एक मात्र सन्तानको दुवै मिर्गौला फेल भएपछि परिवारमा रुवाबासी
पर्वत, १२ फागुन । दुवै मिर्गौला फेल भई आर्थिक अभावका कारण उपचार गर्न नसकेका यहाँका एक बालकको परिवारले उपचार खर्चका लागि सहयोग गरिदिन अपिल गरेका छन् ।
पर्वत जिल्लाको तिलाहार–७ रातामाटाका १९ वर्षीय कृष्णबहादुुर लामिछानेको उपचारमा सहयोग गरिदिन परिवारले सबैसँग आाग्रह गरेको हो । स्थानीय नवजागृत माविमा कक्षा १० मा अध्ययनरत छात्र लामिछाने विगत डेढ महिनादेखि मिर्गौला पीडित बनेका हुन् ।
माघ पहिलो साता पेट तथा कोखा दुखेपछि परीक्षण गर्न अस्पताल पुगेका लामिछानेका दुवै मिर्गौला फेल भएको पाइएको थियो । उनलाई तत्काल मिर्गौला प्रत्यारोपण गर्नका लागि चिकित्सकले सुझाव दिएका छन् ।
परिवारका एक मात्र सन्तान कृष्णबहादुरका बाबु मनबहादुर लामिछाने दैनिक मजदुरी गरी परिवारको गुजारा चलाउँदै आउनुभएको छ । जग्गाको नाममा आधा हल बारी र आधा हल खेतबाहेक अन्य आम्दानीको स्रोत नभएको लामिछानेको परिवारमा बज्रपात परेको छ ।
उता आमा कृष्णकुमारी लामिछाने पनि विगत लामो समयदेखि दमको रोगी छिन् । छोरालाई राम्रो शिक्षादीक्षा दिउँला र ठूलो भएपछि प्रशस्त धन कमाएर वृद्ध बाबुआमालाई राम्रोसँग पालनपोषण गर्ला भन्ने आश बोकेर जीवनभर मजदुरी गर्दै आएका पीडित कृष्णबहादुरका बाबु मनबहादुरका आँखा विगत डेढ महिनादेखि ओभाएका छैनन् ।
ढिलोगरी विवाह गरेका उहाँको परिवारमा ढिलै गरी कृष्णको जन्म भएको थियो । कृष्ण मनबहादुरका एक्ला सन्तान हुन् ।
बूढेसकालमा छोराको कमाई खाने बेलामा उसैको उपचारका लागि हात थाप्दै हिँड्नु परेको बुधबार सदरमुकाम कुश्माबजार आइपुगेका मनबहादुरले रुँदै भन्नुभयो । सोच्दै नसोचेको घटना आइलाग्यो अब कसरी उपचार गर्ने हो, उहाँको दुःखेसो छ ।
गण्डकी अस्पताल पोखरामा डायलाइसिस गराएपछि उहाँ अहिले छोराको मिर्गौला परिवर्तनका लागि सहयोगको अपिल गर्दै भाँैतारिइरहनुभएको छ । अहिले गाउँलेको सहयोगमा उपचार गर्दै आएको उहाँ बताउनुहुन्छ । चिकित्सकले मिर्गौैलाबाहेक रु १२ लाख रुपैयाँ खर्च लाग्ने भनेपछि उहाँ सहयोगको अपिल गर्दै विभिन्न सङ्घसंस्था र सञ्चार माध्यम गुहार्दै हिँडिरहेको बताउनुभयो ।
उमेरले ६० पुगेका मनबहादुर पाएसम्म आफन्तबाट मिर्र्गौला प्रत्यारोपण गर्ने र नपाएमा छोराको जीवन रक्षार्थ आफ्नै मिर्गौला दिने सोचमा समेत पुग्नुभएको छ । म बरु छिट्टै मरे पनि पछुतो छैन मेरो मिर्गौलाले काम ग¥यो भने छोराले त नयाँ जीवन पाउला उहाँले भन्नुभयो । मजदुरी गरेर बिहान–बेलुकाको छाक टार्दै आएका उहाँले आवश्यक सहयोग गरिदिन सरकारी तथा गैरसरकारी निकाय र सङ्घसंस्थासँग मागसमेत गर्नुभएको छ ।
कृष्णको एलएलसी परीक्षासमेत नजिकिँदै गएको छ । परीक्षाको बेलामा उनी घरमै आराम गरेर बसेका छन् । घर र विद्यालयको दूरी टाढा रहेकाले पढाइ नै बिगारेर बस्नुपर्ने बाध्यता रहेको छ ।
नवजागृत माविका शिक्षक हरिबहादुर लामिछानेले मिर्गौैला पीडित कृष्ण जेहेन्दार र एसएलसी परीक्षा सहजै राम्रो अङ्क ल्याएर पास गर्न सक्ने विद्यार्थी भएको बताउनुभयो । उहाँले कृष्णको उपचारका लागि विद्यालयले समेत अभियान चलाएको र हालसम्म रु एक लाख २० हजार सहयोग सङ्कलन भएको जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो...
-
युवराज सफल पक्राउ, तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोप
काठमाडौं । तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोपमा युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा उनले...
-
ओखलढुंगामा वृद्ध दम्पतीको ह*त्या
काठमाडाैं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ स्थित एक घरमा मंगलबार बिहान करिब साढे ७ बजेतिर वृद्ध दम्पतीको हत्या भएको अवस्थामा शव...
-
आज पश्चिम र भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । आज देशका पश्चिम क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आज दिउँसो गण्डकी तथा...











