प्रहरीलाई निःशुल्क स्वास्थ्य सेवा
जुम्ला, २२ फागुन । हिमाली जिल्ला जुम्लामा पहिलोपटक जिल्ला प्रहरी कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय नेपालगन्जबाट आएको डा रोशनकुमार निराला नेतृत्वको ६ सदस्यीय टोलीले शनिबार कार्यालय परिसरभित्रै प्रहरी कर्मचारीलाई निःशुल्क स्वास्थ्य चेकजाँच गरेको हो । शिविरमा प्रहरी सङ्गठन भित्रका कर्मचारी र तिनका परिवारका सदस्यको उपचार गरिएको निमित्त प्रहरीनायब उपरीक्षक गोपीन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । शिविरमा ५२ पुरुष र १२ महिला गरी ६४ जनाको निःशुल्क चेकजाँच गर्नुका साथै उनीहरुलाई आवश्यक औषधि पनि वितरण गरिएकोे थियो ।
डा निरालाले प्रहरी सङ्गठनभित्र निःशुल्क स्वास्थ्य जाँच गरिएको कर्णालीमा यो पहिलोपटक हो भन्नुभयो । “खासगरी प्रहरी कर्मचारीभित्र भएको रोगको स्क्रिनिङ गर्ने, प्रहरी सङ्गठनका सदस्यलाई रोग लागेमा प्रहरी हस्पिटल छ भन्ने कुरा अन्तरक्रियामार्फत जानकारी दिने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन अभियान अगाडि बढाएका हौँ” डा.निरालाले भन्नुभयो । रासस
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












