यसरी उद्यमी बने सुर्खेतका महिलाहरु
सुर्खेत । मगर महिला संघ सुर्खेतले, महिलाहरुलाई उद्यमशिल बनाउन अग्रसर र स्थानीयस्तरमा रोजगारीको सिर्जना गर्न थालेका छन् । जोसजाँगर भएर पनि कुनै अवसर नपाएर वञ्चित महिलाहरुलाई नेपाल मगर महिला संघ सुर्खेतले रोजगारी सिर्जना गरेको छ । सधै घरको चुलामा सीमित बनाइएका महिलाहरु आत्मा निर्भरको बाटो अगाल्न थालेका छन् ।
नेपाल मगर महिला संघले खाली समयको सदुप्रयोग गरि आयआर्जनको बाटोतिर उन्मुख बनाएका छन् । मगर महिलाहरुलाई सिर्जनशिल उद्यमी बनाई सक्षम र आत्मानिर्भर बनाउने उद्देश्यले विभिन्न ढाका बुनाई सम्बन्धि तालिमहरुको आयोजना गरी सीप प्रदान गरेर महिलाहरुलाई व्यवसायि बनाउन सहयोग पु¥याएको छ ।
महिलाहरुलाई लक्षित गरि स्थानीय श्रोत साधानको उपयोग गरी उद्यमसिलता तथा व्यवसायीमुखी बनाउने उद्देश्यका साथ २०६३ सालबाट शुरु गरिएको हो । नेपाल मगर महिलाहरुको प्रयासले निकै लोकप्रिय बन्दै गएको छ । ढाका बुनाईको रुपमा प्रशिक्षक रहेकी लक्ष्मी सारु मगर शुरुमा आफूले यो बुनाईमा ६ महिना सम्म तालिम लिएको बताएकी छन् । उनले भनिन ३ महिनामा अलिअलि मात्रै सिकेको थिए ।
६ महिनामा पूरा काम सिक्ने अवसर नेपाल मगर महिला संघ सुर्खेतले आयोजना गरिएको तालिमबाट प्राप्त भएको बताइन् । अहिले लक्ष्मीले आफू पनि काम गदै आफू जस्तै अरु दिदीबहिनीहरु तालिम दिदै आएकी छन् । यो पेशाले आत्मानिर्भर बन्ने बाटो सिर्जना गरेको सारु मगरको भनाई रहेको छ । यस्तै कक्षा १२ अध्ययन गदै ढाका बुनाई गदै आत्मा निर्भर बन्दै गरेकी सुर्खेत साटाखानी ८ की जमुना रेस्मी मगर ३ महिनाको तालिम लिइसकेपछि पढाईसँगै ढाका बुनाईमा तालिमलाई व्यवसायी बनाउने बताएकी छन् । सुरु के गर्न कहाँ जाने भन्ने पिडा मात्रै थियो । मेरी फुपुले मगर महिला संघले तालिम दिन्छ भनेपछि तालिममा फर्म भरे हामी १६ जनाले तालिम लिएका थियौ । तर, अहिले २ जनाले व्यवसायि रुपमा काम गदै आएकी छु । पढाईसँगै मेरो व्यवसायि बनाउने उद्देश्य रहेको रेश्मी मगरले बताइन् । अब आत्मा निर्भर भइन्छ भन्नेसम्म पुगेको भनाई छ । रेश्मी मगर एक केवल पात्र मात्रै थिए । बाल्यकालमै १४ वर्षको कलिलो उमेरमा विवाह बन्धनमा बाधिन पुगेकी पाम्का ५ सुर्खेतकी कौशिला पुन मगर श्रीमानले अर्को विवाह गरेर श्रीमान बेपता भएपछि के गर्न कहाँ जाने भन्ने भएकी उनि केही समय माइतीको घरमा बस्दै आएकी थिइन् ।
नेपाल मगर महिला संघले ढाका बुनाई सम्बन्धि तालिम दिने खबर पाएपछि तालिममा सहभागी भएको कौशिलाले बताइन् । उनले भनिन श्रीमानसँग सम्बन्ध विच्छेद भएको १ वर्ष भयो कहाँ छन भन्ने थाहा छैन । काठमाडौं छ भन्ने हल्ला मात्र सुनेको छु । उनले भनिन् अहिले सम्म माइती घरमा बस्दै आएकी छु । के गर्नु काम गनै पर्ने आत्मा निर्भर बन्न ३ महिनाको तालिम लिए । सबै ३ महिनामा पुरै सिक्न सकिदैन ६ महिना लाग्छ । बुटाहरु सिक्नुपर्छ । हामीले जति बनायो त्यही अनुसारले फाइदा हुने गरेको बताइन । आफुहरुले ढाका टोपी ,रुमाल,सारी,चोली झोला, सल,दोस्लला लगायत बुन्दै आएको बताइन् ।
नेपाल मगर महिला संघ सुर्खेतकी अध्यक्ष नन्दाकला थापा मगरले अहिले १३ जनालाई प्रत्यक्ष रुपमा रोजगारी सिजृना गरेको मगर महिलाहरुलाई स्थानीय स्तरमै रोजगारी बनाउने उद्देश्यले ढाका उद्योग सञ्चालन गरेको बताइन् ।
अध्यक्ष थापा मगरले भनिन ढाका बुनाईमा अरु महिलाहरुलाई पनि तालिम दियौ । हाम्रो यही उत्पादन गरेको ढाका पछेउरा,सारी हाते रुमाल,ढाका टोपी,चोली ढाकाके दोसल्ला लुगी, लगायतका उत्पदान हुन्छ । बजार व्यवस्थापन नहुदा हामीहरुलाई मर्को परेको छ । हामै लगन शिल सरकारी अन्तगर्तको कोशेली गुहमा पठाउने गरेको छौ । कोशेली गृहबाट किनेर लिने गरेका छन । बजार व्यवस्थापन राम्रो भएमा स्थानीय उत्पादनको खपत हुने विश्वास व्यक्त गरिन् । ढाकाका सामानहरु कर्णाली अञ्चलका जिल्लाहरुमा पठाउने हो भने उत्पादन गरेको सामान महत्व हुने थापाको भनाई रहेको छ ।
कर्णाली अञ्चलका कालिकोटमा केही सामानहरु जाने गरेको छ । अब हुम्ला,जुम्ला, मुगु,डोल्पा,दैलेख, जाजरकोट,लगायतका जिल्ला लिने व्यपारीलाई विशेष छुटमा उपलब्ध गराइने अध्यक्ष थापा मगरको भनाई रहेको छ ।
Comments
अरु समाचार
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











