माईतीघर मण्डलामा पुनः फहराइयो नेपालकै ठूलो राष्ट्रिय झण्डा
काठमाडौं, ३ फागुन । नेपाली देशभक्त युवा समाजले निर्माण गरेको नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय झण्डा माईतीघर मण्डलामा पुनःफहराईएको छ । शहीद दिवसको दिन पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधव घिमिरेले उक्त झण्डा फहराएका थिए । झण्डाको डण्डी कमजोर भई धान्न नसकेपछि केहीदिनमा नै निकालिएको उक्त झण्डा सोमबार पुनःफहराईएको हो ।
सहीद दिवसको दिनमा नै झण्डा फहराउनुपर्ने कारणले गर्दा हतार भयो । झण्डाको तौल अनुसारको डण्डी तत्काल पाउन सकिएन । कमजोर डण्डीले नै झण्डा फहराएको वताउँदै समाजका अध्यक्ष नारायणप्रसाद ढुंगानाले डण्डीसँगै रहेको झण्डाको माथिल्लो भाग केही च्यातिएको पनि रहेछ । त्यसलाई पनि परिवर्तन गरिएको बताए ।
अध्यक्ष ढुंगानाले झण्डालाई कतिपय मान्छेहरुले राजनीतिक दलको आवरणमा फहराएको भनि लगाएको आरोपको खण्ड न पनि गरेका छन् । उने भने, ‘हामी कुनै पनि राजनीति दलप्रति आस्थावान छैनौं । दलको उक्साहटमा झण्डा फहराईएको होइन । यो राष्ट्रिय झण्डाले हिमाल, पहाड र तराईमा रहेका सबै नेपालीहरुलाई एकताको शुत्रमा बाधिरहोस् । साथै सकारात्मक परिवर्तनका लागि आफ्नो ज्यान अर्पण गर्ने ज्ञात/अज्ञात सहिदको सम्झना दिलाइरहनेछ ।’
चन्द्र र सूर्य रहुन्जेल नेपालको अस्तित्व रहिरहोस् । र, यसलाइई बचाइरहनु हाम्रो कर्तव्य हो । मार्इतीघरमा फहराइएको राष्ट्रिय झण्डा हामी सबैको हो । अध्यक्ष ढुङगानाको भनाई छ, यो झण्डाको सम्मान र संरक्षण सबै मिलेर गरौं । बिदेशी आगन्तुकहरुले हाम्रो झण्डालाई स्मरण गरून् र स्वदेशीहरुलाई देशभक्ती भाव जागोस् ।
शहिदहरुको सम्मानमा फहराइएको झण्डाको विशेष महत्व रहेको समाजका सदस्य केदारनाथ नेपाल ‘निश्चल’ले वताए ।
अध्यक्ष ढुंगानाले झण्डा निर्माणदेखि फरफहराउन मद्दत गर्ने राधा खरेल, नवराज गौतम, गुन्जमान वस्नेत, सिकन्दर, पुरन गिरि, राधिका सापकोटा, गोपाल लम्साल, सरोज श्रेष्ठ,अभय राणा,भोजराज तिमिल्सिना, राजेन्द्र घताने लगायत सबैलाई सामाजिक सञ्जाल मार्फत् विशेष धन्यवाद पनि दिएका छन् ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












