अब चुनाव कसैले रोक्न सक्दैन : प्रमुख आयुक्त यादव
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आगामी बैशाख ३१ गते गर्ने स्थानीय तहको निर्वाचनको लागि चाहिने सबै सामाग्री, ऐन÷कानून प्राप्त भएकोले चुनाव अब कुनै हालतमा नरोकिने स्पष्ट पारेका छन् ।
आज राजधानीमा साक्षात्कार कार्यक्रममा बोल्दै प्रमुख आयुक्त यादवले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेगरि आयोगले आफ्नो कामलाई तिव्रता दिईरहेकोले चुनावको लागि वातावरण बनाउनको लागि सबै राजनीतिक दलले पनि आफ्नो तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
उनले निर्वाचनको सुनिश्चितताको लागि राजनीतिक दलहरु भित्रैपनि सहमति हुनुपर्नेमा जोड दिए । उनले भने, ‘दलहरुवीच देखिएका सबै खाले विमति र असन्तुष्टिहरुलाई सहमतिमा परिणत गर्नुपर्छ, यसको लागि सरकार र प्रमुख दलहरुले विशेष भूमिका निर्वाह गर्नुपर्छ ।’ दुई दशकपछि स्थानीय तहको निर्वाचन हुन गैरहेकोले यसलाई सबैले उत्सवको रुपमा लिनुपर्ने यादवको भनाई थियो । उनले मधेशी मोर्चाले ०६४ सालामा पनि चुनावमा भाग नलिने निर्णय गरेको भएपनि पछि चुनावमा आएको उल्लेख गर्दै भने, ‘यसपटक पनि उहाँहरुले स्थानीय तहको निर्वाचनमा भाग लिनुहुन्छ ।’
उनले आयोगले मतदाता नामावली प्रकाशन अन्तिम चरणमा पुगेको, मतदाता केन्द्र पूनवरावलोकन काम भैरहेको, मतपत्र व्यवस्थापन (छपाई) को काम भैरहेको समेत जानकारी दिए । उनले भने, ‘मतपत्र छाप्ने काम सुरु भएको छ, आयोगले प्राविधिक कामहरु तिव्रताका साथअघि बढाएको छ ।’
यादवले निर्वाचनको लागि आवश्यक जनशक्ति व्यवस्थापनको काम पनि भैरहेको जानकारी दिए । उनले भने, ‘जनशक्ति व्यवस्थापनको काम भैरहेको छ, यसको लागि हामीले सरकारलाई पनि चैत्र ३ गतेभित्रै कर्मचारी खटनपटन गर्न निर्देशन दिईसकेका छौ ं।’ त्यस्तै उनले आयोग भित्रैपनि आन्तरिक कर्मचारी व्यवस्थापन भैरहेको स्पष्ट पारेका छन् ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












