सिफारिसमा परेका राजदूतको संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदित
काठमाडौं। संसदीय सुनुवाइ विशेष समितिले विभिन्न १२ देशका लागि सिफारिसमा परेका राजदूतहरुलाई सर्वसम्मत अनुमोदन गरेको छ।
मन्त्रिपरिषद्ले सुरुमा १४ देशका लागि राजदूत सिफारिस गरे पनि विवादका कारण स्पेन र युएईका लागि प्रस्तावित राजदूतको नाम फिर्ता भएको थियो। दूतावास नै नभएको स्पेनमा भरत रायमाझी र युएईका लागि आशा लामाको नामा सिफारिस भएको थियो।
१२ देशका लागि सिफारिस गरेकामध्ये तीन प्रस्तावित राजदूतमाथि चार उजुरी संसदीय सुनुवाइ समितिमा परेका थिए। उजुरी परेका राजदूतहरुमाथि सुनुवाइ सकेर समितिले उनीहरुको सिफारिस अनुमोदन गरेको हो।
कतार, ओमन र इजरायलका लागि प्रस्तावित तीन राजदूतको सिफारिस अस्वीकृत हुनुपर्ने मागसहित ती उजुरी दर्ता भएका हुन्। उजुरी परेका प्रस्तावित राजदूतमा रमेशप्रसाद कोइराला, शर्मिला पराजुली ढकाल, र निरञ्जन थापा थिए। अन्य ९ प्रस्तावित राजदूतमाथि उजुरी परेका थिएनन्।
कतार र ओमनका लागि प्रस्तावित कोइराला र पराजुलीविरुद्ध व्यवसायिक स्वार्थ जोडिएको, राजदूत भएर जाने देशमा नै कामदार पठाउने गरेको आरोप लगाइएको छ। सुरक्षित आप्रवासनसम्वन्धी काम गर्ने एक गैरसरकारी संस्थाले उक्त उजुरी दर्ता गरेको छ।
पराजुलीका श्रीमानको नाममा दर्ता रहेको फ्लोरिड हुमेन रिसोर्सेजका नाममा श्रम विभागमा २४ उजुरी रहेको विवरण उजुरकर्ताले पेश गरेका थिए।
इजरायलका लागि सिफारिसमा परेका निरञ्जन थापाविरुद्ध एक उजुरी परेको थियो। थापालाई मल्लिक आयोगले कारबाही सिफारिस गरेकाले मर्यादित कूटनीतिक क्षेत्रमा नियुक्ति गर्नु उपयुक्त नहुने उजुरीकर्ताले माग गरेका थिए। राष्ट्रिय पञ्चायत सदस्य रहदा थापाले हुकुम प्रमाङ्गीबाट श्रीमतीलाई जागिर लगाएको आरोप पनि उनीमाथि लगाइएको थियो। सरकारले दुई नाम फिर्ता गर्दै फागुन १९ गते १२ जनाको नाम सुनुवाइका लागि पठाएको थियो।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












