उपत्यकाका प्रमुख नदीबाट ३२ मेट्रिक टन फोहर व्यवस्थापन
काठमाडौँ, २१ फागुन । उपत्यकाका प्रमुख नदी सफाइ गरी ३२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
बागमती सफाइ महाअभियानको १९९औँ हप्तामा आज कोटेश्वर महादेव मन्दिरदेखि मनोहरा नदी दोभानसम्म सफाइ गरी १६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी उमेश बोहराले जानकारी दिनुभयो ।
सफाइमा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत संस्थाका गरी सात सय व्यक्तिको सहभागिता थियो । सफाइको नेतृत्व चीनका लागि नेपाली राजदूत एवम् पूर्वमुख्य सचिव लीलामणि पौडेलले गर्नुभएको थियो ।
सफाइमा पूर्वसचिव किशोर थापा, चीनका लागि पूर्वनेपाली राजदूत डा महेश मास्के, अधिकारसम्पन्न बागमती समितिका सञ्चालक समिति सदस्यहरु, गायत्री परिवारका डा राजु अधिकारी, एस ट्राभल्सका अर्जुन धरेललगायत अभियन्ताको सहभागिता थियो ।
फागुन २८ गते शनिबार बागमती सफाइको २००औँ हप्तालाई विशेष कार्यक्रमका रुपमा गर्ने तयारी गरिएको छ । विशेष कार्यक्रमको मूल समारोह शङ्खमूलमा गरिनेछ ।
बागमती सफाइ महाअभियानको २००औँ हप्ताको तयारीका लागि मुख्य सचिव डा सोमलाल सुवेदीको संयोजकत्वमा सरकारका सचिव र बागमती सफाइ महाअभियानका अभियन्ता सहभागी रहेको समिति गठन गरिएको छ । यस अवसरमा शङ्खमूलसम्मको बागमतीलाई ढलमुक्त गरी स्नानयोग्य भएको घोषणा गरिँदैछ ।
रुद्रमती सफाइको १५८औँ हप्तामा आज देवीनगर पुलदेखि बिजुलीबजार पुलसम्मको क्षेत्रमा सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरिले जानकारी दिनुभयो । सफाइमा काठमाडौँ महानगरपालिका–४, ५, ७, ९ र ३३ कार्यालयका कर्मचारी, स्थानीयवासी, वडा नागरिक मञ्चका पदाधिकारी, वातावरण संरक्षण अभियान लगायतको सहभागिता थियो । सफाइको नेतृत्व पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले गर्नुभएको थियो ।
विष्णुमती सफाइको १३१औँ हप्तामा आज तारकेश्वर र टोखा नगरपालिकाको सीमास्थित मनोहर तीर्थमा सफाइ गरी १३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी अनिल धरेलले बताउनुभयो । सफाइमा तारकेश्वर नगरपालिका, टोखा नगरपालिका लगायतका गरी पाँच सय जनाको सहभागिता थियो ।
यसैगरी गुह्येश्वरी माथिको बागमती नदीमा राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजलगायत संस्थाले सफाइ गरेका छन् । विसं २०७० जेठ ४ गते शनिबारदेखि बागमती सफाइ महाअभियान सुरु भएको थियो । बागमती सफाइ महाअभियान सुरु भएपछि अन्य सहायक नदी र उपत्यका बाहिरका नदी सफाइ गर्नसमेत स्थानीयवासी जुटेका छन् ।
यही फागुन २८ गते शनिबार सफाइको २००औँ हप्तामा गरिने विशेष कार्यक्रममा प्रधानमन्त्री, प्रधानन्यायधीश, सभामुखलगायत सबै प्रमुख दलका शीर्ष नेताको सहभागी हुने महाअभियानले जनाएको छ । रासस
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












