चाकडीका भरमा तीन पटक सभापति !
काठमाडौं । नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघमा मच्चिएको टिके प्रथाको तरंग अझै शान्त भएको छैन ।
माघ २१, २२ र २३ गते भएको संघको महाधिवेशनमा देशभरका करिब एक हजार प्रतिनिधि भेला भएको थिए । तर संस्थापन देउवा पक्ष र रामचन्द्र पौडेल गुटबीच पद बाडफाड गर्ने सहमति बनेपछि मतदान गर्न पाइने आशामा रहेका प्रतिनिधिहरु हिस्स भए ।
संघको महाधिवेशनमा पाँच जना निर्वाचित हुने संघको विधानमा उल्लेख छ । सभापति १, वरिष्ठ उपसभापति १, महामन्त्री ३ जना छान्ने कार्यक्रम तीर्थबहादुर थापाका कारण भाडियो ।
विगत १२ वर्षदेखि संघको नेतृत्व लिइरहेको तीर्थबहादुर थापा कांग्रेसी कलाकारहरुबीच गणेशको क्षमता भएका व्यक्तिका रुपमा चिनिन्छन् । संघमा आवद्ध अरु कलाकार चुनाव जित्न देश दौडाहामा जान्छन् । तीर्थबहादुर थापा भने बुढानिलकण्ठ दरबारको परिक्रममा गर्छन् । भित्र बसेका आफ्ना आरध्यदेव श्री शेरबहादुरको उपसना गर्छन् । यहि विशेषताको कारण उनलाई सांस्कृति संघको सभापति अहिलेसम्म नसिब भएको जानकारहरु बताउछन् ।
विगत १२ वर्षदेखि संघको बागडोर सम्हालेका थापाले अहिलेसम्म पनि सांस्कृति संघलाई झोलामै सिमित राखेका छन् । थापाले बोक्ने झोलामा अहिले पनि संघको छाप र लेटर प्याड हुन्छ । १२ वर्षसम्म संघको नेतृत्व गरेका थापा संघलाई दिएको उचाई यहि हो कि उनी नेतृत्वको संघ आधुनिक छ, उनी जता जता जान्छन्, संघ पनि उनको झोलामा बसेर त्यतै त्यतै जाने गर्छ ।
यसपटक पनि सास्ंकृतिक संघको महाधिवेशनमा सभापति पदमा तीर्थबहादुर थापा र सुषमा कार्कीले उम्मेदवारी दिए । तर, भइदियो के भने सुष्माले उम्मेदवारी फिर्ता नलिदै तीर्थबहादुर थापालाई जवर्जस्ती सर्वसम्मत बनाइयो ।
सुष्माले आफूमाथि परेको घोर अन्यायबारे जब महाधिवेशन स्थलमै एनपी साउद, गुरु घिमिरे र प्रदीप पौडेललाई र्याख्रयाख्ती पारिन् त्ययसपछि भयो बबाल ।
लोकतान्त्रिक पार्टीको सुभेच्छुक संस्थामा यस्तो घोर अलोकतान्त्रिक हर्कत किन भयो भन्ने सुषमाको प्रश्न सुनेर एनपी साउद लाचार र निरिह भए । गुरु र प्रदीपले लुसुक्क आफ्नो बाटो समाए ।
यति गरेर पनि शेरबहादुरले टीका लगाइदिएका तीर्थबहादुरका कैयन कमजोर विषयहरु सतहमा आउन थालेपछि यो विषयले सांस्कृतिक संस्थानमा हंगामा गरिरहेको छ ।
लमजुंगका तीर्थबहादुर थापाका खासमा कुनै कलाकार पनि होइनन् । पहिले एक दुई फिल्ममा सहायक निर्देशन गरे । फिल्ममा असफल भएपछि कलाकारको नेतागिरी गर्न थालेका हुन् । कलाकारीता भन्दा बढी मापसे गरेर बाटैमा सुत्न थालेपछि उनलाई उनी चलचित्र क्षेत्रमा पनि अटाउन सकेनन् । त्यसपछि उनमा भएको एकमात्रै विशेषता वा क्षमताको उपयोग गर्न थाले । त्यो क्षमता भनेको चाकडी गर्ने थियो । त्यही चाकडीको क्षमतका कारण उनले लगातार तेस्रो पटक सभापति हुने सौभाग्य पाएका हुन् ।
