एसएसपी खत्रीको भूमिगत सुन र साडी पसलमा लगानी
काठमाडौं ३० फागुन । साढे ३३ किलो सुनकाण्डमा मुछिएर थुनामा रहेका एसएसपी श्याम खत्रीले श्रीमतीका नाममा सुन पसल दर्ता गरेको र साडी पसलमा ब्याजमा रकम लगानी गरेको खुल्न आएको छ । खत्रीको बैंक खाता भने अझै सार्वजनिक भइसकेको छैन ।
एसएसपी खत्रीसहित ३३ जनाविरुद्ध मुद्दा चलाएको सीआइबीले १२ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेका सबैको सम्पति विवरण खोजी भैरहेको हो ।
यसअघि सीआइबीले भन्सार कर्मचारी र व्यपारीहरुको अस्वभाविक बैंक कारोवार संकलन गरिसकेको छ । तर, एसएसपी खत्री भने केही समयपछि पक्राउ परेकाले उनको बैंक विवरण आइनसकेको प्रहरीले जनाएको छ ।
खत्रीको बैंक कारोवारबारे राष्ट्रबैंक मार्फत विवरण मागिएको छ । त्यस्तै उनको अन्य घर जग्गा तथा सम्पतिका बारेमा पनि मालपोत कार्यलयदेखि अन्य निकायसँग पनि विवरण माग भैसकेको सीआइबीले जनाएको छ ।
सुन तस्करीलाई साथ दिएको आरोपमा पक्राउ परेका खत्रीले तीन वर्ष अगाडि नै श्रीमतीका नाममा सुन पसलको लाइसेन्स लिएका थिए । तर त्यो सञ्चालनमा नआउँदै बिक्री गरेको खुल्न आएको छ ।
सीआइबीको अनुसन्धानका क्रममा एसएसपी खत्रीले श्रीमतीका नाममा अलंकार इन्टरप्राइज नामको सुन पसल दर्ता गराएको खुलेको हो । उनले श्रीमतीका नाममा करिब चार वर्ष अघि सुन पसल दर्ता गराएका थिए । नामको गहना तथा सुन पसलका लागि अनुमति लिए पनि उक्त सुन पसल भने कतै भेटिएको छैन ।
एसएसपी खत्रीले एकजना साडी व्यापारीलाई १७ लाख रुपैंया ब्याजमा लगानी गरेको पनि भेटिएको छ । न्युरोडमा सञ्चालित रितु इन्टरप्राइजेका सञ्चालकलाई लगानी गरेको १७ लाखको स्रोत नदेखिएको सीआईबीले जनाएको छ । सुरुमा मासिक २ प्रतिशतमा ब्याजमा रकम लगाएका उनले पछि ब्याज बढाएर ३ प्रतिशत पु¥याएपछि रकम फिर्ता लिएका थिए ।
Comments
अरु समाचार
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...












