म्याजिक चप्पल उद्योगको आगो अझै नियन्त्रणमा आएन
मोरङ। मोरङको टंकिसिनबारीस्थित जयश्री पियुटेक उद्योगमा बिहान ४ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रण गर्नका लागि विराटनगर, दमक, इटहरी, धरान, इनरुवा, राजविराज लगायत नगरपालिकाका दमकल प्रयोग गरी आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा आउन कठिन भएकाले उद्योग आसपासका क्षेत्राका बासिन्दा र अन्य उद्योगमा सतर्कता अपनाउन थालिएको छ ।
आगो फैलिएर थप क्षति नहोस् भनेर सतर्क गराइएको प्रहरीको भनाइ छ । उद्योग परिसरमा रहेको बिजुलीको ट्रान्सफर्मर विष्फोट भएकाले त्यही कारण आगलागी सुरु भएको अनुमान गरिएको छ । म्याजिक चप्पल र जुत्ताको उत्पादक सो उद्योग सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा पर्छ । मोरङका प्रहरी उपरीक्षक सन्दिप भण्डारीका अनुसार आगो निभाउन प्रहरी, स्थानीय बासिन्दालगायत बिहानैदेखि सक्रिय छन् । झापा, मोरङ, सुनसरी र सप्तरी गरी चार जिल्लाका १० वटा दमकल प्रयोग भइरहेको प्रहरीले जनाएको छ । आगोले उद्योगका कच्चपदार्थ र तयारी सामान जलेको छ ।
Comments
अरु समाचार
-
आजको राशिफलः २०८१ पौष १३ गते शनिबार
मेषःविभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका...
-
पोखराको फेवाताल किनारमा आजदेखि सडक महोत्सव
कास्की: पोखरामा आज (शनिबार) देखि २६औँ संस्करणको ‘पोखरा सडक महोत्सव’ सुरु हुँदैछ । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको आयोजनामा...
-
गुल्मीको छत्रकोटमा जिप लाइन सञ्चालनमा
काठमाडौं । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले जिप लाइन सञ्चालनमा ल्याएको छ । पालिकाले स्थानीय स्तरमै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले संरचना...
-
कालीगण्डकी मत्स्य ह्याचरीद्वारा यस वर्ष आठ लाख भुरा उत्पादन
काठमाडौं । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीस्थित कालीगण्डकी मत्स्य ह्याचरीले यस वर्ष आठ लाखभन्दा बढी माछाका भुरा उत्पादन तथा वितरण गरेको...
-
म्यासेडोनिया पठाउने भन्दै ठगी गर्ने एक जना पक्राउ
काठमाडौं । म्यासेडोनिया पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारमा आकर्षक तलबको...
-
हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र
काठमाडौं । झापाको हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । स्थानीय तह पुनःसंंरचना भएपछि हल्दिबारी गाउँपालिकाले...
-
कोशी प्रदेशमा सवारी दुर्घटनाः पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
काठमाडौं । कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर...
-
आजको राशिफल- २०८१ पुस १२ गते शुक्रवार
मेषः आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ।आफन्त टाढिने हुँदा होसियारीसाथ काम लिनुहोला।...
-
चितवन राष्ट्रिय निकुञ्जमा हवाई फायर गरी खाग तस्कर पक्राउ
काठमाडौं । हवाई फायर गरेर मकवानपुरबाट गैँडाको खाग तस्करलाई पक्राउ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जकाख सेनाको टोलीले ५ राउन्ड...