आइजीपी नियुक्ति प्रकरणः सर्वाेच्चमा सुनुवाई सुरु
काठमाडौं । देशको सुरक्षाको मुख्य जिम्मेवारी बोकेको निकाय नेपाल प्रहरीको महानिरीक्षक ‘‘आईजीपी’ नियुक्तिबिरुद्ध परेको उजुरीमा आज सुनुवाई हुँदैछ ।
गत फागुन १ गते सरकारले डिआईजी जयबहादुर चन्दलाई आईजीपीमा बढुवा गरेपछि सर्वोच्चले सोही दिन त्यस विरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सर्बोच्चका न्यायाधीशद्धय हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलाशले पनि अन्तरिम आदेशलाई निरन्तरता दिंदै फेरि जवाफ पेश गर्न सरकारलाई निर्देशन दिएपछि अर्काे सुनुवाई आजबाट सुरु भएको हो ।
सर्वोच्चको मागअनुसार प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले डिआइजी चन्दलाई आइजीपी नियुक्त गर्नुको कारणबारे स्पष्ट रुपमा लिखित जवाफ पठाएका छन् । चन्दलाई आइजीपी नियुक्त गर्ने मन्त्रिपरिषद निर्णय बदर गर्न आदेश माग गर्दै परेका रिटमा प्रधानमन्त्रीलगायत सबै विपक्षीले सर्वोच्चलाई लिखित जवाफ बुझाइसकेका छन् ।
प्रधानमन्त्री प्रचण्डले पठाएको लिखित जवाफमा आइजीपी नियुक्ति सरकारको अधिकार भएको स्मरण गराउँदै रिट निवेदन खारेज गर्न माग समेत गरिएको छ ।
नियुक्तिअघि र पछि अधिवक्ता कपिलदेव ढकालले दिएको रिटमाथि भएको आदेशमा प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन । बढुवा प्रशासनिक विषय भएकाले यसबाट प्रत्यक्ष असर पुग्ने व्यक्तिले बाहेक अरुले अदालतमा प्रश्न उठाउन नमिल्ने पनि प्रधानमन्त्रीको जिकिर छ । ‘योग्यता पुगेको व्यक्तिलाई आईजीपी पदमा बढुवा गर्ने अधिकार प्रयोग गरी मन्त्रिपरिषद्ले गरेको कानुनसम्मत निर्णयमा निवेदकको प्रत्यक्ष चासो र सरोकार नभएकाले रिट निवेदन दिन र सम्मानित अदालतबाट आदेश जारी हुन सक्दैन’–प्रधानमन्त्रीको जवाफमा भनिएको छ ।
Comments
अरु समाचार
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...












