष्ट्रिय सद्भाव एवम् एकता कायम गर्न सकिने बताउँदै पत्रकार महासङ्घको आगामी नेतृत्व सबैलाई समेटेर लैजानसक्ने हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले प्रत्येक सञ्चारकर्मीले पत्रकारिताको धर्मलाई आत्मसात गरी कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।
फोनिज कास्कीका अध्यक्ष हुम गुरुङ पेसागत हकहितका साथै आदिवासी जनजाति पत्रकारको अर्थपूर्ण सहभागिताका लागि फोनिज क्रियाशील रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बराल, प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष माधव बराल, प्रेस सेन्टर कास्कीका अध्यक्ष विभु भुषाल, तमु धिँ नेपालकी अध्यक्ष कर्मा गुरुङ, नेपाल पत्रकार महासङ्घ कास्कीको आसन्न निर्वाचनका अध्यक्ष पदका प्रत्यासी रमेश पौडेल र दिपेन्द्र श्रेष्ठ, मगर पत्रकार सङ्घका अध्यक्ष रुद्रबहादुर थापा, मीना गुरुङ, शान्ति गुरुङलगायतले पत्रकार महासङ्घको आसन्न अधिवेशनले पत्रकारका हकहितलाई स्थापित गराउँदै सबैलाई समेटेर लैजान सक्ने किसिमको नेतृत्व चयन गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस (तस्विर पनि उपलब्ध छ ।)
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












