चाकडीका भरमा तीन पटक सभापति !
काठमाडौं । नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघमा मच्चिएको टिके प्रथाको तरंग अझै शान्त भएको छैन ।
माघ २१, २२ र २३ गते भएको संघको महाधिवेशनमा देशभरका करिब एक हजार प्रतिनिधि भेला भएको थिए । तर संस्थापन देउवा पक्ष र रामचन्द्र पौडेल गुटबीच पद बाडफाड गर्ने सहमति बनेपछि मतदान गर्न पाइने आशामा रहेका प्रतिनिधिहरु हिस्स भए ।
संघको महाधिवेशनमा पाँच जना निर्वाचित हुने संघको विधानमा उल्लेख छ । सभापति १, वरिष्ठ उपसभापति १, महामन्त्री ३ जना छान्ने कार्यक्रम तीर्थबहादुर थापाका कारण भाडियो ।
विगत १२ वर्षदेखि संघको नेतृत्व लिइरहेको तीर्थबहादुर थापा कांग्रेसी कलाकारहरुबीच गणेशको क्षमता भएका व्यक्तिका रुपमा चिनिन्छन् । संघमा आवद्ध अरु कलाकार चुनाव जित्न देश दौडाहामा जान्छन् । तीर्थबहादुर थापा भने बुढानिलकण्ठ दरबारको परिक्रममा गर्छन् । भित्र बसेका आफ्ना आरध्यदेव श्री शेरबहादुरको उपसना गर्छन् । यहि विशेषताको कारण उनलाई सांस्कृति संघको सभापति अहिलेसम्म नसिब भएको जानकारहरु बताउछन् ।
विगत १२ वर्षदेखि संघको बागडोर सम्हालेका थापाले अहिलेसम्म पनि सांस्कृति संघलाई झोलामै सिमित राखेका छन् । थापाले बोक्ने झोलामा अहिले पनि संघको छाप र लेटर प्याड हुन्छ । १२ वर्षसम्म संघको नेतृत्व गरेका थापा संघलाई दिएको उचाई यहि हो कि उनी नेतृत्वको संघ आधुनिक छ, उनी जता जता जान्छन्, संघ पनि उनको झोलामा बसेर त्यतै त्यतै जाने गर्छ ।
यसपटक पनि सास्ंकृतिक संघको महाधिवेशनमा सभापति पदमा तीर्थबहादुर थापा र सुषमा कार्कीले उम्मेदवारी दिए । तर, भइदियो के भने सुष्माले उम्मेदवारी फिर्ता नलिदै तीर्थबहादुर थापालाई जवर्जस्ती सर्वसम्मत बनाइयो ।
सुष्माले आफूमाथि परेको घोर अन्यायबारे जब महाधिवेशन स्थलमै एनपी साउद, गुरु घिमिरे र प्रदीप पौडेललाई र्याख्रयाख्ती पारिन् त्ययसपछि भयो बबाल ।
लोकतान्त्रिक पार्टीको सुभेच्छुक संस्थामा यस्तो घोर अलोकतान्त्रिक हर्कत किन भयो भन्ने सुषमाको प्रश्न सुनेर एनपी साउद लाचार र निरिह भए । गुरु र प्रदीपले लुसुक्क आफ्नो बाटो समाए ।
यति गरेर पनि शेरबहादुरले टीका लगाइदिएका तीर्थबहादुरका कैयन कमजोर विषयहरु सतहमा आउन थालेपछि यो विषयले सांस्कृतिक संस्थानमा हंगामा गरिरहेको छ ।
लमजुंगका तीर्थबहादुर थापाका खासमा कुनै कलाकार पनि होइनन् । पहिले एक दुई फिल्ममा सहायक निर्देशन गरे । फिल्ममा असफल भएपछि कलाकारको नेतागिरी गर्न थालेका हुन् । कलाकारीता भन्दा बढी मापसे गरेर बाटैमा सुत्न थालेपछि उनलाई उनी चलचित्र क्षेत्रमा पनि अटाउन सकेनन् । त्यसपछि उनमा भएको एकमात्रै विशेषता वा क्षमताको उपयोग गर्न थाले । त्यो क्षमता भनेको चाकडी गर्ने थियो । त्यही चाकडीको क्षमतका कारण उनले लगातार तेस्रो पटक सभापति हुने सौभाग्य पाएका हुन् ।
