महिलाको आर्थिक र सामाजिक प्रतिष्ठा वृद्धि गर्नुपर्छ–राष्ट्रपति भण्डारी
काठमाडौँ, २५ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला समानताका लागि महिलाको आर्थिक र सामाजिक प्रतिष्ठा वृद्धि गर्नु जरुरी भएको बताउनुभएको छ ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रलायले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज यहाँ आयोजना गरेको विशेष समारोहमा उहाँले समान रुपमा महिलाको विकासका लागि आर्थिक र सामाजिक प्रतिष्ठा वृद्धि गर्नुपर्ने जरुरी भएको बताउनुभएको हो ।
राष्ट्रपति भण्डारीले भन्नुभयो, “नेपालमा महिला विकासको विशेष कार्यक्रमहरु सञ्चालन भइरहेका छन्, तर पनि सोचअनुरुप उपलब्धि हासिल हुन सकेको छैन् ।” उहाँले नेपालमा राज्यको तीन प्रमुख निकायमा महिला हुनुु इतिहासको सुखद संयोग भएपनि यसलाई निरन्तरता दिने विषयमा चुनौती रहेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानले महिलाको आर्थिक अधिकारलाई समेत सुनिश्चित गरेको र सरकारले विकासको वृद्धि विकासका कार्यक्रमहरु निरन्तररुपमा सञ्चालन गर्नु महत्वपूर्ण कार्य भएको उल्लेख गर्नुभयो ।
उहाँले सरकारले साहसिक नेपाली नारी योगमायाको नाममा आयुर्वेदिक विश्वविद्यालय खोल्ने तयारी गर्नु, मङ्गलबारदेखि कपिलवस्तुमा सुरु भएको राष्ट्रपति उत्थान कार्यक्रमजस्ता कार्यक्रमले पनि महिलाको सम्मान गरेको आफूले अनुभव गरेको सुनाउनुभयो ।
राष्ट्रपति भण्डारीले स्थानीय निकायको निर्वाचन नहुँदा र आर्थिक पहुँचमा नहँुदा महिला पछि परेको हुँदा महिलाले उत्पादनमूलक काममा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा प्रधानन्यायाधीश सुशीला कार्कीले महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिकमा समानरुपमा अगाडि बढाउनुपर्ने र त्यसका लागि संविधानले दिएको हकअधिकारको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले महिलाको आर्थिक र सामाजिक विकासका लागि मन्त्रालयले विभिन्न खालका सीपमूलक तालिमहरुको सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।
सो अवसरमा समाजसेवी अम्बिका श्रेष्ठले महिला समानताका लागि महिलाको आर्थिकस्तर सुधारमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
प्रत्येक वर्ष मार्च ८ मा मनाउने अन्तर्राष्ट्रिय महिला दिवस जागरूकतासम्बन्धी दिवस हो । राजनीतिक तवरबाट सुरु भएतापनि हाल महिला अधिकार, महिला सशक्तीकरण र समानता आदि सवालहरूमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालिएको हो ।
महिलाको हक अधिकारका साथै सामाजिक, आर्थिक, राजनैतिक तथा सांस्कृतिक विकासका लागि आवाज उठाउने दिनको स्मरण गर्दै विश्वव्यापी रूपमा यो दिवस बनाउने गरिन्छ ।
संयुक्त राष्ट्र सङ्घले सन् २०३० सम्मका लागि पारित गरेको दिगो विकासका लक्ष्यहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिदै यस वर्ष मनाउन लागेको अन्तर्राष्ट्रिय महिला दिवसको नारा ‘बदलिँदो परिवेशमा कामकाजी महिला ः सन् २०३० सम्म बराबरी पाइला’ भन्ने रहेको छ । यो वर्षको राष्ट्रिय नारा ‘महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार’ रहेको छ ।
संयुक्त राज्य अमेरिकाको सोसलिस्ट पार्टीले सन १९०९ फेब्रुवरी २८ मा सर्वप्रथम महिला दिवसको आयोजना गरेको थियो । सो पार्टीले सन् १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा सन् १९०९ फेब्रुवरी २८ का दिन महिला दिवस मनाउन थालियो । त्यहीबेला अमेरिकाको न्युयोर्क शहरबाट समान कामको समान ज्यालाको आन्दोलन सुरु भयो ।
सन् १९१० मा सोसलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा ग¥यो । त्यो सम्मेलनबाट अन्तर्राष्ट्रिय रूपमा मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालियो ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको...
-
हावाहुरीको जोखिम : दशकमा सयले गुमाए ज्यान
काठमाडौं । पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
कांग्रेस सभापति गगनले सरकारलाई दिए चेतावनी, भने- रवैया देखाइरहे मुठी कसेर सडकमा आउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा...
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...












