झापामा स्थानीय तह पुनःसंरचना कार्यान्वयन
भद्रपुर, २ चैत । नेपाल सरकारले पछिल्लो समयमा गरेको स्थानीय तहको पुनःसंरचनाअनुसार साविकको जिल्ला विकास समिति (जिविस) झापामा मङ्गलबारदेखि जिल्ला समन्वय समितिको कार्यालय स्थापना भएको सो कार्यालयले जनाएको छ ।
सो संरचनाअनुसार अब जिल्लामा आठ नगरपालिका — मेचीनगर नगरपालिका, दमक नगरपालिका, कन्काई नगरपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, शिवसताशी नगरपालिका, गौरादह नगरपालिका, विर्तामोड नगरपालिका र गाउँपालिकाहरुमा झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, कमल गाउँपालिका, गौरीगन्ज गाउँपालिका, बाह्रदशी गाउँपालिका, हल्दिबारी गाउँपालिका र कचनकवल गाउँपालिका भएका छन् ।
विगतमा निकै विवाद रहेको पुनःसंरचनाको विषयमा अन्तिम समयमा सबै राजनीतिक दलको सहमतिमा जिल्लामा आठ नगरपालिका र सात गाउँपालिका भएका छन् । नयाँ संरचनाअनुसार झापाका आठवटा नगरपालिकामा कुल पाँचलाख ५२ हजार दुईसय चार र सातवटा गाउँपालिकामा दुईलाख ५६ हजार ३० जनसङ्ख्या भएको जिल्ला समन्वय समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत दीपक दाहालले बताउनुभयो ।
जिल्ला समन्वय समितिबाट प्राप्त सूचनाअनुसार झापामा सबैभन्दा बढी जनसङ्ख्या मेचीनगर नगरपालिकामा एकलाख ११ हजार सातसय ९७ जनसङ्ख्या र क्षेत्रफल १९२.८५ वर्ग किमी र सबैभन्दा कम कन्काई नगरपालिकामा ४० हजार एकसय ४१ र क्षेत्रफल ८०.९८ वर्ग किमी छन् ।
त्यस्तै, गाउँपालिकामा सबैभन्दा बढी कमल गाउँपालिकामा ४४ हजार तीनसय ६५ र क्षेत्रफल १०४.५७ वर्ग किमी तथा सबैभन्दा कम हल्दिबारी गाउँपालिकामा २९ हजार दुईसय २३ जनसङ्ख्या र क्षेत्रफल ११७.३४ वर्ग किमी रहेको जनाइएको छ । झापाको सबैभन्दा पुरानो नगरपालिका भद्रपुर नगरपालिकामा ६५ हजार पाँचसय ४३ जनसङ्ख्या र क्षेत्रफल ९६.३५ वर्ग किमी रहेको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












