होटलमा बस्ने चोरी गर्ने
११ चैत, काठमाडौं । राजधानीमा मध्यदिनमा कार लिएर चोर्न हिँड्ने चोरहरुको एउटा समूह फेला परेको छ । इरानबाट काठमाडौं आएको हिन्दी भाषा बोल्ने सो समूह ठमेलस्थित बैशाली होटलमा बस्ने र गाडी भाडामा लिएर चोर्न निस्कने गरेको खुलासा भएको छ ।कुलेश्वरका पसले पुष्प केसी विहीबार दिउँसो आफ्नो पसलमा ग्राहक कुरेर बसिरहेका थिए । ‘पुष्प स्टोर’ नामको मदिरा पसलमा २ बजेतिर एक जना श्याम वर्णका विदेशी आइपुगे ।
हिन्दीमा बोल्ने ती विदेशीले तीन बोतल रक्सी मागे । सय रुपैयाँ बोतल पर्ने सामान्य रक्सीको पैसा तिर्न उनले एक हजारको नोट निकाले ।
पसलेले रक्सीको तीन सय रुपैयाँ कटाएर बाँकी ७ सय फिर्ता गर्नै लाग्दा ती ग्राहकले काउण्टरमै हात हालेर आफूलाई लालीगुराँस भएको पैसा दिन भने ।
पुष्पले केही नभनी ७ सय रुपैयाँ फिर्ता दिएपछि ती विदेशी फर्किए । अलि पर एउटा कार रोकिएको थियो । केहीबेरपछि अर्को ग्राहक आएपछि पो थाहा भयो, काउण्डरमा रहेको ४३ हजार रुपैयाँको बण्डल अघि नै गायब भइसकेछ ।
केसीको मदिरा पसलकै सामुन्ने किराना पसल पनि छ, हेमन्तलाल डल्लाकोटीको । बिहीबार हेमन्तकी श्रीमती पसलमै थिइन् । यतिकैमा बा ११ च २५१२ नम्बरको गाडीबाट दुईजना मान्छे ओर्लिए । अलि वृद्धजस्तो देखिने एकजना हेमन्तको किराना पसलतिर गए भने अर्का एकजना मदिरा पसलतिर ।
हेमन्तले : श्रीमती पसलमै थिइन्, बुढाले सुरुमै गएर काण्टरमा हात हालेछ । त्यो मैले देखेँ र कठालो समातरेर बाहिर निकालेँ ।’
उनले अघि थपे ‘बुढालाई बाहिर निकालेपछि अर्को केटो आइपुग्यो र आफुलाई सगरमाथा र लालीगुँरासको फूल भएको पैसा चाहिएको बतायो । तर, मैले त्यस्तो पैसा छैन भनेर पछाडि धकेलेपछि गाडीबाट तेस्रो मान्छे आयो र कोल्गेट माग्यो । मेरो पसलमा कोल्गेटको र्याक पलि पर छ । म त्यता कोल्गेट लिन गएँ, कोल्गेट किनेपछि उनीहरु गाडी चढेर कलंकीतिर लागे ।’
डल्लाकोटी विदेशीलाई कोल्गेट वेचेर पुष्पको मदिरा पसलतिर लागे । त्यति नै बेला केसीले आफ्नो पसलबाट ४३ हजारको बिटो हराएको सुनाए । यस्तो सुनेर डल्लाकोटी पनि झस्किए र हतार हतार आफ्नो काउण्टरमा आएर हेर्दा उनको पनि गल्लाबाट २५ हजार रुपैयाँ चट भएछ । त्यो बिटोमा पाँच/पाँच सयका नोट थिए ।
कार चढेर आउने विदेशीहरुबाट चोरी भएपछि केसी र डल्लाकोटीले बिहीबार नै तत्काल कालीमाटी प्रहरीसमक्ष पुगेर उजुरी दिए ।
सोही उजुरीका आधारमा प्रहरीले दुईजनालाई पक्राउ गर्यो, जो इरानी नागरिक रहेको खुलेको छ । पीडित डल्लाकोटीका अनुसार ती चोरहरुको समूहले कुलेश्वर क्षेत्रमा मात्रै थुप्रै पसलमा त्यसैगरी चोरी गरेका छन् । सबै पीडितहरु शुक्रबार कालीमाटी प्रहरीकहाँ पुगेका छन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












