एक मात्र सन्तानको दुवै मिर्गौला फेल भएपछि परिवारमा रुवाबासी
पर्वत, १२ फागुन । दुवै मिर्गौला फेल भई आर्थिक अभावका कारण उपचार गर्न नसकेका यहाँका एक बालकको परिवारले उपचार खर्चका लागि सहयोग गरिदिन अपिल गरेका छन् ।
पर्वत जिल्लाको तिलाहार–७ रातामाटाका १९ वर्षीय कृष्णबहादुुर लामिछानेको उपचारमा सहयोग गरिदिन परिवारले सबैसँग आाग्रह गरेको हो । स्थानीय नवजागृत माविमा कक्षा १० मा अध्ययनरत छात्र लामिछाने विगत डेढ महिनादेखि मिर्गौला पीडित बनेका हुन् ।
माघ पहिलो साता पेट तथा कोखा दुखेपछि परीक्षण गर्न अस्पताल पुगेका लामिछानेका दुवै मिर्गौला फेल भएको पाइएको थियो । उनलाई तत्काल मिर्गौला प्रत्यारोपण गर्नका लागि चिकित्सकले सुझाव दिएका छन् ।
परिवारका एक मात्र सन्तान कृष्णबहादुरका बाबु मनबहादुर लामिछाने दैनिक मजदुरी गरी परिवारको गुजारा चलाउँदै आउनुभएको छ । जग्गाको नाममा आधा हल बारी र आधा हल खेतबाहेक अन्य आम्दानीको स्रोत नभएको लामिछानेको परिवारमा बज्रपात परेको छ ।
उता आमा कृष्णकुमारी लामिछाने पनि विगत लामो समयदेखि दमको रोगी छिन् । छोरालाई राम्रो शिक्षादीक्षा दिउँला र ठूलो भएपछि प्रशस्त धन कमाएर वृद्ध बाबुआमालाई राम्रोसँग पालनपोषण गर्ला भन्ने आश बोकेर जीवनभर मजदुरी गर्दै आएका पीडित कृष्णबहादुरका बाबु मनबहादुरका आँखा विगत डेढ महिनादेखि ओभाएका छैनन् ।
ढिलोगरी विवाह गरेका उहाँको परिवारमा ढिलै गरी कृष्णको जन्म भएको थियो । कृष्ण मनबहादुरका एक्ला सन्तान हुन् ।
बूढेसकालमा छोराको कमाई खाने बेलामा उसैको उपचारका लागि हात थाप्दै हिँड्नु परेको बुधबार सदरमुकाम कुश्माबजार आइपुगेका मनबहादुरले रुँदै भन्नुभयो । सोच्दै नसोचेको घटना आइलाग्यो अब कसरी उपचार गर्ने हो, उहाँको दुःखेसो छ ।
गण्डकी अस्पताल पोखरामा डायलाइसिस गराएपछि उहाँ अहिले छोराको मिर्गौला परिवर्तनका लागि सहयोगको अपिल गर्दै भाँैतारिइरहनुभएको छ । अहिले गाउँलेको सहयोगमा उपचार गर्दै आएको उहाँ बताउनुहुन्छ । चिकित्सकले मिर्गौैलाबाहेक रु १२ लाख रुपैयाँ खर्च लाग्ने भनेपछि उहाँ सहयोगको अपिल गर्दै विभिन्न सङ्घसंस्था र सञ्चार माध्यम गुहार्दै हिँडिरहेको बताउनुभयो ।
उमेरले ६० पुगेका मनबहादुर पाएसम्म आफन्तबाट मिर्र्गौला प्रत्यारोपण गर्ने र नपाएमा छोराको जीवन रक्षार्थ आफ्नै मिर्गौला दिने सोचमा समेत पुग्नुभएको छ । म बरु छिट्टै मरे पनि पछुतो छैन मेरो मिर्गौलाले काम ग¥यो भने छोराले त नयाँ जीवन पाउला उहाँले भन्नुभयो । मजदुरी गरेर बिहान–बेलुकाको छाक टार्दै आएका उहाँले आवश्यक सहयोग गरिदिन सरकारी तथा गैरसरकारी निकाय र सङ्घसंस्थासँग मागसमेत गर्नुभएको छ ।
कृष्णको एलएलसी परीक्षासमेत नजिकिँदै गएको छ । परीक्षाको बेलामा उनी घरमै आराम गरेर बसेका छन् । घर र विद्यालयको दूरी टाढा रहेकाले पढाइ नै बिगारेर बस्नुपर्ने बाध्यता रहेको छ ।
नवजागृत माविका शिक्षक हरिबहादुर लामिछानेले मिर्गौैला पीडित कृष्ण जेहेन्दार र एसएलसी परीक्षा सहजै राम्रो अङ्क ल्याएर पास गर्न सक्ने विद्यार्थी भएको बताउनुभयो । उहाँले कृष्णको उपचारका लागि विद्यालयले समेत अभियान चलाएको र हालसम्म रु एक लाख २० हजार सहयोग सङ्कलन भएको जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












