कास्कीमा एक सय पचास मतदानस्थल
पोखरा, ६ चैत । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीमा एक सय ५० मतदानस्थल निर्धारण गरिएको छ ।
तेत्तीस वडा रहेको पोखरा–लेखनाथ महानगरपालिकामा ९८, सात वडा रहेको रुपा गाउँपालिकामा आठ, १२ वडा रहेको मादी गाउँपालिकामा १७, ११ वडा भएको अन्नपूर्ण गाउँपालिकामा १५ र नौ वडा भएको माछापुच्छ«े गाउँपालिकामा १२ मतदानस्थल बनाउन निर्वाचन आयोगमा सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिनुभयो ।
कार्यालयका प्रमुख सुवेदीका अनुसार हरेक मतदानस्थलमा एक हजारभन्दा बढी मतदाता भएमा मतदान केन्द्र थपिँदै जाँदा जिल्लामा झन्डै तीनको हाराहारीमा मतदान केन्द्र पुग्ने छन् । प्रजिअ हरिप्रसाद मैनालीको अध्यक्षतामा गठित मतदानस्थल सिफारिस समितिले सो निर्णय गरेको थियो ।
समितिका सदस्यमा स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारी, सशस्त्र प्रहरी बल र जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा जिल्लामा निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलका प्रतिनिधि रहनुभएको छ भने सदस्य–सचिवमा निर्वाचन कार्यालयका प्रमुख रहने व्यवस्था छ ।
विसं २०७० मा भएको संविधानसभाको निर्वाचनको बेला जिल्लामा एक सय ४७ मतदानस्थल कायम गरिएको थियो । स्थानीय तह पुनःसंरचनानुसार जिल्लामा तीन वटा वडा बढेकाले मतदानस्थल पनि बढेको कार्यालयका प्रमुख सुवेदीले बताउनुभयो ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












