लोकसेवाले ल्यायो कडा नीति अब सोर्सफोर्सबाट जागिर खाने दिन गए
काठमाडौं । शिक्षा सेवा आयोग र त्रिभुवन बिश्वविद्यालयका परीक्षाबाहेक सबै परीक्षा लोकसेवा आयोगले लिने भएपछि धेरैको बिल्लीबाट भएको छ । बिगतमा आफ्ना मानिसलाई नियुक्ति दिने निकायहरुमा लोकसेवाले परीक्षा लिन थालेपछि उपल्ला दर्जाका कर्मचारीदेखि राजनीतिक नेतृत्वको ‘निद नै हराम’ हुन थालेको छ ।
विगतमा नेपाली सेना, राष्ट्रिय अनुसन्धान बिभाग, संस्थानहरु, बिभिन्न आयोग, बोर्ड र समितिमा आफूखुसी आफन्त र नातेदार नियुक्ति गर्ने चलन थियो । यतिमात्र होइन कर्मचारी बन्न चाहने व्यक्तिसँग रकम लिएर परीक्षामा पास पार्ने गरेको पनि पाइन्थ्यो । तर, अब त्यो अवस्था छैन ।
‘राज्यको कोषबाट सेवा र सुविधा लिने सबै निकायमा लोकसेवाले परीक्षा लिन थालेपछि धेरैको बिल्लीबाठ भएको पाइन्छ ।’ लोकसेवा आयोगका एक सहसचिवले भने । ती सहसचिवका अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखदेखि उच्च नेतृत्व तथा कर्मचारीले एक जना पनि मानिसलाई कुनै पनि निकायमा भर्ना गर्न सक्ने अवस्था छैन ।
सेना, अनुसन्धानजस्ता सुरक्षा निकायका नेतृत्वले बिगतमा ऐनमै उल्लेख गरेर भर्ना गर्ने परम्परा अब पूरै तोडिएको हो । अनुसन्धान बिभागमा त कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकाका प्रमुखदेखि गृहमन्त्री, गृहसचिवसमेतले आफन्तलाई भर्ना गर्दै आएका थिए । जसकै कारण बिभागको काम र कारवाही प्रभावकारी भएको छैन । अब भने त्यस्तो अवस्था रहन्न, कारण हो, लोकसेवा आयोगको सहमति र उसको संलग्नताबेगर कुनै पनि निकायमा एक जना सहयोगीसमेत नियुक्ति गर्न सकिन्न ।
सेनामा २० लाख, प्रहरीमा १५ लाख र अनुसन्धानमा १२ लाख रुपैयाँ तिरेपछि अधिकृतस्तरको पदमा भर्ना हुने गरेको एक जना भुक्तभोगीले न्यूज नेपाललाई बताए । नेपालको संविधान २०७३ ले लोकसेवा आयोगलाई पर्याप्त अधिकार दिएकोले यस्तो अवस्था आएको हो ।
नेपाली सेनाले भने भर्ना, बढुवासमेतका बिषयमा लोकसेवा आयोगले हस्तक्षेप गरेको भन्दै सैनिक ऐन संसोधनका लागि तयारी पूरा गरेको सैनिक अधिकृतहरुको भनाइ छ । तर, भर्नामा भने लोकसेवा आयोग अनिवार्य सहभागी हुनेछ । बढुवामा भने लोकसेवा आयोगलाई समावेश गर्नु नहुने सैनिक अधिकारीहरुको तर्क छ ।
Comments
अरु समाचार
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
वर्ल्डलिंकको ७ अर्ब कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने प्रयास !
काठमाडौं । नेपालका एक इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको सात अर्ब रूपैयाँ कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने कुटिल...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...