४२ सालमा बनेको एउटा नाममात्रैको विधानालाई टेकेर सधै उनी सभापति हुन्छन् । यसपटक त कतिसम्म भयो भने मतदाताको नामावली समेत सार्वजनिक नगरी सर्वसम्मत नेतृत्व चयन गरियो ।
सबैतिरबाट असफल भएपछि कलाकारको नेता बनेका तीर्थबहादुरको कहानी यतिमै सकिदैन । उनीमाथि वैदेशिक रोजगारीमा दायाबाया गरेको बात पनि खुलेआम लाग्ने गरेको छ । विभिन्न मान्छेहरुसंग युरोप अमेरिका पुर्याइदिन्छु भन्दै पैसा लिने, विदेश पनि पुर्याउने तर विचल्ली पार्ने काम गर्छन् ।
बिक्रान्त बस्नेत नाम गरेका कलाकारलाई अमेरिका पठाउने तीर्थबहादुर नै हुन् । उनले बिक्रान्तलाई अमेरिका पठाएको भन्दै अरुलाई पनि मुर्गा बनाउने गर्छन् ।
त्यतिमात्रै होइन तीर्थबहादुरले संघकै पदाधिकारी बनाउने भनेर पनि कतिपय कलाकारहरुलाई लटरपटर पार्र्ने गरेको स्रोतको दावी छ । यो विषयमा केही आर्थिक विषयवस्तु पनि जोडिने गर्छ । तर आर्थिक विषयको एकिन विवरण भने प्राप्त हुन सकेको छैन ।
तीर्थबहादुर भन्दा पनि अर्को पात्रले पनि यसपटक सांस्कृति संघमा खैलाबैला मच्चायो । ती पात्र थिइन् रोशनी केसी । कृष्ण सिटौलाको पक्षबाट प्रदीप पौडेलले रोशनीलाई अगाडि सारेका थिए । कृष्ण र प्रदीपको नेक्ससले राम्रै काम पनि गर्यो । किनभने उनी पनि टीका लगाएकी महामन्त्री बन्न सफल भइन् । यसअघि रोशनीलाई काध थाप्ने राजु केसी थिए । राजुसंगको नजिकको राजनीतिक सम्बन्ध बनाएकी रोशनीको सम्बन्ध कांग्रेसका सबैजसो नेतासंग छ भन्ने गरिन्छ ।
सधै १६ वर्षकी गंगाजस्तो आजीवन नवनायिकाको पगरी रोशनीको शिरमा हुने गर्छ । यीनले कुनै फिल्म त खेलेकी छैनन् तर पनि उनी आफूलाई नवनायिका नै भन्ने गर्छीन् । नवनायिका भने पनि रोशनीले एकाध टेलिफिल्ममा मात्रै काम गरेकी छन् ।
नया कार्यसमितिमा नियुक्त भएका अर्का स्वघोषित कलाकार हुन् जनार्दन आचार्य पनि हुन् । आचार्यले बोलेको हम्मेसी बुझिदैन । उनी के कारणले कलाकार भए त्यो अनुशन्धानकै विषय भएको छ । कलाकार नभए पनि उनी बोल्नमा माहिर छन कि भन्ने लाग्न सक्छ । तर उनी बोल्नमा पनि कमजोर नै छन् । रामचन्द्र पौडेलेको आशिर्वाद पाएपछि जनार्दनले वरिष्ठ उपाध्यक्ष हत्याएका थिए । संघको उम्मेदवारी दिने बेलामा जनार्दन त हार्ने ग्यारेन्टी भएपछि सोझै रामचन्द्रको शरणमा पुगेका थिए । रामचन्द्रले विजयी भव भनिदिएपछि खुृसी भएर टीका थाप्न महाधिवेशन स्थल बाल्मिकी क्याम्पस पुगेका थिए ।
Comments
अरु समाचार
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...











