विकासका नाममा आईएनजिओको ठगी धन्दा कहिलेसम्म ?
अहिले प्रत्येक क्षेत्रमा विकासको नाममा विदेशी अनुदान आउने गर्छ । विकासमा सहयोग गर्ने वहानामा देशमा भित्रिएका आईएनजिओले सबै क्षेत्रमा एक खालको प्रभाव जमाई सकेका छन् ।
रुखको जराजस्तै फैलिएको सञ्जाल मार्फत् नेपाल र नेपालीको अध्ययन गरिरहेका छन् । अधिकारका नाममा बेलाबेलामा हुने आन्दोलनहरुमा समेत उनिहरुको घुसपैठ चलिरहेको छ । देशमा बिदेशी लगानी बिना कुनैपनि ठूला आयोजना सम्पन्न हुनसकेका छैनन् ।
अहिलेसम्म जतिपनि सरकार बने तिनले सहयोगको नाममा बिदेशी सामु हात पसारिरहे । अझ बुझ्ने गरी भन्दा हाम्रो बार्षिक वजेटको केही प्रतिशत पनि बिदेशी अनुदानमै निर्भर रहन्छ । अहिलेसम्म आत्मनिर्भर बन्ने खाका कुनै सरकार र नेताले ल्याउन सकेनन् । देशको हरेक क्षेत्रमा एनजिओको प्रभाव परेको छ ।
सहयोगको नाममा सिधै जनतासम्म पुगेर हाम्रो आन्तरिक मामिलाको महत्वपूर्ण बिषय सम्म अध्ययन गर्न भ्याईसकेका छन् ।
२०७२ साल वैशाख १२,१३ र २९ गतेको महाविनाशकारी भूकम्पले देशमा निकै ठूलो क्षति गरायो । त्यस बखत पनि सहयोगको नाममा बर्खे भेल झै आईएनजिओहरु बिभिन्न जिल्लामा प्रवेश गरे ।
खेति गर्न सिकाउनुपर्नेमा चामलका बोरा बाँडेर जनतालाई परनिर्भर बनाउदैछन् । तत्काल त्यसको प्रभाव नदेखिए पनि कालान्तरमा त्यसको प्रभाव अवश्य नै देखिन्छ । विकास र सहयोगको नाममा जनतालाई सुविधाभोगी बनाएका छन् ।
त्यसैको कारण अहिले देशमा तयारी वस्तु आयातमा वृद्धि भएको छ । अहिले आईएनजिओले केहि व्यक्तिलाई रोजगारी पनि दिएको छ । तर, त्यसले समुदायलाई स्वार्थी बनाएको छ ।
अहिले गाउँतिर गएर हेर्ने हो भने, आईएनजिओले गाउँलाई पुरै आफ्नो प्रभावमा पारिसक्यो । मान्छेमा सामाजिक मानसिकता हराउदै गएको छ । पहिले–पहिले सामाजिक काममा स्वस्फुर्त रुपमा सहभागि हुने मानिसहरु अचेल खाजामा मासु,चिउरा नभई सामाजिक काममा आउनै नमान्ने भएका छन् । त्यो तिनैको प्रभाव हो ।
अहिले सहयोगको नाममा सबै क्षेत्रमा प्रभाव जमाउदै, नेपालीलाई सुविधाभोगी बनाउने र पछि गएर आफ्नो देशले उत्पादन गरेको तयारी बस्तु बेच्ने बजार बनाएर झन् परनिर्भर बनाउने उनिहरुको रणनीति देखिन्छ ।
विपतमा सहयोग गर्नु मानविय धर्म हो । परेको वेलामा सबैलाई सहयोग गर्नुपर्छ । तर, यहाँ सहयोगको नाममा एनजिओ आईएनजिओको दादागिरी चलेको छ । काम भन्दा फाल्तु काममै बढि रकम खर्चिएका छन् । गाउँको बिकासको योजना शहरका महङ्गा होटलमा बसेर बनाएका छन् । अझ कतिपय एनजिओले त समुदायका मानिस भेला गराएर सामुहिक तस्बिर खिचेर बजेट झ्वाम पारेका सम्म उदाहरण छन् । कतै दुई लाखमा तयार हुने घरलाई देखाएर दश लाखसम्मको वजेट सिध्याएको उदाहरण समेत छन् ।
