उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बन्दै
काठमाडौँ, ७ चैत । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको छ ।
उपत्यकाको दिनप्रतिदिन बढ्दै गएको जनसङ्ख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लङ्घनजस्ता प्रवृत्तिले उपत्यकाको ट्राफिक व्यवस्थापन कार्य जटिल एवम् चुनौतीपूर्ण बन्दै गएको हो ।
काठमाडौँ उपत्यकाभित्रको सवारी आगमनको सुरक्षित प्रवाह गराउने उद्देश्यका साथ स्थापना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखामा थोरै जनशक्तिका कारण समस्या उत्पन्न भएको छ ।
काठमाडौँ उपत्यकामा विसं १९५८ सालमा राणाहरुले छिमेकी मुलुक भारतदेखि भीमफेदी हुँदै सवारी साधन बोकाएर काठमाडौँ ल्याएका भए पनि सर्वसाधारणले भने विसं १९७० को दशकबाट मात्र सवारी साधनको प्रयोग गर्न पाएका थिए ।
काठमाडौँ उपत्यकाको जनसङ्ख्या वृद्धिसँगै सवारी साधनको सङ्ख्या पनि अत्यधिक रुपमा बढेर गएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डे हाल काठमाडौँ उपत्यकामा करिब ११ लाखको हाराहारीमा सवारी साधन रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “वार्षिक एक लाखको हाराहारीमा काठमाडौँ उपत्यकामा सवारी साधन भित्रिन्छन् ।”
विसं २००४ देखि सवारी साधन दर्ता प्रक्रिया सुरु भए पनि २००७ सालबाट मात्र ट्राफिक व्यवस्थापनका लागि रामदलको स्थापना भएको थियो । कम बाटो र सीमित सवारी साधनका कारण २०१२ सालमा केन्द्रीय ट्राफिक कम्पनीका रुपमा १२५ को सङ्ख्यामा ट्राफिक प्रहरीले काम गर्ने गरे पनि हाल एक हजार ३४६ ट्राफिक कार्यरत रहेको महाशाखाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।
उहाँ भन्नुहुन्छ – “सहरी विकासको अनुपातमा सडक विस्तार र सडक पूर्वाधार निर्माण हुन नसक्नुका साथै यातायात क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसक्दा समस्या उत्पन्न भएको हो ।” घिमिरे काठमाडौँमा सवारी साधनको चापअनुसार ट्राफिक खटाउने हो भने दुई हजारभन्दा बढी जनशक्ति आवश्यक पर्ने बताउनुहुन्छ । अहिले एक हजार ८५ जनाको दरबन्दी महाशाखामा भए पनि देशभरबाट तालिममा आएका ट्राफिकलाई समेत काममा खटाउनुपर्ने बाध्यता छ ।
काठमाडौँ उपत्यकाका थापाथली, केशरमहल, नयाँबानेश्वरलगायत मुख्य चोकमा कार्यालय सञ्चालन भएको दिनमा अहिले पनि तीनदेखि पाँच मिनेटसम्म सवारी साधन रोकिनुपर्ने हुन्छ । केन्द्रीय ट्राफिक कम्पनीका रुपमा रहेको महाशाखा २०४९ सालमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका रुपमा रहेको थियो । विसं २०४९ सालमा स्थापना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालय २०६३ सालमा आएर महानगरीय ट्राफिक प्रहरी महाशाखाका रुपमा स्थापना भएको हो ।
विसं २०५४ देखि विभिन्न क्षेत्र तथा जिल्ला कार्यालय खोलेर काम गरेको ट्राफिकले काठमाडौँ उपत्यकामा मात्र ३५ स्थानमा विभिन्न कार्यालय खोलेर सेवा दिइरहेको छ । हाल एकजना ट्राफिकले दैनिक आठ घन्टादेखि १४ घन्टासम्म काम गर्नुपर्ने अवस्था रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले काठमाडौँ उपत्यकाको सवारी दुर्घटना न्यूनीकरण गर्दै लैजाने, सवारी नियन्त्रण तथा व्यवस्थापन उच्च अनुशासित भएर गर्ने, समयानुकूल ट्राफिक सङ्गठन परिवर्तन गर्दै लैजानु, ट्राफिक व्यवस्थापनमा जनसहभागिता बढाउने मूल्य र मान्यताअनुसार काम गरिरहेको महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामा बताउनुहुन्छ ।
काठमाडौँ उपत्यकाभित्र हाल एक हजार ५०० किलोमिटरको हाराहारीमा सडक भए पनि सवारी साधन ओहोरदोहोर गर्ने मुख्य सडक भने ४०० किलोमिटरदेखि ५०० किमी रहेको लामाले बताउनुभयो । हाल महाशाखाले उपत्यकामा हुने सडक दुर्घटना न्यूनीकरण गर्न मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथि कारबाही, लेन अनुशासन कारबाही, अनियन्त्रित फुटपाथमा सवारी पार्किङ गर्नेलाई कारबाही गर्न कडाइ गरेको छ ।
ट्राफिकले आफू चढेको सवारी साधनबाट उपत्यकाको सवारी व्यवस्थापन, वडिवन क्यामरा, ड्रोन क्यामरामार्फत सवारी साधन व्यवस्थापन गर्दै आएको छ । सवारी साधन दिनानुदिन भित्रिँदै जाने र आवश्यक पूर्वाधार नहुँदा उपत्यकाको ट्राफिक व्यवस्था झन जटिल बन्दै जाने महाशाखाले जनाएको छ ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












