एसएसपी खत्रीको भूमिगत सुन र साडी पसलमा लगानी
काठमाडौं ३० फागुन । साढे ३३ किलो सुनकाण्डमा मुछिएर थुनामा रहेका एसएसपी श्याम खत्रीले श्रीमतीका नाममा सुन पसल दर्ता गरेको र साडी पसलमा ब्याजमा रकम लगानी गरेको खुल्न आएको छ । खत्रीको बैंक खाता भने अझै सार्वजनिक भइसकेको छैन ।
एसएसपी खत्रीसहित ३३ जनाविरुद्ध मुद्दा चलाएको सीआइबीले १२ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेका सबैको सम्पति विवरण खोजी भैरहेको हो ।
यसअघि सीआइबीले भन्सार कर्मचारी र व्यपारीहरुको अस्वभाविक बैंक कारोवार संकलन गरिसकेको छ । तर, एसएसपी खत्री भने केही समयपछि पक्राउ परेकाले उनको बैंक विवरण आइनसकेको प्रहरीले जनाएको छ ।
खत्रीको बैंक कारोवारबारे राष्ट्रबैंक मार्फत विवरण मागिएको छ । त्यस्तै उनको अन्य घर जग्गा तथा सम्पतिका बारेमा पनि मालपोत कार्यलयदेखि अन्य निकायसँग पनि विवरण माग भैसकेको सीआइबीले जनाएको छ ।
सुन तस्करीलाई साथ दिएको आरोपमा पक्राउ परेका खत्रीले तीन वर्ष अगाडि नै श्रीमतीका नाममा सुन पसलको लाइसेन्स लिएका थिए । तर त्यो सञ्चालनमा नआउँदै बिक्री गरेको खुल्न आएको छ ।
सीआइबीको अनुसन्धानका क्रममा एसएसपी खत्रीले श्रीमतीका नाममा अलंकार इन्टरप्राइज नामको सुन पसल दर्ता गराएको खुलेको हो । उनले श्रीमतीका नाममा करिब चार वर्ष अघि सुन पसल दर्ता गराएका थिए । नामको गहना तथा सुन पसलका लागि अनुमति लिए पनि उक्त सुन पसल भने कतै भेटिएको छैन ।
एसएसपी खत्रीले एकजना साडी व्यापारीलाई १७ लाख रुपैंया ब्याजमा लगानी गरेको पनि भेटिएको छ । न्युरोडमा सञ्चालित रितु इन्टरप्राइजेका सञ्चालकलाई लगानी गरेको १७ लाखको स्रोत नदेखिएको सीआईबीले जनाएको छ । सुरुमा मासिक २ प्रतिशतमा ब्याजमा रकम लगाएका उनले पछि ब्याज बढाएर ३ प्रतिशत पु¥याएपछि रकम फिर्ता लिएका थिए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