भूकम्पमा सहयोग गर्ने भन्दै विभिन्न देशले सहयोग प्रतिवद्धता व्यक्त गरे । तर, प्रत्यक्ष जनतासम्म पुगेर सहयोग गर्न नपाएपछि उनिहरु फर्किए । केहिले सहयोग रकम घोषणा गरेर आफै हेलीकप्टरमा आएर केहि व्यक्तिलाई उद्धार गरेर रकम सकिएको भन्दै फर्किए । यसबाट पनि बुझिन्छ उनिहरु नेपाललाई सहयोग गर्ने बहानामा हस्तक्षेप गर्ने गर्न खोज्दैछन् ।
युरोपियन युनियनका एनजिओरआईएनजिओहरूले नेपालका कर्मचारीलाई समेत आफू अनुकुल प्रयोग गर्दै आईरहेका छन् । सरकारी कर्मचारीहरु उनिहरुबाट प्रयोग नहुन् भनेर मुख्य सचिव हुँदा लिलामणि पौड्यालले एनजिओ/आईएनजिओको खर्चमा मन्त्री, सचिव, सहसचिबलगायतका उच्च पदस्थ कर्मचारी विदेश भ्रमण गर्न नपाउने नीति गृह मन्त्रालयमार्फत सबै मन्त्रालयमा सर्कुलर गराएका थिए । तर, सरकारले उक्त नीति कडाईका साथ कार्यान्वयनमा ल्याएन । अहिले पनि अधिकांश कर्मचारीहरु एनजिओ/आईएनजिओको खर्चमा विदेश भ्रमण गर्दैआएका छन् ।
यसबाट के देखिन्छ भने सरकारले पनि आईएनजिओका गतिविधिलाई मौन रुपले समर्थन गरेको छ । राज्यकोषबाट तलब सुविधा लिएर आईएनजिओका कार्यक्रममा जानु पक्कै पनि देशको लागि सकारात्मक बिषय होईन । उनिहरुले दिएको डलर ‘भत्ता’ खाएपछि कर्मचारीले पनि उनकै सोझो गर्छन् । त्यसलाई सरकारले तत्काल रोक्न जरुरी छ ।
आईएनजिओको नाममा भित्रिएका कतिपय संस्थाहरुले पैसाको आडमा धर्म परिवर्तन समेत गराईरहेका छन् । क्रिश्चियन धर्म आईएनजिओकै कारण भित्रिएको हो । उनिहरुले भूकम्पको समयमा समेत सहयोग गर्नुको सट्टा आलो घाउमा नुन छर्कदै धर्मको प्रचार गरे । गाउँगाउँमा ‘जय मुस’ भन्दै धर्मकाबारेमा लेखिएका किताबको ठेली बाँड्नमै व्यस्त थिए । कतिपय ठाउँमा त्यसको विरोध गरिए पनि सरकारले त्यसको बारेमा कुनै प्रतिक्रिया व्यक्त गरेन ।
विकासको नाममा सरकारले आईएनजिओ खोल्न जथाभावी अनुमति दिनु हुँदैन । त्यसले देशमा वाह्य हस्तक्षेप बढाउँछ । अधिकारका नाममा आन्तरिक मामीलामा खलल् पु¥याउन तिनले सहयोग गर्छन् । अहिले पनि युरोपियन युनियन मार्फत् सञ्चालित एनजिओहरुको चलखेल व्याप्त छ । तिनिहरुमाथि सरकारले कडाईका साथ निगरानी राख्नुपर्छ । यदि उनिहरुको कार्यमाथि कडा निगरानी नराखि स्वतन्त्र रुपले कार्यसञ्चालन गर्न दिईयो भने भविष्यमा देशले ठूलो दुर्घटना व्यहोर्नुपर्ने स्थिति नआउला भन्न सकिन्न ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












