इँट्टाभट्टाबाट तेह्र वर्षीय बालकको उद्धार
रोल्पा । भक्तपुरको एक इँट्टाभट्टामा काम गर्ने रोल्पा रांकोटका १३ वर्षीय बालक कमल रानामगरलाई जिल्ला बालकल्याण समिति भक्तपुरको नेतृत्वमा जिल्ला बालकल्याण समिति रोल्पामार्फत अभिभावकको जिम्मा लगाएको छ ।
नगरकोट नगरपालिका–३ ताथली भक्तपुरमा रहेको एसटी ब्रिक कम्पनीमा काम गर्ने ती बालकलाई सोही इँट्टा कम्पनीका मालिकले जिल्ला बालकल्याण समिति भक्तपुरलाई खबर गरेपछि उनको उद्धार सम्भव भएको हो । बाबु वैदेशिक रोजगारीमा रहेको र आमाले दोस्रो विवाह गरेका कारण कान्छी आमासँग बस्दै आएका उनी कक्षा ६ मा अध्ययन गर्दागर्दै आफ्नै फुपाजुका साथमा भक्तपुर पुगेका थिए । इँट्टाभट्टामा बिहानदेखि बेलुकासम्म काम गरेबापत दैनिक रु एकसय ज्याला पाउने गरेको उनले बताए ।
जिल्ला बालकल्याण समिति भक्तपुरले उद्धार गरेका ती बालकलाई बाल विकास समाज भक्तपुरका कर्मचारी विदुर नेपालले जिल्ला बाल कल्याण समिति, रोल्पाको रोहवरमा बालकका अभिभावकलाई बुझाएको थियो । बाबु वैदेशिक रोजगारीमा गएका तथा आमाले दोस्रो विवाह गरेका रोल्पाका अधिकांश बालबालिका तथा सहाराविहीन टुहुरा बालबालिका मजदुरका रुपमा काठमाडाँै र भक्तपुरका विभिन्न इँट्टा कम्पनीमा रहेको बाल अधिकारकर्मी विदुर नेपालले बताउनुभयो ।
जिल्ला बालकल्याण समिति, रोल्पाले विभिन्न क्षेत्रसँग समन्वय गरी हालसम्म रोल्पाका १२ बालबालिकालाई इँट्टाभट्टाबाट फिर्ता गरेको जिल्ला बालकल्याण समिति रोल्पाका कपिलदेव भण्डारीले बताउनुभयो ।
गरिबी र असहज पारिवारिक वातावरणका कारण रोल्पाका अधिकांश बालबालिका जोखिमपूर्ण काम गर्न बाध्य भएको महिला विकास अधिकृत लोकेन्द्रा आचार्यले बताउनुभयो ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












