प्रधानमन्त्री,कांग्रेस सभापति र गृहमन्त्रीबीच ‘आईजीपी’ बनाउने विषयमा चर्काचर्की,मन्त्रीपरिषद् वैठक समेत स्थगित
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिबीच प्रहरी महानिरीक्षक “आईजीपी” बनाउने विषयलाई लिएर चर्को विवाद भएको छ । स्रोतका अनुसार सभापति देउवा प्रहरी नायव महानिरीक्षक “डीआइजी”जयबहादुर चन्दलाई आईजीपी बनाउने कसरतमा छन भने गृहमन्त्री निधि डीआइजी नवराज सिलवालको पक्षमा देखिएका छन् ।
कांग्रेस संसदीय दलमा केही दिनअघि आईजीपी कसलाई बनाउने भन्ने विषयमा पार्टी पदाधिकारी र गुहमन्त्रीबीच बैठक समेत भएको थियो । बैठकमा देउवा र निधिबीच चर्काचर्कीसमेत भएको स्रोतले जनायो । देउवाले सुदूरपश्चिमका चन्दलाई बनाउन बारम्बार दवाव दिएपछि गृहमन्त्री निधिले सरकारको कामकारवाहीमा हस्तक्षेप नगर्न आग्रह गर्दै आएका छन् । तर, देउवाले चन्दलाई आईजीपी नबनाउने हो भने पद छाड्न भन्दै निधिलाई दवाव दिँदै आएको स्रोतले बतायो ।
सुदुपश्चिमका सांसद तथा पार्टीका नेताहरुले पनि चन्दलाई आईजीपी बनाउन गृहमन्त्रीलाई भेटेरै बारम्बार लबिङ गर्न थालेपछि गृहमन्त्री निधि पार्टी सभापतिसँग आक्रोशित बनेका छन् । पहिलो एकै दिन प्रहरी सेवामा प्रबेश गरेकालाई बरियादाक्रम लगाउनु नहुने आवाज पनि उठ्ने गरेको छ । आईजीपी बनाउने बिषयलाई लिएर बढेको विवादका कारण गृहमन्त्री निधि पार्टी सभापति देउवाको निवाससमेत जान छाडेका छन् ।
आईजीपी बनाउने बिषयमा सभापति र गृहमन्त्रीबीच विवाद बढेपछि विकल्पमा देउवा पक्षकै एक थरी नेताहरुले चौथो बरियातमा रहेका बमवहादुर भण्डारीलाई बनाउन सुझाएका छन् । ‘सभापति र गृहमन्त्री दुवैले हारेकोस्थिति बन्न भएन भन्ने हाम्रो भनाई हो,’ दुई नेताबीचको विवाद मिलाउन जुटेका कांग्रेसका एक नेता भन्छन्, ‘यो विवाद बढ्दै जाँदा पार्टीभित्रै समस्या आउने देखिएको छ ।’
प्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवावीच पनि विवाद चर्किएको छ । यही विवादका कारण आज (२७ माघ) बस्ने भनिए को मन्त्रिपरिषद बैठकसमेत स्थगित भएको छ । यही साता अवकाश पाउन लागेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका ठाउँमा बरियताका आधारमा डीआइजी नवराज सिलवाललाई आइजी बनाउनुपर्ने अडानमा प्रधानमन्त्री प्रचण्ड उभिएका छन् ।
महानिरीक्षक चयनको किचलोकै कारण पदावधी सकिनुभन्दा एक महिना अघि नै महानिरीक्षक बिदामा बस्ने चलन समेत तोडिएको छ । महानिरिक्षक उपेन्द्रकान्त अर्यालले समयमै नयाँ महानिरीक्षक चयनका लागि बारम्बार प्रधानमन्त्री र गृहमन्त्रीसँग आग्रह गर्दै आइरहेका छन् ।
अहिलेका प्रहरी महानिरिक्षकका दावेदाहरुमा प्रहरी निरिक्षकहुदाँ प्रकाश अर्याल एक नम्बरमा र नवराज सिलवाल अन्तिम नम्बरमा नाम टाँसिएको प्रहरी किताव खानाको रेकर्डमा देखिएको छ । त्यसैगरि आइजीपीका दावेदाहरुमा सबै भन्दा बढी जयबहादुर चन्दले तालिम लिएका छन ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












