होटलमा बस्ने चोरी गर्ने
११ चैत, काठमाडौं । राजधानीमा मध्यदिनमा कार लिएर चोर्न हिँड्ने चोरहरुको एउटा समूह फेला परेको छ । इरानबाट काठमाडौं आएको हिन्दी भाषा बोल्ने सो समूह ठमेलस्थित बैशाली होटलमा बस्ने र गाडी भाडामा लिएर चोर्न निस्कने गरेको खुलासा भएको छ ।कुलेश्वरका पसले पुष्प केसी विहीबार दिउँसो आफ्नो पसलमा ग्राहक कुरेर बसिरहेका थिए । ‘पुष्प स्टोर’ नामको मदिरा पसलमा २ बजेतिर एक जना श्याम वर्णका विदेशी आइपुगे ।
हिन्दीमा बोल्ने ती विदेशीले तीन बोतल रक्सी मागे । सय रुपैयाँ बोतल पर्ने सामान्य रक्सीको पैसा तिर्न उनले एक हजारको नोट निकाले ।
पसलेले रक्सीको तीन सय रुपैयाँ कटाएर बाँकी ७ सय फिर्ता गर्नै लाग्दा ती ग्राहकले काउण्टरमै हात हालेर आफूलाई लालीगुराँस भएको पैसा दिन भने ।
पुष्पले केही नभनी ७ सय रुपैयाँ फिर्ता दिएपछि ती विदेशी फर्किए । अलि पर एउटा कार रोकिएको थियो । केहीबेरपछि अर्को ग्राहक आएपछि पो थाहा भयो, काउण्डरमा रहेको ४३ हजार रुपैयाँको बण्डल अघि नै गायब भइसकेछ ।
केसीको मदिरा पसलकै सामुन्ने किराना पसल पनि छ, हेमन्तलाल डल्लाकोटीको । बिहीबार हेमन्तकी श्रीमती पसलमै थिइन् । यतिकैमा बा ११ च २५१२ नम्बरको गाडीबाट दुईजना मान्छे ओर्लिए । अलि वृद्धजस्तो देखिने एकजना हेमन्तको किराना पसलतिर गए भने अर्का एकजना मदिरा पसलतिर ।
हेमन्तले : श्रीमती पसलमै थिइन्, बुढाले सुरुमै गएर काण्टरमा हात हालेछ । त्यो मैले देखेँ र कठालो समातरेर बाहिर निकालेँ ।’
उनले अघि थपे ‘बुढालाई बाहिर निकालेपछि अर्को केटो आइपुग्यो र आफुलाई सगरमाथा र लालीगुँरासको फूल भएको पैसा चाहिएको बतायो । तर, मैले त्यस्तो पैसा छैन भनेर पछाडि धकेलेपछि गाडीबाट तेस्रो मान्छे आयो र कोल्गेट माग्यो । मेरो पसलमा कोल्गेटको र्याक पलि पर छ । म त्यता कोल्गेट लिन गएँ, कोल्गेट किनेपछि उनीहरु गाडी चढेर कलंकीतिर लागे ।’
डल्लाकोटी विदेशीलाई कोल्गेट वेचेर पुष्पको मदिरा पसलतिर लागे । त्यति नै बेला केसीले आफ्नो पसलबाट ४३ हजारको बिटो हराएको सुनाए । यस्तो सुनेर डल्लाकोटी पनि झस्किए र हतार हतार आफ्नो काउण्टरमा आएर हेर्दा उनको पनि गल्लाबाट २५ हजार रुपैयाँ चट भएछ । त्यो बिटोमा पाँच/पाँच सयका नोट थिए ।
कार चढेर आउने विदेशीहरुबाट चोरी भएपछि केसी र डल्लाकोटीले बिहीबार नै तत्काल कालीमाटी प्रहरीसमक्ष पुगेर उजुरी दिए ।
सोही उजुरीका आधारमा प्रहरीले दुईजनालाई पक्राउ गर्यो, जो इरानी नागरिक रहेको खुलेको छ । पीडित डल्लाकोटीका अनुसार ती चोरहरुको समूहले कुलेश्वर क्षेत्रमा मात्रै थुप्रै पसलमा त्यसैगरी चोरी गरेका छन् । सबै पीडितहरु शुक्रबार कालीमाटी प्रहरीकहाँ पुगेका छन् ।
Comments
अरु समाचार
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...












