विकासका नाममा आईएनजिओको ठगी धन्दा कहिलेसम्म ?
अहिले प्रत्येक क्षेत्रमा विकासको नाममा विदेशी अनुदान आउने गर्छ । विकासमा सहयोग गर्ने वहानामा देशमा भित्रिएका आईएनजिओले सबै क्षेत्रमा एक खालको प्रभाव जमाई सकेका छन् ।
रुखको जराजस्तै फैलिएको सञ्जाल मार्फत् नेपाल र नेपालीको अध्ययन गरिरहेका छन् । अधिकारका नाममा बेलाबेलामा हुने आन्दोलनहरुमा समेत उनिहरुको घुसपैठ चलिरहेको छ । देशमा बिदेशी लगानी बिना कुनैपनि ठूला आयोजना सम्पन्न हुनसकेका छैनन् ।
अहिलेसम्म जतिपनि सरकार बने तिनले सहयोगको नाममा बिदेशी सामु हात पसारिरहे । अझ बुझ्ने गरी भन्दा हाम्रो बार्षिक वजेटको केही प्रतिशत पनि बिदेशी अनुदानमै निर्भर रहन्छ । अहिलेसम्म आत्मनिर्भर बन्ने खाका कुनै सरकार र नेताले ल्याउन सकेनन् । देशको हरेक क्षेत्रमा एनजिओको प्रभाव परेको छ ।
सहयोगको नाममा सिधै जनतासम्म पुगेर हाम्रो आन्तरिक मामिलाको महत्वपूर्ण बिषय सम्म अध्ययन गर्न भ्याईसकेका छन् ।
२०७२ साल वैशाख १२,१३ र २९ गतेको महाविनाशकारी भूकम्पले देशमा निकै ठूलो क्षति गरायो । त्यस बखत पनि सहयोगको नाममा बर्खे भेल झै आईएनजिओहरु बिभिन्न जिल्लामा प्रवेश गरे ।
खेति गर्न सिकाउनुपर्नेमा चामलका बोरा बाँडेर जनतालाई परनिर्भर बनाउदैछन् । तत्काल त्यसको प्रभाव नदेखिए पनि कालान्तरमा त्यसको प्रभाव अवश्य नै देखिन्छ । विकास र सहयोगको नाममा जनतालाई सुविधाभोगी बनाएका छन् ।
त्यसैको कारण अहिले देशमा तयारी वस्तु आयातमा वृद्धि भएको छ । अहिले आईएनजिओले केहि व्यक्तिलाई रोजगारी पनि दिएको छ । तर, त्यसले समुदायलाई स्वार्थी बनाएको छ ।
अहिले गाउँतिर गएर हेर्ने हो भने, आईएनजिओले गाउँलाई पुरै आफ्नो प्रभावमा पारिसक्यो । मान्छेमा सामाजिक मानसिकता हराउदै गएको छ । पहिले–पहिले सामाजिक काममा स्वस्फुर्त रुपमा सहभागि हुने मानिसहरु अचेल खाजामा मासु,चिउरा नभई सामाजिक काममा आउनै नमान्ने भएका छन् । त्यो तिनैको प्रभाव हो ।
अहिले सहयोगको नाममा सबै क्षेत्रमा प्रभाव जमाउदै, नेपालीलाई सुविधाभोगी बनाउने र पछि गएर आफ्नो देशले उत्पादन गरेको तयारी बस्तु बेच्ने बजार बनाएर झन् परनिर्भर बनाउने उनिहरुको रणनीति देखिन्छ ।
विपतमा सहयोग गर्नु मानविय धर्म हो । परेको वेलामा सबैलाई सहयोग गर्नुपर्छ । तर, यहाँ सहयोगको नाममा एनजिओ आईएनजिओको दादागिरी चलेको छ । काम भन्दा फाल्तु काममै बढि रकम खर्चिएका छन् । गाउँको बिकासको योजना शहरका महङ्गा होटलमा बसेर बनाएका छन् । अझ कतिपय एनजिओले त समुदायका मानिस भेला गराएर सामुहिक तस्बिर खिचेर बजेट झ्वाम पारेका सम्म उदाहरण छन् । कतै दुई लाखमा तयार हुने घरलाई देखाएर दश लाखसम्मको वजेट सिध्याएको उदाहरण समेत छन् ।
