लोकसेवाले ल्यायो कडा नीति अब सोर्सफोर्सबाट जागिर खाने दिन गए
काठमाडौं । शिक्षा सेवा आयोग र त्रिभुवन बिश्वविद्यालयका परीक्षाबाहेक सबै परीक्षा लोकसेवा आयोगले लिने भएपछि धेरैको बिल्लीबाट भएको छ । बिगतमा आफ्ना मानिसलाई नियुक्ति दिने निकायहरुमा लोकसेवाले परीक्षा लिन थालेपछि उपल्ला दर्जाका कर्मचारीदेखि राजनीतिक नेतृत्वको ‘निद नै हराम’ हुन थालेको छ ।
विगतमा नेपाली सेना, राष्ट्रिय अनुसन्धान बिभाग, संस्थानहरु, बिभिन्न आयोग, बोर्ड र समितिमा आफूखुसी आफन्त र नातेदार नियुक्ति गर्ने चलन थियो । यतिमात्र होइन कर्मचारी बन्न चाहने व्यक्तिसँग रकम लिएर परीक्षामा पास पार्ने गरेको पनि पाइन्थ्यो । तर, अब त्यो अवस्था छैन ।
‘राज्यको कोषबाट सेवा र सुविधा लिने सबै निकायमा लोकसेवाले परीक्षा लिन थालेपछि धेरैको बिल्लीबाठ भएको पाइन्छ ।’ लोकसेवा आयोगका एक सहसचिवले भने । ती सहसचिवका अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखदेखि उच्च नेतृत्व तथा कर्मचारीले एक जना पनि मानिसलाई कुनै पनि निकायमा भर्ना गर्न सक्ने अवस्था छैन ।
सेना, अनुसन्धानजस्ता सुरक्षा निकायका नेतृत्वले बिगतमा ऐनमै उल्लेख गरेर भर्ना गर्ने परम्परा अब पूरै तोडिएको हो । अनुसन्धान बिभागमा त कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकाका प्रमुखदेखि गृहमन्त्री, गृहसचिवसमेतले आफन्तलाई भर्ना गर्दै आएका थिए । जसकै कारण बिभागको काम र कारवाही प्रभावकारी भएको छैन । अब भने त्यस्तो अवस्था रहन्न, कारण हो, लोकसेवा आयोगको सहमति र उसको संलग्नताबेगर कुनै पनि निकायमा एक जना सहयोगीसमेत नियुक्ति गर्न सकिन्न ।
सेनामा २० लाख, प्रहरीमा १५ लाख र अनुसन्धानमा १२ लाख रुपैयाँ तिरेपछि अधिकृतस्तरको पदमा भर्ना हुने गरेको एक जना भुक्तभोगीले न्यूज नेपाललाई बताए । नेपालको संविधान २०७३ ले लोकसेवा आयोगलाई पर्याप्त अधिकार दिएकोले यस्तो अवस्था आएको हो ।
नेपाली सेनाले भने भर्ना, बढुवासमेतका बिषयमा लोकसेवा आयोगले हस्तक्षेप गरेको भन्दै सैनिक ऐन संसोधनका लागि तयारी पूरा गरेको सैनिक अधिकृतहरुको भनाइ छ । तर, भर्नामा भने लोकसेवा आयोग अनिवार्य सहभागी हुनेछ । बढुवामा भने लोकसेवा आयोगलाई समावेश गर्नु नहुने सैनिक अधिकारीहरुको तर्क छ ।
Comments
अरु समाचार
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...












