मधेशी मोर्चाविरुद्ध मानवअधिकार एलाइन्स
काठमाडौं । मानवअधिकार एलाइन्सले मधेशमा एमालेबिरुद्ध भइरहेको मधेशी मोर्चाको बिरोध, यातायात बन्दसमेतका कृयाकलापविरुद्ध कडा रुपमा सरकारको ध्यान आकृष्ट गरेको छ । एलाइन्सका अध्यक्ष मिनबहादुर साही र महासचिव डा मद्मप्रसाद खतिवडाले आज जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘केही समय यता राजनीतिक दलहरुले आयोजना गरेका राजनीतिक अभियानलाई विथोल्ने, शान्तिपूर्ण आन्दोलनमा भेला भएका राजनीतिक कार्यकर्तामाथि संघातिक हमला गर्ने तथा हमलाको धम्की दिने, पूर्व योजना सहित आयोजना गरिएका सभा सम्मेलन हुन नदिने तथा समानान्तर सभा सम्मेलन आयोजना गरी मुठभेट सिर्जना गर्ने जस्ता मानवअधिकार विरोधी गतिविधिप्रति मानवअधिकार एलाइन्स चासो व्यक्त गर्दछ ।’
मानवअधिकार एलाइन्सले आफ्ना फरक मत, विचार राख्ने संविधानप्रदत्त हकको उपचार हुँदाहँदै संविधानले नै सुनिश्चित गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता, विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, राजनीतिक दलका गतिविधि निर्वाध रुपमा सञ्चालन गर्ने स्वतन्त्रता, कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता नै कुन्ठित हुने गरी गरिएका हरेक कार्य मानवअधिकारको उलंघन मात्र नभएर एक राजनीतिक दलले अर्को माथि गरिने ज्यादति भएको ठहर गरेको हो ।
उसले शान्तिपूर्ण भेला, धर्ना गर्ने गतिविधि विरुद्ध देशका विभिन्न भागहरुमा भइरहेका अमर्यादित र अवान्छनीय गतिविधि रोकी देशमा निर्वाध राजनीतिक गतिविधि सञ्चालनको वचतावरण निर्माण गर्न मानवअधिकार एलाइन्स सरकार समक्ष माग गरेको छ ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको...
-
हावाहुरीको जोखिम : दशकमा सयले गुमाए ज्यान
काठमाडौं । पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
कांग्रेस सभापति गगनले सरकारलाई दिए चेतावनी, भने- रवैया देखाइरहे मुठी कसेर सडकमा आउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा...
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...












