प्रधानमन्त्री,कांग्रेस सभापति र गृहमन्त्रीबीच ‘आईजीपी’ बनाउने विषयमा चर्काचर्की,मन्त्रीपरिषद् वैठक समेत स्थगित
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिबीच प्रहरी महानिरीक्षक “आईजीपी” बनाउने विषयलाई लिएर चर्को विवाद भएको छ । स्रोतका अनुसार सभापति देउवा प्रहरी नायव महानिरीक्षक “डीआइजी”जयबहादुर चन्दलाई आईजीपी बनाउने कसरतमा छन भने गृहमन्त्री निधि डीआइजी नवराज सिलवालको पक्षमा देखिएका छन् ।
कांग्रेस संसदीय दलमा केही दिनअघि आईजीपी कसलाई बनाउने भन्ने विषयमा पार्टी पदाधिकारी र गुहमन्त्रीबीच बैठक समेत भएको थियो । बैठकमा देउवा र निधिबीच चर्काचर्कीसमेत भएको स्रोतले जनायो । देउवाले सुदूरपश्चिमका चन्दलाई बनाउन बारम्बार दवाव दिएपछि गृहमन्त्री निधिले सरकारको कामकारवाहीमा हस्तक्षेप नगर्न आग्रह गर्दै आएका छन् । तर, देउवाले चन्दलाई आईजीपी नबनाउने हो भने पद छाड्न भन्दै निधिलाई दवाव दिँदै आएको स्रोतले बतायो ।
सुदुपश्चिमका सांसद तथा पार्टीका नेताहरुले पनि चन्दलाई आईजीपी बनाउन गृहमन्त्रीलाई भेटेरै बारम्बार लबिङ गर्न थालेपछि गृहमन्त्री निधि पार्टी सभापतिसँग आक्रोशित बनेका छन् । पहिलो एकै दिन प्रहरी सेवामा प्रबेश गरेकालाई बरियादाक्रम लगाउनु नहुने आवाज पनि उठ्ने गरेको छ । आईजीपी बनाउने बिषयलाई लिएर बढेको विवादका कारण गृहमन्त्री निधि पार्टी सभापति देउवाको निवाससमेत जान छाडेका छन् ।
आईजीपी बनाउने बिषयमा सभापति र गृहमन्त्रीबीच विवाद बढेपछि विकल्पमा देउवा पक्षकै एक थरी नेताहरुले चौथो बरियातमा रहेका बमवहादुर भण्डारीलाई बनाउन सुझाएका छन् । ‘सभापति र गृहमन्त्री दुवैले हारेकोस्थिति बन्न भएन भन्ने हाम्रो भनाई हो,’ दुई नेताबीचको विवाद मिलाउन जुटेका कांग्रेसका एक नेता भन्छन्, ‘यो विवाद बढ्दै जाँदा पार्टीभित्रै समस्या आउने देखिएको छ ।’
प्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवावीच पनि विवाद चर्किएको छ । यही विवादका कारण आज (२७ माघ) बस्ने भनिए को मन्त्रिपरिषद बैठकसमेत स्थगित भएको छ । यही साता अवकाश पाउन लागेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका ठाउँमा बरियताका आधारमा डीआइजी नवराज सिलवाललाई आइजी बनाउनुपर्ने अडानमा प्रधानमन्त्री प्रचण्ड उभिएका छन् ।
महानिरीक्षक चयनको किचलोकै कारण पदावधी सकिनुभन्दा एक महिना अघि नै महानिरीक्षक बिदामा बस्ने चलन समेत तोडिएको छ । महानिरिक्षक उपेन्द्रकान्त अर्यालले समयमै नयाँ महानिरीक्षक चयनका लागि बारम्बार प्रधानमन्त्री र गृहमन्त्रीसँग आग्रह गर्दै आइरहेका छन् ।
अहिलेका प्रहरी महानिरिक्षकका दावेदाहरुमा प्रहरी निरिक्षकहुदाँ प्रकाश अर्याल एक नम्बरमा र नवराज सिलवाल अन्तिम नम्बरमा नाम टाँसिएको प्रहरी किताव खानाको रेकर्डमा देखिएको छ । त्यसैगरि आइजीपीका दावेदाहरुमा सबै भन्दा बढी जयबहादुर चन्दले तालिम लिएका छन ।
Comments
अरु समाचार
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...












