सगरमाथा आरोहण : पाइलाको छाप पछ्याउँदै खोज्नुपर्छ बाटो
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो कस्तो होला रु ‘फराकिलो, चौडा, ढुङ्गा बिछ्याईएको छ, अझ समाएर हिँड्नका लागि ठाउँठाउँमा फलामको रेलिङ, अनि सङ्केत चिन्ह् ?’ अधिकांशले यस्तै सोच्ने गर्दछन् । तर सगरमाथा जाने बाटो भने ठीक यसको उल्टो छ ।
खुम्जुङ गाविसको लबुचेदेखि गोरप्सेप हुँदै सगरमाथा आधार शिविरसम्म पुग्न अघिल्लो पदयात्रीको पाइला पहिल्याएको भरमा पुग्नुपर्छ । यस क्षेत्रमा पर्यटकका लागि सङ्केत चिन्ह्को समेत व्यवस्था छैन । सङ्केत चिन्ह्को अभावमा कयौँं पर्यटक बाटो बिराएर अन्यत्र समेत पुग्ने गरेको तीतो अनुभव पदयात्री सुनाउँछन् ।
विदेशी तथा स्वदेशीसमेत गरी वार्षिक एक लाखको हाराहारीमा पदयात्री आउने यस क्षेत्रको बाटो निर्माणका लागि अहिलेसम्म कसैले चासो नदिएको आधारशिविर नजिकैको गोरप्सेपका पेम्बा शेर्पा बताउनुहुन्छ ।
“पदयात्री हिँड्दाहिँड्दै बनेको पाइलाको छाप नै बाटो हो, अरु कसैले हालसम्म बाटो बनाएका छैननन्,” उहाँले भन्नुभयो । ढुङ्गामाथि टेक्दै हिँड्नु परेकाले एउटा यामका लागि प्रयोग हुने बाटो अर्को याममा पत्ता लगाउन नसकिने शेर्पाको भनाइ छ ।
“एउटै ठाउँबाट हिँड्ने निश्चित बाटो नै छैन, जहाँ मन लाग्यो त्यहीँबाट पदयात्री हिँड्छन्,” उहाँले भन्नुभयो ।
विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा जाने बाटो मात्र होइन, गोरक्सेपदेखि कालापत्थर, दिङबोचेदेखि छुकुङहँुदै आइस्ल्याण्ड पिक जाने बाटो, यस्तै लबुचे हुँदै गोक्यो जाने बाटोको अवस्था पनि यस्तै छ । चोला पास गर्नु अघि र गरेपछि पनि गोक्यो जाने बाटोको अवस्था उस्तै छ ।
‘चोला पुग्न त अनुभवी शेर्पाको साथमा मात्र जानुपर्छ, होइन भने कुन बेला कहाँ पुगिन्छ थाहै हुँदैन,” जोङ्लाका आङनुरु शेर्पाले भन्नुभयो ।
सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, नाम्चेमा रहेको अभिलेख अनुसार वार्षिक करिब ३५ हजार विदेशीका साथै उनीहरुका गाईड, भरिया र स्वदेशी पर्यटकसहित एक लाखको हाराहारीमा मानिस सगरमाथा क्षेत्रमा पुग्छन् । यत्तिका धेरै मानिसको आवातजावत हुने यसक्षेत्रको बाटो निर्माण नहुँदा कयौँले बाटो भूल्ने गरेका छन् ।
“हिउँ परेको बेला सबै भाग उस्तै देखिन्छ, लडेर अङ्गभङ्ग हुने खतरा सधैँ रहन्छ,” आइसफल ट्रेक्स् एन्ड एक्सिपिडिसन्का आरोही सोनाम शेर्पाले भन्नुभयो । पर्यटक हिँड्ने एउटै बाटो भएको भए बिर्सने सम्भावना न्यून हुुनुका साथै सोधेर हिँड्नुपर्ने अवस्था नआउने उहाँको भनाइ छ ।
सगरमाथाको आरोहण शुल्कबापत उठाएको रकमको एक प्रतिशत मात्र खर्च गर्ने हो भने पनि यस क्षेत्रमा बाटो निर्माण गर्न सकिने खुम्बु रक क्लाइमिङ सेन्टरका अध्यक्ष पानुरु शेर्पाले बताउनुभयो । “रोयल्टी उठाएर सगरमाथा जाने तर बाटो निर्माण नगर्ने ?” शेर्पाले प्रश्न गर्नुभयो ।
सगरमाथा आरोहण शुल्कबाट सरकारले बर्सेनि रु ३० करोडभन्दा बढी राजस्व सङ्कलन गर्दै आएको छ । सगरमाथाको कुल रोयल्टीको ३० प्रतिशत रकम जिल्लाले पाउने गरेको भए पनि खुम्बु क्षेत्रमा खर्च नगरी अन्य क्षेत्रमा खर्च गर्ने गरेको पाइएको स्थानीय लाफुटी शेर्पाले बताउनुभयो ।
“राज्यले आफ्नै क्षेत्रमा रहेको सगरमाथाको रोयल्टी उठाएर स्थानीय विकास निर्माणका लागि विदेशीलाई गुहार्नु परेको छ,” शेर्पाले गुनासो गर्नुभयो । स्थानीय स्वायत्त शासन ऐन र नियमावली अनुसार हिमाल आरोहणबापत राज्यबाट सोलुखुम्बुले प्राप्त गर्नुपर्ने करिब रु ५२ करोड साविकको जिल्ला विकास समितिमा पर्यटन मन्त्रालयले पठाए पनि रु ४० करोडभन्दा बढी रकम काम नगरी थन्किएको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












