संरक्षणको अभावमा दुर्लभ पक्षी सङ्कटमा पर्दै
बेनी (म्याग्दी), २ फागुन । संरक्षणको अभावमा म्याग्दीका दुर्लभ पक्षी सङ्कटमा पर्दै गएका छन् ।
जिल्ला वन कार्यालयलगायतका सरोकारवाला निकायले चोरी सिकारी तथा वन फँडानीमा ध्यान नदिँदा वासस्थानको अभावका कारण दुर्लभ पक्षी सङ्कटमा पर्दै गएका हुन् ।
जिल्लाका कुँहू, मालिका, घोडेपानी, बरङ्जा, ताकम, धारापानी, रुम, ओखरबोटलगायतका गाउँका जङ्गलमा पाइने सुनगिद्ध, मुनाल, कालिज, चीरकालिज, हाडे गिद्ध, हिमाली गिद्ध, तित्रोलगायतका पक्षी लोप हुने अवस्थामा पुगेका वन संरक्षण अभियानमा लाग्नुभएका जिल्ला वन कार्यालय म्याग्दीका वनरक्षक बालकृष्ण सुवेदीले बताउनुभयो ।
स्थानीयले चेतनाको अभावमा दुर्लभ पक्षी मार्ने गरेका र सिनोमा विष मिसाएर वा गुलेली र ढुङ्गाले हानेर पनि पक्षी मार्ने गरेका छन् सुवेदीले भन्नुभयो ।
गिद्ध, चिरकालिज, तित्रोलगायतका पक्षीको संरक्षणका लागि जनचेतना अभिवृद्धि तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने सुवेदीको भनाइ रहेको छ ।
दुर्लभ पक्षी सङ्कटमा पर्दै जान थालेको अवस्थामा नयाँ प्रजातिका चरा भने जिल्लाका जङ्गलमा भित्रिएका छन् । मानसरोवर र साइवेरिया क्षेत्रमा पाइने क¥याकुरुङ, जलेवा र हाँसलगायतका पक्षी म्याग्दीका जङ्गलमा देखिन थालेका स्थानीयले बताएका छन् ।
जुनेलो उत्पादन घट्यो
विश्वमा जलवायु परिवर्तनका कारण नकारात्मक प्रभाव पारिरहेको बेला नेपालमा पनि असर देखिन थालेको छ ।
म्याग्दीका किसानले लगाउने गरेको जुनेलोखेतीमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको किसानले बताएका छन् ।
पानीको अभाव हुनु र प्रतिकूल मौसमले जुनेलो उत्पादन हुन छाडेकाले किसानले विगतको तुलनामा जुनेलोखेती लगाउने क्षेत्रमा कटौती गरेका बगरफाँटका टेकबहादुर कार्कीले बताउनुभयो ।
जुनेलोखेतीका लागि अनुकूल वातावरण नभएपछि बारीका डिल र कुनामा वर्षौेंदेखि जुनेलोखेती गरिँदै आएको जुनेलो उत्पादन हुन छाडेको किसानले बताएका छन् ।
बीउ नउम्ररिने, उम्रिए पनि बोटमा किरा लाग्ने तथा फल नै नलाग्ने गर्दा धेरै क्षेत्रमा जुनेलोखेती गर्ने अवस्था नरहेको किसानको भनाइ छ ।
जुनेलोखेती अनुकूल वातावरणको अभावमा विस्थापित जिल्ला कृषि विकास कार्यालय म्याग्दीका कृषि प्राविधिक श्यामराज क्षेत्रीले बताउनुभयो ।
धार्मिक कार्यमा प्रसादका रूपमा प्रयोग हुने जुनेलोखेतीबाट किसानले हात झिक्न थालेको कृषि विकास कार्यालयले जनाएको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












