म्याद सकिन एक साता बाँकीछँदा स्थानीय तह पुनर्संरचना आयोगका सदस्यद्वारा राजीनामा
काठमाडौं । म्याद सकिन एक साता बाँकीछँदा स्थानीय तह पुनर्संरचना आयोगका एक सदस्यले राजीनामा दिएका छन्।
सरकारले आयोगको कार्यक्षेत्र मिचेर निर्णय गरेको भन्दै आयोग सदस्य अधिवक्ता सुनिल रञ्जन सिंहले सोमबार राजीनामा दिएका हुन्।
गत वर्ष चैत १ गते गठन भएको आयोगको म्याद यही फागुन मसान्तमा समाप्त हुने छ। मधेस र थरूहटमा जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण गर्न नसकिएको, सरकारले प्रतिवेदन सार्वजनिक नगर्दा विशेष, स्वायत्त र संरक्षित क्षेत्रको संख्या र सीमा निर्धारण गर्न अप्ठ्यारो भएको तथा सरकारले संख्या बढाउने निर्णय गरेर आयोगको क्षेत्राधिकार मिचेकाले राजीनामा दिएको उनले बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष सोमबार पेश गरेको राजीनामापत्रमा उनले सरकारले आयोगको कार्यक्षेत्रमा हस्तक्षेप गरेपछि आयोगको सदस्यका रूपमा बसिरहनु वान्छनीय नभएको उल्लेख गरेका छन्। बालानन्द पौडेल अध्यक्ष रहेको आयोगले पुस २२ गते नै ७१९ स्थानीय तहको संख्या र सीमा निर्धारण गरी सरकारलाई बुझाएको थियो। करिब दुई महिनापछि आइतबार बसेको मन्त्रिपरिषद बैठकले २५ वटा स्थानीय तह थप्दै ७४४ बनाउने निर्णय गरेको थियो। साथै, प्रतिवेदन सार्वजनिक नभएपछि आयोगले संरक्षित र स्वायत्त क्षेत्र समेत निर्धारण गर्न सकेको छैन।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