४२ सालमा बनेको एउटा नाममात्रैको विधानालाई टेकेर सधै उनी सभापति हुन्छन् । यसपटक त कतिसम्म भयो भने मतदाताको नामावली समेत सार्वजनिक नगरी सर्वसम्मत नेतृत्व चयन गरियो ।
सबैतिरबाट असफल भएपछि कलाकारको नेता बनेका तीर्थबहादुरको कहानी यतिमै सकिदैन । उनीमाथि वैदेशिक रोजगारीमा दायाबाया गरेको बात पनि खुलेआम लाग्ने गरेको छ । विभिन्न मान्छेहरुसंग युरोप अमेरिका पुर्याइदिन्छु भन्दै पैसा लिने, विदेश पनि पुर्याउने तर विचल्ली पार्ने काम गर्छन् ।
बिक्रान्त बस्नेत नाम गरेका कलाकारलाई अमेरिका पठाउने तीर्थबहादुर नै हुन् । उनले बिक्रान्तलाई अमेरिका पठाएको भन्दै अरुलाई पनि मुर्गा बनाउने गर्छन् ।
त्यतिमात्रै होइन तीर्थबहादुरले संघकै पदाधिकारी बनाउने भनेर पनि कतिपय कलाकारहरुलाई लटरपटर पार्र्ने गरेको स्रोतको दावी छ । यो विषयमा केही आर्थिक विषयवस्तु पनि जोडिने गर्छ । तर आर्थिक विषयको एकिन विवरण भने प्राप्त हुन सकेको छैन ।
तीर्थबहादुर भन्दा पनि अर्को पात्रले पनि यसपटक सांस्कृति संघमा खैलाबैला मच्चायो । ती पात्र थिइन् रोशनी केसी । कृष्ण सिटौलाको पक्षबाट प्रदीप पौडेलले रोशनीलाई अगाडि सारेका थिए । कृष्ण र प्रदीपको नेक्ससले राम्रै काम पनि गर्यो । किनभने उनी पनि टीका लगाएकी महामन्त्री बन्न सफल भइन् । यसअघि रोशनीलाई काध थाप्ने राजु केसी थिए । राजुसंगको नजिकको राजनीतिक सम्बन्ध बनाएकी रोशनीको सम्बन्ध कांग्रेसका सबैजसो नेतासंग छ भन्ने गरिन्छ ।
सधै १६ वर्षकी गंगाजस्तो आजीवन नवनायिकाको पगरी रोशनीको शिरमा हुने गर्छ । यीनले कुनै फिल्म त खेलेकी छैनन् तर पनि उनी आफूलाई नवनायिका नै भन्ने गर्छीन् । नवनायिका भने पनि रोशनीले एकाध टेलिफिल्ममा मात्रै काम गरेकी छन् ।
नया कार्यसमितिमा नियुक्त भएका अर्का स्वघोषित कलाकार हुन् जनार्दन आचार्य पनि हुन् । आचार्यले बोलेको हम्मेसी बुझिदैन । उनी के कारणले कलाकार भए त्यो अनुशन्धानकै विषय भएको छ । कलाकार नभए पनि उनी बोल्नमा माहिर छन कि भन्ने लाग्न सक्छ । तर उनी बोल्नमा पनि कमजोर नै छन् । रामचन्द्र पौडेलेको आशिर्वाद पाएपछि जनार्दनले वरिष्ठ उपाध्यक्ष हत्याएका थिए । संघको उम्मेदवारी दिने बेलामा जनार्दन त हार्ने ग्यारेन्टी भएपछि सोझै रामचन्द्रको शरणमा पुगेका थिए । रामचन्द्रले विजयी भव भनिदिएपछि खुृसी भएर टीका थाप्न महाधिवेशन स्थल बाल्मिकी क्याम्पस पुगेका थिए ।
Comments
अरु समाचार
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...