भूकम्पमा सहयोग गर्ने भन्दै विभिन्न देशले सहयोग प्रतिवद्धता व्यक्त गरे । तर, प्रत्यक्ष जनतासम्म पुगेर सहयोग गर्न नपाएपछि उनिहरु फर्किए । केहिले सहयोग रकम घोषणा गरेर आफै हेलीकप्टरमा आएर केहि व्यक्तिलाई उद्धार गरेर रकम सकिएको भन्दै फर्किए । यसबाट पनि बुझिन्छ उनिहरु नेपाललाई सहयोग गर्ने बहानामा हस्तक्षेप गर्ने गर्न खोज्दैछन् ।
युरोपियन युनियनका एनजिओरआईएनजिओहरूले नेपालका कर्मचारीलाई समेत आफू अनुकुल प्रयोग गर्दै आईरहेका छन् । सरकारी कर्मचारीहरु उनिहरुबाट प्रयोग नहुन् भनेर मुख्य सचिव हुँदा लिलामणि पौड्यालले एनजिओ/आईएनजिओको खर्चमा मन्त्री, सचिव, सहसचिबलगायतका उच्च पदस्थ कर्मचारी विदेश भ्रमण गर्न नपाउने नीति गृह मन्त्रालयमार्फत सबै मन्त्रालयमा सर्कुलर गराएका थिए । तर, सरकारले उक्त नीति कडाईका साथ कार्यान्वयनमा ल्याएन । अहिले पनि अधिकांश कर्मचारीहरु एनजिओ/आईएनजिओको खर्चमा विदेश भ्रमण गर्दैआएका छन् ।
यसबाट के देखिन्छ भने सरकारले पनि आईएनजिओका गतिविधिलाई मौन रुपले समर्थन गरेको छ । राज्यकोषबाट तलब सुविधा लिएर आईएनजिओका कार्यक्रममा जानु पक्कै पनि देशको लागि सकारात्मक बिषय होईन । उनिहरुले दिएको डलर ‘भत्ता’ खाएपछि कर्मचारीले पनि उनकै सोझो गर्छन् । त्यसलाई सरकारले तत्काल रोक्न जरुरी छ ।
आईएनजिओको नाममा भित्रिएका कतिपय संस्थाहरुले पैसाको आडमा धर्म परिवर्तन समेत गराईरहेका छन् । क्रिश्चियन धर्म आईएनजिओकै कारण भित्रिएको हो । उनिहरुले भूकम्पको समयमा समेत सहयोग गर्नुको सट्टा आलो घाउमा नुन छर्कदै धर्मको प्रचार गरे । गाउँगाउँमा ‘जय मुस’ भन्दै धर्मकाबारेमा लेखिएका किताबको ठेली बाँड्नमै व्यस्त थिए । कतिपय ठाउँमा त्यसको विरोध गरिए पनि सरकारले त्यसको बारेमा कुनै प्रतिक्रिया व्यक्त गरेन ।
विकासको नाममा सरकारले आईएनजिओ खोल्न जथाभावी अनुमति दिनु हुँदैन । त्यसले देशमा वाह्य हस्तक्षेप बढाउँछ । अधिकारका नाममा आन्तरिक मामीलामा खलल् पु¥याउन तिनले सहयोग गर्छन् । अहिले पनि युरोपियन युनियन मार्फत् सञ्चालित एनजिओहरुको चलखेल व्याप्त छ । तिनिहरुमाथि सरकारले कडाईका साथ निगरानी राख्नुपर्छ । यदि उनिहरुको कार्यमाथि कडा निगरानी नराखि स्वतन्त्र रुपले कार्यसञ्चालन गर्न दिईयो भने भविष्यमा देशले ठूलो दुर्घटना व्यहोर्नुपर्ने स्थिति नआउला भन्न सकिन्न ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












