‘निर्वाचन सामग्री र लेखा व्यवस्थापन विषयक’ प्रशिक्षण कार्यक्रम
पोखरा, १४ चैत । स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने ‘निर्वाचन सामग्री र लेखा व्यवस्थापन विषयक’ क्षेत्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजदेखि यहाँ सुरु भएको छ ।
निर्वाचनमा आवश्यकपर्ने ६४ प्रकारका निर्वाचन सामग्रीको सुरक्षा, ढुवानी र व्यवस्थापन तथा लेखालाई बेरुजु हुन नदिइ चुस्त दुरुस्त पारी शून्यमा झार्न सघाउ पु¥याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।
क्षेत्रीय निर्वाचन कार्यालय कास्कीको आयोजनामा भएको सो कार्यक्रममा लुम्बिनीको पाल्पा र गुल्मीसहित गण्डकी र धौलागिरी अञ्चलका जिल्ला निर्वाचन अधिकारी, कोष तथा लेखा नियन्त्रण एव्म निर्वाचन कार्यालयका लेखा र जिन्सी शाखाका प्रमुख समेत ४८ जनाको सहभागिता रहेको छ ।
सो अवसरमा जिल्ला अदालत कास्कीका जिल्ला न्यायाधीश नागेन्द्रलाल कर्णले निर्वाचन गराउनु निकै झन्झटिलो काम भए पनि लोकतन्त्रको संस्थागत विकासका लागि निर्वाचन महत्वपूर्ण भएकाले त्यसलाई सम्पन्न गर्नु राष्ट्रसेवक कर्मचारीको प्रमुख दायित्व हो भन्नुभयो ।
प्राप्त सीमित स्रोत र साधनको उचित व्यवस्थापन गरी तोकिएको ठाउँमा गएर काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी झलकराम सुवेदीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गङ्गालाल सुवेदी र निर्वाचन आयोगका शाखा अधिकृत लोकबहादुर रानाले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र धाँधलीरहित सम्पन्न गर्न सबैको अहम दायित्व भएको बताउनुभयो ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












