सभामुख र सांसद् बने विद्यार्थी, नमुना संसद्मा जलवायु परिवर्तनमाथि बहस
जनकपुरधाम, १९ फागुन । सधैँ पठनपाठन हुने कक्षा कोठामा संसद भवनमा जस्तै विद्यार्थीहरुबीच संसदीय परम्पराअनुसार कुनै विषयमा पक्ष विपक्षमा सांसदले तर्क वितर्क र मतदान गरेको देख्दा उपस्थित सबैलाई संसद बैठकको अनुभूति भइरहेको थियो ।
विद्यार्थी तहमा संसदीय अभ्यासको ज्ञान दिलाउन जनकपुरधामको मिथिला इन्स्टिच्युट अफ टेक्नोलोजी कलेजमा आयोजित सो कार्यक्रम कुनै राजनीतिक विषयमा छलफल गर्नका लागि नभएर पाँच वर्षअघि जारी गरिएको के जलवायु परिवर्तन नीति २०११ मा संसोधनको आवश्यकता छ रु भन्ने शिर्षकमा युवा विद्यार्थीबीच संसदीय अभ्यास गराउँदै जनचेतना अभिवृद्धि गराउने उद्देश्यले आयोजना गरिएको थियो ।
बैठकको पहिलो भागमा शून्य समयमा बोल्ने, दोश्रो सत्रमा प्रस्तावको पक्ष एवं विपक्षमा बोल्ने र अन्तिम चरणमा सङ्कल्प प्रस्तावको पक्ष विपक्षमा मतदान गराएको थियो ।
शून्य समयमा जम्मा १० जना विद्यार्थीले भाग लिएका थिए । उनीहरुले जनकपुरमा सडक निर्माणले निम्त्याएको धुलो धुवाँले सर्वसाधारणको स्वास्थ्यमा परिरहेको असर, दहेज प्रथाले निम्त्याएको विकृति, शिक्षामा निजीकरणको प्रभाव र वैदेशिक रोजगारमा युवा शक्ति पलायनजस्ता सार्वजनिक महत्वका समस्यालाई उठाएका थिए ।
त्यस्तै जलवायु परिवर्तन नीति २०११ को संशोधनको आवश्यकता रहेको पक्षमा आठ जना र विपक्षमा पाँच जनाले आफ्ना महत्वपूर्ण तर्कहरु प्रस्तुत गरेका थिए । यस नीतिले स्थानीयस्तरका समस्यालाई सम्बोधन गर्न नसकेको भन्दै सङ्कल्प प्रस्ताव पारित गरिएको थियो ।
टोनी हेगेन फाउन्डेसन, त्रिभुवन विश्वविद्यालयको वनस्पति शास्त्र केन्द्रीय विभाग, एसिया प्यासिफिक फर ग्लोवल चेन्ज रिसर्च र मिथिला इन्सटिच्युट अफ टेक्नोलोजी कलेजले संयुक्तरुपमा यस कार्यक्रमको आयोजना गरेको थियो ।
प्राडा प्रमोदकुमार झा, प्राडा मोहन सिवाकोटी, डा भोगेन्द्र झा, डा रामअशेश्वर मण्डल, पूर्वमन्त्री गणेश साह, पूर्व सहसचिव तोयानाथ भट्टराई, पूर्व सांसद फटिक थापा र मनोजकुमार साहले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
करिब दुई घण्टासम्म चलेको यस कार्यक्रममा युवा विद्यार्थीले सभामुख, सांसद, मर्यादापालक तथा कार्यालय सचिवको भूमिका निर्वाह गरेका थिए ।
यसैबीच जलवायु परिवर्तनका असर र यससम्बन्धी नीतिले समेटेका पक्षको बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले जनकपुरधाममा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरियो ।
कार्यक्रमको पहिलो भागमा जलवायु परिवर्तनको असर र जलवायु परिवर्तन नीति २०११ सम्बन्धि सहभागीलाई जानकारी दिने र दोश्रो भागमा प्रस्तुतीको क्रममा उठेका सवालहरुबारे छलफल भएको थियो ।
सञ्चारकर्मीहरु, सर्वसाधारण, शिक्षक तथा नागरिक अगुवाहरुको सहभागिता रहेको सो कार्यक्रममा प्राडा प्रमोदकुमार झाले जलवायु परिवर्तनका कारण विभिन्न क्षेत्रमा परिरहेको असर र डा। रामअशेश्वर मण्डलले जलवायु परिवर्तन नीति २०११ का मुख्य विशेषताबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा पूर्वमन्त्री गणेश साहले जलवायु परिवर्तनबाट किसानले भोग्नुपरेका समस्याहरु, स्वास्थ्य क्षेत्रमा परेका प्रभावहरु, वनस्पतिमा परेका असरहरुबारे प्रकाश पार्नुभएको थियो ।
सांसद डा विजयकुमार सिंहले जलवायु परिवर्तनबाट सिर्जित समस्याहरुबारे सर्वसाधारणमा ज्ञानको अभाव रहेकाले यसखालका जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
जापानस्थित एसिया प्यासिफिक फर ग्लोवल चेन्ज रिसर्चले दक्षिण एसियाका नेपाललगायत भुटान, बङ्गलादेश र श्रीलङ्कामा जलवायु परिवर्तनम्बन्धी नीतिका बारेमा जनचेतना अभिवृद्धि, नीतिमा आवश्यक परिमार्जन र कार्यान्वयनमा सहयोग गर्ने गरी सन् २०१६ देखि यस किसिमको पैरवीको कार्यक्रम सञ्चालन गरेको छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












