हुम्लामा भारी हिमपातले जनजीवन प्रभावित
हुम्ला । हुम्लाका अधिकाँश उत्तरी भागमा गएको ३ दिनदेखी हिमपात भईरहेको छ । हिमपातले गर्दा यहाँका वासिन्दाको जनजीवन अस्तव्यस्ता भएको छ । जाडोको कारणले घरबाट बाहिर निस्कन समेत मुस्किल भएको छ भने तापक्रम माईनस १२ डिग्री सम्म पुगेको छ । यो वर्षकै अत्याधिक रहेको यो हिमपातले काम विशेषले एक गाउँबाट अर्को गाउँ जान समेत कठिन बनाएको छ । पशुवस्तु समेत घरबाट बाहिर निकाल्न समस्या भएको छ ।
लगातारको हिमपातले अहिले सिमिकोटमा १ फिट ४ ईन्च हिउँ जमेको छ । सरकारी तथा गैरसरकारी कार्यालयका काम प्रभावित भएका छन् भने विद्यालय पूर्ण रुपमा बन्द भएका छन् । उता सिमिकोटमा रहेको हिल्दुम साना जलविद्युत आयोजनाको विद्युत सप्लाई हुन नसक्दा हिमपातले झन् सास्ती बनाएको छ । विद्युतको आपूर्ती बन्द हुँदा नेपाल टेलिकमको सेवा पूर्ण रुपमा प्रभावित भएकोले एक आपसमा सम्पर्क गर्नको लागि समस्या हुँदा हुम्लाका उत्तरी र दक्षिणी गाउँ विकास समिति सम्पर्क विच्छेद भएका छन् । हिमपातले जिल्लाको कुन ठाउँमा के कस्तो खालको क्षती भयो भन्ने समेत थाहा हुन सकेको छैन । दिउँसो घाम नलाग्नाले र अत्याधिक चिसोको कारणले वृद्धा र बालबालिकालाई स्वास्थ्यमा समस्या परेको पाईएको छ ।
यहाँ सञ्चालित स्थानिय सञ्चारका माध्यम पूरै बन्द भएका छन् भने ईन्टरनेट सुविधा नहुँदा जिल्ला प्रशासन कार्यलयले नागरिकता समेत वितरण गर्न सकिरहको छैन ।
हिमपातले भने हुम्लाका किसान खुसी भएका छन् । रोडिकोट १ का कल्पना रोकायाले यो पटकको हिमपातलाई पशुवस्तुलाई हानी गर्ने भएको भएता पनि मंसिरमा छरेको जौ र गौं बालीलाई यो हिमपातले सिचाई गर्ने बताए । जिल्लाका अधिकाँश भेगमा सिँचाई विना नै खेती हुने गरिएकोले यो हिमपात पछि बालीनालीलाई राम्रो हुने समेत उहाँले तर्क गर्नुभयो ।
हिमपात अहिले पनि भईरहेको भएता पनि जिल्लाको एक मात्र भरपर्दो हवाई धावन मार्ग नागरिक तथा उड्डयन कार्यालयको गाडीले हिउँ सफा गर्दा आज मात्र तारा ईयरले १ र सिता ईयरले २ उडान भर्दा हुम्लाबाट नेपालगञ्ज र सुर्खेत जाने यात्रुलाई सहज भएको थियो ।
३ दिन देखी नेपालगञ्ज र सुर्खेतमा हुम्लाका लागि टिकट लिई आज हुम्ला विमानस्तलमा अवतरण गर्न पाउँदा यात्रुमा हर्ष छाएको थियो । आजै मात्रै लोकसेवा आयोगले सुब्बाको लागि लिईने लिखित परीक्षा पनि राम्रोसँग लेख्न नसकिएको परीक्षार्थीले बताए । चिसोको कारणले हातले कलम नै समात्न नसकिँदा प्रश्नको उत्तर लेख्न नसकिएको परीक्षार्थीले बताए । त्यसै गरी आउँदो चैत्र ३ गतेबाट सञ्चालन हुन लागि रहको एस्. ई. ई. परीक्षाको तयारी पनि हिमपताले प्रभावित बनाएको छ ।
जिल्लाका दक्षिणी भेगका ४ ओटा केन्द्रहरु रोडिकोट, सर्केगाढ, मदाना र श्रीनगर केन्द्रका केन्द्राध्यक्षले सिमिकोबाट प्रश्नपत्र र उत्तरपुस्तिका पुर्याउनको लागि हैरानी भएको जिल्ला शिक्षा अधिकारी मदन कुमार थापाले बताउनु भयो । लगातारको हिमपातले प्रश्नपत्र र उत्तरपुस्तिका भिज्न सक्ने अनि हिमपहिरो आउन सक्ने भएकोले सो क्षेत्रका केन्द्राध्यक्षलाई सजग भई प्रश्न पत्र लैजान अनुरोध गरिएको जिशिअले बताए ।
सिमिकोट लगायत पूरै जिल्लामा अझै ३ दिन सम्म लगातार हिमपात हुन सक्ने मौसम पूर्वानुमान शाखाले जनाएको छ भने उत्तरी चिन सिमानाको रहेको मुचु र लिमी गाविस सम्पर्क विहिन भएको छ । त्यस क्षेत्रमा खटाईएको प्रहरी चौकी गत मंसिरमा नै सिमिकोटमा काजमा खटाईएको करण त्यस क्षेत्रका वासिन्दा अनि गाउँ नै सम्पर्क विहिन भएको छ ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












