माईतीघर मण्डलामा पुनः फहराइयो नेपालकै ठूलो राष्ट्रिय झण्डा
काठमाडौं, ३ फागुन । नेपाली देशभक्त युवा समाजले निर्माण गरेको नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय झण्डा माईतीघर मण्डलामा पुनःफहराईएको छ । शहीद दिवसको दिन पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधव घिमिरेले उक्त झण्डा फहराएका थिए । झण्डाको डण्डी कमजोर भई धान्न नसकेपछि केहीदिनमा नै निकालिएको उक्त झण्डा सोमबार पुनःफहराईएको हो ।
सहीद दिवसको दिनमा नै झण्डा फहराउनुपर्ने कारणले गर्दा हतार भयो । झण्डाको तौल अनुसारको डण्डी तत्काल पाउन सकिएन । कमजोर डण्डीले नै झण्डा फहराएको वताउँदै समाजका अध्यक्ष नारायणप्रसाद ढुंगानाले डण्डीसँगै रहेको झण्डाको माथिल्लो भाग केही च्यातिएको पनि रहेछ । त्यसलाई पनि परिवर्तन गरिएको बताए ।
अध्यक्ष ढुंगानाले झण्डालाई कतिपय मान्छेहरुले राजनीतिक दलको आवरणमा फहराएको भनि लगाएको आरोपको खण्ड न पनि गरेका छन् । उने भने, ‘हामी कुनै पनि राजनीति दलप्रति आस्थावान छैनौं । दलको उक्साहटमा झण्डा फहराईएको होइन । यो राष्ट्रिय झण्डाले हिमाल, पहाड र तराईमा रहेका सबै नेपालीहरुलाई एकताको शुत्रमा बाधिरहोस् । साथै सकारात्मक परिवर्तनका लागि आफ्नो ज्यान अर्पण गर्ने ज्ञात/अज्ञात सहिदको सम्झना दिलाइरहनेछ ।’
चन्द्र र सूर्य रहुन्जेल नेपालको अस्तित्व रहिरहोस् । र, यसलाइई बचाइरहनु हाम्रो कर्तव्य हो । मार्इतीघरमा फहराइएको राष्ट्रिय झण्डा हामी सबैको हो । अध्यक्ष ढुङगानाको भनाई छ, यो झण्डाको सम्मान र संरक्षण सबै मिलेर गरौं । बिदेशी आगन्तुकहरुले हाम्रो झण्डालाई स्मरण गरून् र स्वदेशीहरुलाई देशभक्ती भाव जागोस् ।
शहिदहरुको सम्मानमा फहराइएको झण्डाको विशेष महत्व रहेको समाजका सदस्य केदारनाथ नेपाल ‘निश्चल’ले वताए ।
अध्यक्ष ढुंगानाले झण्डा निर्माणदेखि फरफहराउन मद्दत गर्ने राधा खरेल, नवराज गौतम, गुन्जमान वस्नेत, सिकन्दर, पुरन गिरि, राधिका सापकोटा, गोपाल लम्साल, सरोज श्रेष्ठ,अभय राणा,भोजराज तिमिल्सिना, राजेन्द्र घताने लगायत सबैलाई सामाजिक सञ्जाल मार्फत् विशेष धन्यवाद पनि दिएका छन् ।
Comments
अरु समाचार
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...












