मानवअधिकार आयोगको गाडी तोडफोड,एमाले कार्यालयमा ढुङ्गामुढा
राजविराज (सप्तरी), २४ फागुन । प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन तीव्र पारेका छन् ।
नेकपा(एमाले)द्वारा आयोजित मेची–महाकाली अभियानको विरोधमा विगत चार दिनदेखि आन्दोलनमा रहेका कार्यकर्ताले सोमबार राजविराज औद्योगिक क्षेत्रमा आफ्ना सहकर्मीको प्रहरीद्वारा हानिएको गोलीबाट मृत्यु भएको विरोधमा मोर्चाले जिल्ला प्रशासन कार्यालय सप्तरी घेराउ गर्नाका साथै दुई सरकारी कार्यालयमा तोडफोड गरेका छन् ।
प्रहरीका अनुसार मोर्चाका कार्यकर्ताले राजविराज नगरपालिका कार्यालय र नेपाल टेलिकमको कार्यालयमा तोडफोड गरेका छन् । हजारौँको सङ्ख्यामा आएका प्रदर्शनकारीले अहिले जिल्ला प्रशासन कार्यालय घेरिरहेका छन् ।
‘कार्यकर्ताको मृत्यु हुँदा कुनै पनि सहयोग नगरेको’ जनाउँदै प्रदर्शनकारीले आज राष्ट्रिय मानवअधिकार आयोगको गाडीसमेत तोडफोड गरेको त्यहाँ उपस्थित कर्मचारीले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय अगाडि राखिएको आयोगको बा ७ च ७४७३ नंको गाडीमा प्रदर्शनकारीले तोडफोड गरेको बताइएको छ । गाडी तोडफोडपछि त्यसमा रहेका चार जना कर्मचारी जिल्ला अदालतमा सुरक्षाका लागि बसेका छन् । अहिले जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, मालपोत कार्यालयलगायत सरकारी कार्यालयको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रदर्शनकारीले घटनाको छानबिन, मृतक परिवारलाई क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार, मृतकलाई सहिद घोषणा र दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै नगर परिक्रमासमेत गरेका छन् ।
एमालेको कार्यक्रम बिथोल्न गएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार साँझ भएको झडपमा मोर्चाका कार्यकर्ताको मृत्यु भएको विरोधमा आज(मङ्गलबार) र भोलि(बुधबार) मधेस बन्द आह्वान गरिएको छ ।
एमाले कार्यालयमा ढुङ्गामुढा
लहान– मोर्चाका कार्यकर्ताले आज बिहान नेकपा (एमाले)को लहान नगरपालिका – १ स्थित क्षेत्रीय कार्यालयमा ढुङ्गामुढा गरी तोडफोड गरेका छन् ।
सप्तरीमा झडपका क्रममा प्रहरीको गोली लागेर मोर्चाका कार्यकर्ताको मृत्यु भएको विरोधमा बिहानैदेखि प्रदर्शन गरिरहेका मोर्चाका कार्यकर्ताले एमालेको कार्यालय तोडफोड गर्न थालेपछि सुरक्षाकर्मीले मोर्चा कार्यकर्तालाई लखेट्ने क्रममा दुई पक्षबीच केहीबेर ढुङ्गामुढा समेत भएको थियो ।
आह्वान गरिएको मधेस बन्दलाई सफल बनाउन मोर्चा कार्यकर्ताले बिहानैदेखि लहान, गोलबजार, मिर्चैयालगायत स्थानमा प्रदर्शन गरिरहेका छन् । यसैगरी मोर्चाका कार्यकर्ताले आजै सप्तरी सदरमुकाम राजविराजस्थित नगरपालिका कार्यालय, नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको कार्यालयमा तोडफोड गरेका छन् ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












