क्याप्टेन दिनेश न्यौपानेको सम्झनामा दिनेश प्रतिष्ठानको शुभारम्भ
सुर्खेत । आफू मरेर अरुलाई बचाउने क्याप्टेन दिनेश न्यौपानेको सम्झनामा दिनेश प्रतिष्ठानको शुभारम्भ गरिएको छ । गतवर्ष नेपालगञ्जबाट जुम्लाका लागि उडेको ९ एनए जेबी काष्ठमाण्डप एयरको जहाज कालिकोटको चिल्खायामा वडा नं २ मा दुर्घटना भएको थियो ।
जहाजमा सवार ९ जना यात्रुलाई बचाएर सह चालक सन्तोष राना र क्याप्टेन दिनेश न्यौपानेको ज्यान गएको थिए । क्याप्टेन दिनेश न्यौपाने सम्झनामा दिदी कृष्णा न्यौपानेले क्याप्टेन दिनेशको जीवनीबारे कृति लेखेकी थिइन ।
२९ वर्षको उमेरमा दिनेश क्याप्टेन भएपछि उनका सपना पुरा नभएको भन्दै क्याप्टेन दिनेशको सम्झनामा जिल्ला विकास कार्यलय सुर्खेत र २०७३ साल साउन २४ गते दिनेश प्रतिष्ठान समाज कल्याण प्रतिष्ठानमा दर्ता गरिएको दिदी कृष्णा न्यौपाने बताएकी छन् ।
फाउण्डेशनको शुभआरम्भमा बोल्दै फाउण्डेशन का अध्यक्ष दिपन भुषालले फागुन १४ लाई कालो दिनेको संज्ञा दिदै भने, ‘दिनेश हामीबाट टाढा भएपनि उनका अधुरा सपनाको लागि दिनेश फाउण्डेशनले हजारौ दिनेश उत्पादनमा टेवा पु¥याउँछ ।’
कार्यक्रममा राष्टिय जेसिसका पूर्व केन्द्रिय अध्यक्ष तथा समाज सेवी गेहेन्द्र दाहाल,प्यावसन नेपालका केन्द्रिय उपाध्यक्ष नवराज गुरुङ,समाजसेवी मनमाया ढकाल,राष्टिय जनमर्चाका अध्यक्ष गोविन्दप्रसाद सुवेदी, क्याप्टेन दिनेश न्यौपाने आमा विरलक्ष्मी न्यौपाने,बुबा मानदत न्यौपाने लगायतको उपस्थिती रहेको थियो कार्यक्रममा अध्यक्षता क्याप्टेन दिनेश प्रतिष्ठन फाउण्डेशन सुर्खेतका अध्यक्ष दिपेन भुषालको रहेको थियो भने प्रमुख आतिथ्यता आर्ट अफ लिभिङका गुरु डा.कञ्चन घिमिरेको रहेको थियो ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












