निकुञ्ज सुरक्षार्थ ‘अप्रेशन महाहन्ट’ प्रभावकारी
चितवन। चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि तीन महिनाअघि थालिएको ‘अप्रेशन महाहन्ट’ निकै प्रभावकारी हुँदै गएको छ ।
दुर्लभ वन्यजन्तुको चोरी सिकारी नियन्त्रणका साथै महाहन्टका क्रममा वन पैदावार र नदीजन्य पदार्थको अवैध ओसारपसारसमेत नियन्त्रणमा आएको छ ।
निकुञ्ज सुरक्षार्थ श्रीजङ्ग गणको नेतृत्वमा निकुञ्जका कर्मचारी, चोरी सिकारी नियन्त्रण युवा जागरण अभियान र स्थानीयवासीको अभियानमा साथ र सहयोग छ । महाहन्टकै क्रममा मध्यवर्तीका बासिन्दालाई लाभ पुग्ने गरी बृहत् स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार महाहन्टका क्रममा निकुञ्जभित्र अवैध रुपमा प्रवेश गरेर घाँस दाउरा सङ्कलन गर्ने ६३ जनालाई पक्राउ गरी रु ३२ हजार जरिवाना गरिएको छ ।
त्यसैगरी अवैध रुपमा ठूलो जाल प्रयोग गरी माछा मार्ने सातजनालाई नियन्त्रणमा लिएर रु छ हजार पाँचसय जरिवाना गरी छाडिएको छ । पासोमा पारी चित्तल मारेको अवस्थामा तीनजनालाई पक्राउ गरी प्रतिव्यक्ति रु एक लाख ७७ हजार तीनसय धरौटीमा तारेखमा राखेर मुद्दा चलाइएको छ ।
उहाँका अनुसार बिनाइजाजत निकुञ्जमा सालको रुख काट्दै गरेका १२ जनालाई नियन्त्रणमा लिई जनही रु तीन लाख ६२ हजार नौसय ९४ धरौटीमा छाडिएको छ । निकुञ्जको प्रवेशद्वार जगतपुर क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । अभियानकै क्रममा नवलपरासी क्षेत्रबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्दै आएका २४ वटा ट्याक्टर, तीनवटा ट्रक र एक जेसिबीलाई जरिवाना गरिएको छ ।
अभियान गत पुस १५ गतेबाट सञ्चालन गरिएको हो । निकुञ्ज सुरक्षार्थ खटिएको श्रीजङ्ग गणका गणपति माधव थापाका अनुसार यस अभियानअन्तर्गत एकसय विभिन्न गणका सेनाले छवटा समूह बनाएर निकुञ्ज गस्ती र बेस क्याम्प खडा गरेका छन् । यही अभियानअन्तर्गत पाँच ठाउँमा स्वास्थ्य शिविर र जनचेतनामूलक कार्यक्रमसमेत गरिएको छ ।
दि फेमस महेन्द्र दल गण भरतपुर, वरख गण वीरगन्ज, इन्द्र बक्स गण रौतहटबाट एकसय सेना र भैरव वहान गुल्मका कुकुर महाहन्टमा प्रयोग भइरहेका छन् । सेनाले निकुञ्जका तीन संवेदनशील क्षेत्रमा क्याम्प खडा गरेको छ भने तीनवटा मोबाइल हन्टिङ गरी गस्ती गरिरहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिने सेनाले विसं २०६७ बाट अप्रेशन हन्ट सञ्चालन गर्दै आएकामा २०७१ बाट भने महाहन्ट सञ्चालन गर्दै आएको छ ।
हाल निकुञ्ज सुरक्षार्थ १५० वटा टोलीबाट नियमित गस्ती हुने गरेको छ, जसमा पैदल, साइकल, मोटरसाइकल, गाडी, हात्ती र डुङ्गा गस्ती पर्छन् । गस्तीमा पाँचसय ५० जना सेना, निकुञ्ज कर्मचारी र समुदायमा आधारित चोरी सिकारी नियन्त्रण युवा अभियानका प्रतिनिधि परिचालन गरिँदै आएको छ ।
निकुञ्जका १० संवेदनशील ठाउँमा सिसी क्यामरा जडान गरी २४सै घन्टा निगरानी गरिँदै आएको छ भने चारवटा कुकुर परिचालन गरी गस्ती गरिँदै आएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले सो अभियानले दुर्लभ वन्यजन्तुको चोरी सिकार, वन पैदावार र नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न महाहन्ट सफल भएको उहाँले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...











