समाचार प्रभाव एकसय ३५ वादी परिवारका घर निर्माण हुने
रुकुम ११ चैत । यहाँका एकसय ३५ वादी परिवारको घरबास निर्माण हुने भएको छ । लामो समयदेखि सार्वजनिक ठाउँमा बस्दै आएका वादी परिवारलाई सहरी विकास मन्त्रालयको आर्थिक सहयोगमा यस आवमा एकसय ३५ घरपरिवारका लागि घरबास निर्माण हुन लागेको हो ।
राष्ट्रिय समाचार समितिमा गत माघ २० गते ‘रुकुमका वादी परिवार घरबासविहीन’ शीर्षकको समाचार प्रकाशन भएपछि मन्त्रालयले जनता आवास कार्यक्रममार्फत घर निर्माण गर्न लागेको हो । आफ्नो घर र घर बनाउनका लागि जमिन नहुँदा लामो समयदेखि यहाँका वादी समुदाय खोलाका छेउमा र सार्वजनिक ठाउँमा बस्दै आएका थिए ।
घर निर्माणका लागि जमिन नभएका साबिकको पिपल गाविसका ११ घर वादी परिवारलाई सांसद गणेशमान पुनले संसद विकास कोषको रकमबाट एकसय वर्गमिटर जमिन खरिद गरिदिनुभएको छ । आफ्नो नाममा लालपुर्जा र घर सँगै पाएपछि वादी परिवार निकै खुसी भएका छन् । विगत ४० वर्षदेखि सार्वजनिक ठाउँमा बनाएको सानो छाप्रोमा बस्दै आएको पिपलका मनबहादुर वादीले लालपुर्जा र घर पाउने भएपछि निकै खुसी भएको बताउनुभयो ।
सानो भए पनि आफ्नो घरबास निर्माण हुने भएपछि वादी परिवार एउटा समस्याको समाधान भएको रुघा–२ का गोपाल वादीको भनाइ छ । आर्थिक अवस्था कमजोर भएका कारण वादी परिवारले आफ्नो घरजग्गा बनाउन नसकेको वादी समुदायका अगुवाको भनाइ छ ।
जिल्लाका आठविसकोट, आठविसडाँडागाउँ, रुघा, पिपल, चौरजहारी नगरपालिकालगायत ठाउँमा वादी परिवारको बसोबास रहेको छ । दुईसय आठ घरधुरी रहेको वादी परिवारमा आठसय १६ जनसङ्ख्या रहेको छ ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












