सभामुख र सांसद् बने विद्यार्थी, नमुना संसद्मा जलवायु परिवर्तनमाथि बहस
जनकपुरधाम, १९ फागुन । सधैँ पठनपाठन हुने कक्षा कोठामा संसद भवनमा जस्तै विद्यार्थीहरुबीच संसदीय परम्पराअनुसार कुनै विषयमा पक्ष विपक्षमा सांसदले तर्क वितर्क र मतदान गरेको देख्दा उपस्थित सबैलाई संसद बैठकको अनुभूति भइरहेको थियो ।
विद्यार्थी तहमा संसदीय अभ्यासको ज्ञान दिलाउन जनकपुरधामको मिथिला इन्स्टिच्युट अफ टेक्नोलोजी कलेजमा आयोजित सो कार्यक्रम कुनै राजनीतिक विषयमा छलफल गर्नका लागि नभएर पाँच वर्षअघि जारी गरिएको के जलवायु परिवर्तन नीति २०११ मा संसोधनको आवश्यकता छ रु भन्ने शिर्षकमा युवा विद्यार्थीबीच संसदीय अभ्यास गराउँदै जनचेतना अभिवृद्धि गराउने उद्देश्यले आयोजना गरिएको थियो ।
बैठकको पहिलो भागमा शून्य समयमा बोल्ने, दोश्रो सत्रमा प्रस्तावको पक्ष एवं विपक्षमा बोल्ने र अन्तिम चरणमा सङ्कल्प प्रस्तावको पक्ष विपक्षमा मतदान गराएको थियो ।
शून्य समयमा जम्मा १० जना विद्यार्थीले भाग लिएका थिए । उनीहरुले जनकपुरमा सडक निर्माणले निम्त्याएको धुलो धुवाँले सर्वसाधारणको स्वास्थ्यमा परिरहेको असर, दहेज प्रथाले निम्त्याएको विकृति, शिक्षामा निजीकरणको प्रभाव र वैदेशिक रोजगारमा युवा शक्ति पलायनजस्ता सार्वजनिक महत्वका समस्यालाई उठाएका थिए ।
त्यस्तै जलवायु परिवर्तन नीति २०११ को संशोधनको आवश्यकता रहेको पक्षमा आठ जना र विपक्षमा पाँच जनाले आफ्ना महत्वपूर्ण तर्कहरु प्रस्तुत गरेका थिए । यस नीतिले स्थानीयस्तरका समस्यालाई सम्बोधन गर्न नसकेको भन्दै सङ्कल्प प्रस्ताव पारित गरिएको थियो ।
टोनी हेगेन फाउन्डेसन, त्रिभुवन विश्वविद्यालयको वनस्पति शास्त्र केन्द्रीय विभाग, एसिया प्यासिफिक फर ग्लोवल चेन्ज रिसर्च र मिथिला इन्सटिच्युट अफ टेक्नोलोजी कलेजले संयुक्तरुपमा यस कार्यक्रमको आयोजना गरेको थियो ।
प्राडा प्रमोदकुमार झा, प्राडा मोहन सिवाकोटी, डा भोगेन्द्र झा, डा रामअशेश्वर मण्डल, पूर्वमन्त्री गणेश साह, पूर्व सहसचिव तोयानाथ भट्टराई, पूर्व सांसद फटिक थापा र मनोजकुमार साहले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
करिब दुई घण्टासम्म चलेको यस कार्यक्रममा युवा विद्यार्थीले सभामुख, सांसद, मर्यादापालक तथा कार्यालय सचिवको भूमिका निर्वाह गरेका थिए ।
यसैबीच जलवायु परिवर्तनका असर र यससम्बन्धी नीतिले समेटेका पक्षको बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले जनकपुरधाममा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरियो ।
कार्यक्रमको पहिलो भागमा जलवायु परिवर्तनको असर र जलवायु परिवर्तन नीति २०११ सम्बन्धि सहभागीलाई जानकारी दिने र दोश्रो भागमा प्रस्तुतीको क्रममा उठेका सवालहरुबारे छलफल भएको थियो ।
सञ्चारकर्मीहरु, सर्वसाधारण, शिक्षक तथा नागरिक अगुवाहरुको सहभागिता रहेको सो कार्यक्रममा प्राडा प्रमोदकुमार झाले जलवायु परिवर्तनका कारण विभिन्न क्षेत्रमा परिरहेको असर र डा। रामअशेश्वर मण्डलले जलवायु परिवर्तन नीति २०११ का मुख्य विशेषताबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा पूर्वमन्त्री गणेश साहले जलवायु परिवर्तनबाट किसानले भोग्नुपरेका समस्याहरु, स्वास्थ्य क्षेत्रमा परेका प्रभावहरु, वनस्पतिमा परेका असरहरुबारे प्रकाश पार्नुभएको थियो ।
सांसद डा विजयकुमार सिंहले जलवायु परिवर्तनबाट सिर्जित समस्याहरुबारे सर्वसाधारणमा ज्ञानको अभाव रहेकाले यसखालका जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
जापानस्थित एसिया प्यासिफिक फर ग्लोवल चेन्ज रिसर्चले दक्षिण एसियाका नेपाललगायत भुटान, बङ्गलादेश र श्रीलङ्कामा जलवायु परिवर्तनम्बन्धी नीतिका बारेमा जनचेतना अभिवृद्धि, नीतिमा आवश्यक परिमार्जन र कार्यान्वयनमा सहयोग गर्ने गरी सन् २०१६ देखि यस किसिमको पैरवीको कार्यक्रम सञ्चालन गरेको छ ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












